© २०२३
रोल्पा, ८ मंसिर । प्रतिनिधि सभा सदस्यका लागि रोल्पावाट वर्षमान पुन विजयी भएका छन । वुधवार राति सकिएको मतगणना अनुसार पुनले ४१ हजार ७१४ मत प्राप्त गरि विजयी गरेको हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पुर्ण वुढामगरले १६ हजार ४८५ मत प्राप्त गरेका छन । लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार पुनले आफ्ना प्रतिस्पर्धी वुढालाई २५ हजार २२९ को फराकिलो मतान्तरले पछि पार्दै विजय भएका हुन ।
देशको राजनीतिक अवस्था र अवसरको पहिचान गर्न सिपालु पुन माओवादी भित्र छोटो समयमा धेरै अवसर लिने नेताको रुपमा चिनिन्छन । उनी पार्टी अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र मानिन्छन । राष्ट्रिय राजनीतिमा बढी व्यस्त हुने नेता पुन आफ्नै जन्मथलो रोल्पाबाट प्रतिनिधि सभा सदस्य पदका लागि लोकतान्त्रिक–वाम संयुक्त गठवन्धनको तर्फवाट साझा उम्मेदवार वनि पटक चुनाव जितेका हुन ।
नेकपा माओवादी केन्द्रका प्रभावशाली उपमहासचिव पुनको यो तेश्रो संसद यात्रा हो । यस अघि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा रोल्पावाट वाम गठवन्धनको साझा उम्मेदवार वनेका पुनले ४२ हजार ८४ मत प्राप्त गरि विजयी भएका थिए । प्रतिनिधि सभा तर्फ एउटा मात्रै निर्वाचन क्षेत्र कायम भएको सो निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठवन्धन भएको थियो । सो निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार अमरसिंह पुनले २० हजार ३३७ मत प्राप्त गरेका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त वाम गठवन्धनको साझा उम्मेदवार वनेका पुन आफ्नै जन्मथलो रोल्पाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको झण्डै दुई तिहाई सरकारमा पुन उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वनेका थिए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी मोरङ क्षेत्र नम्बर ९ बाट पराजित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए । सोही कार्यकालमा उनी डाक्टर बाबुराम भट्टराई नेतृत्व सरकारमा अर्थमन्त्री भए । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी शान्ति तथा पुर्ननिर्माण मन्त्री भएका थिए ।
१८ जेठ २०२८ मा वुवा इर्खवहादुर पुन र आमा तीर्थमाली पुनको दोश्रो सन्तानको रुपमा वर्षमान पुनको जन्म भएको हो । साविक जंकोट गाविस वडा नं। १ माडीचौर हाल रोल्पा नगरपालिका वडा नं।७ का स्थायी वासिन्दा पुन निम्न मध्यम वर्गीय किसान परिवारका जन्मेका हुन । सदरकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयवाट २०४५ सालमा एसएलसी गरेका पुनले त्रिभुवन विश्वविद्यालयवाट कानूनमा स्नातक गरेका छन । राजनीतिमा आउनु अघि उनले केही समय वकालत पेशा समेत अगालेका थिए ।
गुरु कृष्णवहादुर महराको प्रेरणाले २०४२ साल देखी विद्यार्थी राजनीतिमा होमिएका पुन २०४८ साल देखी तत्कालिन नेकपा एकता केन्द्र र त्यसको वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालको पूर्णकालिन कार्यकर्ता वने । माओवादीले सशस्त्र युद्ध सुरु गर्नु अघि संचालन गरेको ग्रामीण वर्गसंघर्षमा उनी सक्रिय सहभागि भएका थिए । सशस्त्र युद्ध सुरु हुनु पुर्व नै तत्कालिन प्रहरी प्रशासनले दर्जनौ मुद्धा लगाएका कारण उनी भूमिगत भएका थिए ।
२०५५ सालमा पार्टीको केन्द्रीय सदस्य वनेका पुन त्यस पछि लामो समय सम्म पार्टीको स्थायी समिति सदस्य तथा सचिवालय सदस्य भए । हाल उनी नेकपा ९माओवादी केन्द्र०को उप–महासचिव रहेका छन् । सशस्त्र युद्धमा तत्कालिन माओवादीले गठन गरेको माओवादी लडाकुको ७ डिभिजनका ७ कमाण्डर मध्ये वर्षमान पुन एक जना कमाण्डर थिए । सशस्त्र द्धन्दको समयमा पूर्वी नेपाल कार्यक्षेत्र भएर लामो समय वसेका पुन सशस्त्र द्धन्दको उत्तराद्र्धमा काठमाण्डौ उपत्यकाको जिम्मेवारीमा थिए ।