© २०२३
परासी, ८ मंसिर । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं १ ‘क’ मा नेपाली कांग्रेसका विश्वप्रेम पाठक विजयी भएका छन् । पाठकले एमालेका पुण्य प्रसाद पौडेललाई २ हजार १२० मतान्तरले पराजित गरेका हुन् । पाठकले १५ हजार ४३६ मत ल्याउँदा पौडेलले १३ हजार ३१६ मत पाएका छन् । राप्रपाका नवनित कुमार मिश्रले ५ हजार ४४१ मत ल्याएर तेस्रो भए ।
कुल ६५ हजार ११६ मतदाता रहेको प्रदेशसभा निर्वाचन क्षेत्रमा ४४ हजार ५६८ मत खसेको थियो । त्यस प्रदेशसभा निर्वाचन क्षेत्रमा ८ राजनीतिक दल र ८ स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दिएका थिए ।