© २०२३
मथुरा पिया
रक्षाबन्धनको दिन एकबिहानै हामी १२ जनाको टोली लुम्बिनी स्पोर्ट दुकानमा भेला भयौं । यो दुकान बुटवल वडा नं. ६ पुष्पलालचोक अगाडि छ । भैरहवाबाट एकजना खेलाडी साथी थपिएपछि हामी १३ जना भयौं । देवीनगरबाट दक्षिण लागेपछि जनज्योति माध्यमिक विद्यालय सामुन्ने नै देखिन्छ । विद्यालयबाट योगीकुटीसम्मको बीच बाटोको छेउँछाउँमा रेष्टुरेण्टले भरिभराउ छ । फुटसल ग्राउण्ड पनि रेष्टुरेण्टको बीचमा छ । पहिलोपल्ट आयोजना गरेका हुन् । खेल खेलाउनको उद्देश्य लागूऔषध तथा दुव्र्यसनी विरुद्धअगाडि बढ्नको लागि हो । स्लोगन विकास–अनुशासन–गतिशीलता तोकेको छ । यो नकआउट आधारको प्रतियोगिता हो । नेपालभरिका बाह्र टिमको सहभागिता छ । आस्था समूह, सुनौलो संगम, नवलपरासी, बुटवल भेट्रान्स, दलदले, अभिशेक चर्च, जनज्योति, भलुही, चितवन, कपिलवस्तु, पोखरा भाइखलक, सुनवल नवलपरासी टिमहरू छन् । चालिस बर्ष कटेका खेलाडीमात्र सहभागी हुने प्रावधान छ । यस्ता खेलाडीलाई भेन्ट्रान्स भनिन्छ ।
हामी ग्राउण्डमा पुग्दा झमझम पानी परिरहेको थियो । ग्राउण्ड पुरै हिलाम्ये छ । तैपनि खेल जारी छ । खेल हेर्दा रोपाई गरेझै लाग्छ । त्यत्ति हो त्यहाँ गोरुको ठाउँमा मान्छे थियौँ । अब हाम्रो (बुटवल भेट्रान्सको) गेम शुरु हुने वाला छ । बुटवल भेट्रान्समा खेलाडीहरूमध्ये महेश तिर्की, दिनेश बजीमय, संजय श्रेष्ठ, कृष्ण शेरचन, उत्तम प्रधान, हिमाल थापा, मथुरा पिया, प्रदीप आचार्य, सुदिप सेन, सुशील श्रेष्ठ, सुवर्ण श्रेष्ठ र किशन थापा प्लेयर बक्समा ड्रेसअपमा रहेका छन् । आयोजकले पन्ध्र मिनेटपछि खेल हुने जानकारी दिए । साविक खेलाइरहेको ग्राउण्डभन्दा पछाडिको ठूलो ग्राउण्डमा लाग्याँै । कोच कृष्ण शेरचनले सबै खेलाडीहरूलाई आ–आफ्नो पोजिशनमा खेल्नु भनी निर्देशन दिए । क्याप्टेन महेश तिर्कीले ग्राउण्ड गिलो भएकोले सर्ट पासभन्दा लङपास खेल्नुपर्ने सुझाए । यसबीच एम्पायरले सिटी फुक्यो । खेल आरम्भ गर्ने संकेत रहेछ । हामी ग्राउण्डभित्र छि¥यौ ।
भर्खरै पानी बिसेक भएको छ । दिउ“सोको ११ः०० बजेको छ । चर्को घाम लाग्ने बेला छ । चर्को घामबीचमा नै खेल प्रारम्भ गरेको छ । हाम्रो अपोजिसन टिम दलदल भेट्रान्स हो । बराबरीमा खेल समाप्त भयो । पेनाल्टीमा निर्णय लिनुपर्ने भयो । हामी ३–१ ले पछि प¥यौँ । त्यसपछि हामी सबै घर जान हतारियौं । किनकी त्यो दिन रक्षाबन्धन रहेकोले पण्डितको हातबाट धागो बाध्नुपर्ने हुन्छ । गाठेमंगल पर्व पछिको यो पहिलो चाड हो । इष्टमित्र, ज्वाइँजेठान, परिवारबीच रमाइलो गरी खाने दिन हो । यो दिन नेवारहरूको खानामा क्वाटी भएकै हुन्छ । क्वाटी गेडागुडीको सुप हो । दोश्रो दिन गाइजात्रा पर्व हो । तेश्रो दिन मतया पर्व हो । यो पर्व ललितपुरको थेचोमा बढि प्रचलित छ ।
रक्षा बन्धनको दिनलाई जनै पूर्णिमा पनि भनिन्छ । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले पूर्णिमाको दिनलाई ऋणीतर्पणी पनि भन्ने गरिएको छ । आजको दिनमा तागाधारीले नया“ जनै फेर्ने गर्दछन् । मतवालीले जे पायो, त्यो खाने, शुद्ध, अशुद्धको ख्याल नगर्ने भएकोले उनीहरूको लागि जनै बर्जित छ । जनैलाई ब्रम्हसुत्र अथवा ज्ञानको धागो भनिन्छ । जनैको दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रम्हा, बिष्णु र महेश्वरको प्रतीकको रूपमा पुजिन्छ । अर्को डोरीको तीनवटा शिखालाई भने कर्म, उपसाना र ज्ञानको त्रीयोगको रूपमा मानिन्छ । रक्षा बन्धन बाध्ने प्रचलन सत्ययुगदेखि नै चलिआएको मानिन्छ । उतिबेलाका बलीराजा साह्रै पराक्रमी थिए । बलवान साथै दानी पनि थिए । राजाले पृथ्वी र स्वर्गका देवताहरूलाई हलचल पारे । देवताहरूमाथि बिजयी हासिल गरे । देवगणहरूले बैकुण्ठमा आसिन भगवान बिष्णुकहा“ गएर हार गुहार मागे । प्रार्थना पनि गरे । भगवान बिष्णु वामन (पुड्को) अवतार भएर बलीराजाकहा“ गए । बलीराजा दानी थिए । बली राजाले वामनललाई तीन पाइला जग्गा दिने क्रममा वामनले (बिष्णु भगवान) राजालाई बन्धनमा राखे । डोरीले बाधेर सुरक्षित राखे । त्यसबेला देखि सुरक्षाहेतु धागो बाध्ने प्रथा शुरु भएको हो । नेवारहरूले यसलाई माचलो, माचलो पनि भन्ने गर्दछन् ।
भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन दिनमा डि·नगरमा झमझम पानी परिरहेकै थियो । तैपनि खेल रोकिएको थिएन । कपिलवस्तु र नवलपरासी बिच घम्साघम्सी चलिरहेकै थियो । भेट्रान्स राष्ट्रिय खेलाडी भीमकाजीले इण्टरभल भन्दा पहिले ४ गोल गरे । कपिलवस्तुले गोल गर्न सकिरहेको थिएन । खेल सकिन १० मिनेट छ“दा दुई गोल ग¥यो । आखिर कपिलवस्तु ६–२ ले पछि प¥यो । त्यसपछि हामी (बुटवल भेट्रान्स) ग्राउण्डमा उत्रियौ । हाम्रो अपोजिसन टिम सुनौली थियो । भेट्रान्स राष्ट्रिय खेलाडीहरू किसन, संजय, सुशिलले सेकेण्ड हाप लगत्तै ४ गोल गरेपछि हामी जीतको नजिक पुगिसकेका थियौ । खेलको परिणाम ४–१ भयो । हामी बिजयी भयौं । सा“झको बेला थियो । जीतको खुशीले बुटवल भेट्रान्स समन्वयकर्ता उत्तम प्रधानले हामी सबैलाई लिला होटल चरंगेमा लिएर गए । त्यहा“ उनले डिनरको ब्यवस्था गरेको थाहा भयो । खानासंग थोरै बहुत बियर पनि सबैले पिए । पछि हामी घर पुग्दा त रातको एक बजीसक्या रहेछ ।
भेट्रान्स फुटबल भनेको के होला त ? संक्षेपमा केही कुरा राख्दैछु । क्याँब्रिज डिक्स्नरी अनुसार कुनै निश्चित क्षेत्रमा धेरै अनुभवी पाका व्यक्तिलाई भेट्रान्स भनिन्छ । एडभान्स लनर डिक्स्नरीले धेरै अनुभवी पाका व्यक्तिलाई नै भेट्रान्स भनेको छ । विशेष सोल्डर (प्रहरी वा फौजी) लाई मात्र भेट्रान्स भनी फोकस गरेको छ । सानो अक्सफोर्ड डिक्स्नरीले जो व्यक्ति जीवनभर सेवा गर्दागर्दै पाको (बुढो) हुन्छ त्यस्तालाई भेट्रान्स भनेका छन् । मुख्यतः भूतपूर्व सशस्त्र जवानहरूलाई भेट्रान्स भनेका छन् । उपरोक्त अर्थले भेट्रान्स भन्नाले एक्स सर्भिस म्यानलाई संकेत गरेको छ । तर हाल कुनैपनि अनुभवी पाका व्यक्तिहरूलाई भेट्रान्स भन्ने गर्दछ । जसले कुनै क्षेत्रमा लगातार सेवा गरेको छैन त्यो बुढो (४० बर्ष कटेका) भयो भन्दैमा त्यस्तालाई भेट्रान्स भन्न मिल्दैन । नेपालको हकमा नियालेर हेर्ने हो भने यो नियम अहिलेसम्म कुनै पनि क्षेत्रमा कडाईका साथ लागू गरिएको देखिएको छैन । फुटबलकै क्षेत्रमा पनि यस्तै भईरहेको छ । नेपालमा दुईचार बर्ष फुटबल खेल्दैमा र पछि आफु चालिस कटेपछि उसले आफुलाई भेट्रान्स फुटबलर भन्ने गर्दछन्, टुर्नामेन्टमा सहभागीता जनाउँछन् ।
फाइनलको दिनमा मैनेजरको हैसियतले आफू एक्लै ग्राउण्ड पुगेँ । क्लबका भू.पू. अध्यक्ष यम बहादुर गुरुङजीलाई भेट्नु थियो । एकदिन पहिले उनीसंग क्लब बारे जानकारी लिने कुरा गरेको थिएँ । भाग्यले मैले गुरुङजीलाई अनुशासन कमिटीसंगै खेल हेरीरहेको अवस्थामा पाए । उनी आफ्नो कुरा क्रमबद्ध रूपमा राख्नुहुन्छ । यो क्लब २०४१ सालमा स्थापना भएको हो । २०३८ साल देखि नै हामी दर्ता प्रक्रियामा लागेका हौं । पञ्चायतको बेला थियो । समाजसेवी पदम प्रसाद राना मगरको पहलमा २०४१ सालमा विधिवत क्लब दर्ता गर्न सफल भयौं । आफ्नै जिल्लाको खेलकुद संघले दर्ता गर्न नमानेपछि हामी सोझै खेलकूद मन्त्रालय काठमाण्डौ गएका हौं । त्यहा“ दर्ताको काम सम्पन्न भयो । खेल अलवा यसले सामाजिक क्षेत्रमा पनि थोरबहुत कार्य गर्न शुरु गरेको हो ।
ग्राउण्डको पूर्वमा डिङ्गरनगर गाउ“ छ । यो पहिले थारु बस्ती हो । थारुहरूले गाईभैंसी वस्तु भाउलाई डिंगा भन्ने गर्दछन् । पछि यहि डिंगा शब्दबाट डिङ्गरनगर नाम रहन गएको हो । पहिले यहा“ जनज्योति स्कूल भित्र कुवा थियो । कुवाको आडैमा ठूलो ढुंगा थियो । ढुंगामा तीर आकारको लोगो थियो । यहि ढुंगाबाट अप्रभंस भएर डिङ्गरनगर नाम रहन गएको हो भन्नेहरू पनि छन् । सानोमा गौतम बुद्ध आफ्नो मावली देवदह जा“दा यही बाटो भएर जाने र गौतम बुद्ध यही कुवाको पानी पिउनलाई यहा“ रोकिएको भन्ने भनाई पनि छ । यो तिलोत्तमा नगरपालिका भित्र पर्दछ । हाल यहा“ औद्योगिक ग्राम स्थापनाका लागि तयारी सुरु गरिएको छ ।
डिङगरनगर फुटबलको लागि उर्वरभूमि हो । यही ठाउ“मा फुटबल खेलाडी सन्देश गुरुङले जुनियर राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका हुन् । यो जिल्लामा दुईटा ठूला (ए डिभिजन) फुटबल प्रतियोगिता हुने गर्दछ । एउटा तिलोत्तमा कप र दोश्रो मदन भण्डारी कप हो । पहिलो कप रूपन्देही जिल्ला फुटबल संघले र दोश्रो कप मदन भण्डारी स्पोर्ट एकेडेमीले संचालन गर्दछ । यसपछिको प्रतियोगितामा कोटीहवाको लिस्नुकप, कुञ्जलापुरको झरना कप र डिङगरनगरको जनज्योति कप अग्रस्थानमा छ । हामीले यो कप संचालन गरेको पनि १५, १६ बर्ष भैसकेको छ । अहिले हामीले यो बर्ष देखि पहिलोपल्ट सेभेन साइड भेट्रान्स फुटबल संचालन गर्दैछौं । ग्राउण्डको उत्तर साइडमा गुम्बा छ । यसलाई महाज्ञान बौद्ध विहार भनिन्छ । यसको स्वागत गेटमा अन्तर्राष्ट्रिय पर्यटकीय बुद्ध उदय बिहार लेखिएको छ । भित्र ५०० जना विद्यार्थीहरू छन् । यहाँ यीनले बिहान बुद्धसम्बन्धी क्लास लिन्छन् र दिउ“सो सरकारी, स्कूल जान्छन् । भिक्षुहरू ५, ७ जना छन् । सेलेक्टेड विद्यार्थीहरू कम्बोडिया, श्रीलंका, बर्मा, थाईल्याण्डमा २२ वटा सम्पदाको क्लास लिन त्यहा“ पुग्छन् । २२ वटा सम्पदा पुरा गरेपछि भिक्षु बन्छन् । गुम्बा २०३५ सालमा स्थापना भएको हो । भू.पू. ईण्डियन सुवेदार नर्मल गुरुङको सहयोगले गुम्बा निर्माण भएको हो । पछि संस्थापक अध्यक्ष सुर्यलाल गुरुङले शौचालय र तला थप्ने काम गरे । यसका श्रद्धालुहरू स्थानीय गुरुङहरू बढि छन् । बुद्ध धर्म मान्दछन् । अहिंसामा विश्वास गर्दछ । दशैं तिहार मान्न छाडेका छन् । ल्होसार यिनीहरूको ठूलो चाड होे ।
यो ठाउ“ (डि·रनगर) को शान नै फुटबल हो । हाम्रो परिचय नै फुटबल हो । हाम्रो गौरव नै फुटबल हो । यसैले यहा“ हामीले फुटबललाई बढि महत्व दिन्छौं । विशेष भू.पू. सैनिकहरू यसमा लागेको छ । मेरो पनि जीवन खेल क्षेत्रमा नै बित्यो । हाम्रा हालका अध्यक्ष मित्रलाल न्यौपानेको भनाइ हो यो । मानिसको लागि स्वास्थ्य सबैभन्दा ठूलो धन हो । बालबालिका, युवायुवती, बुढाबुढी सबैको स्वास्थ्य तन्दुरुस्त हुन जरुरी छ । यसबाट सम्पूर्ण देश तथा समाज नै समुन्नत हुन्छ । यसैले अहिले हामीले ४० बर्ष काटेका भेट्रान्सहरूको स्वास्थ्यलाई लक्षित गर्दै सेभेन साइड फुटबल प्रतियोगिता आयोजना गरेका हौं । यो संस्था बिशुद्ध खेलसँग मात्र सम्बन्धित छ । चालिस बर्ष पार गरेका हरेक क्षेत्रका व्यक्तिहरू जस्तो ब्यापारी, वकिल, डाक्टर, इन्जिनियर, समाजसेवी, शिक्षक, उद्योगपति, साहुजीहरूलाई एकै ठाउ“मा गोलबद्ध गराई स्वास्थ्यको लागि एक घण्टा व्यायाम गर्नुपर्छ भन्ने यसको तात्पर्य हो । अबदेखि प्रत्येक बर्ष प्रतियोगिता सञ्चालन गर्ने जमर्कोमा छु । यो बर्ष हामीले पहिलो हुने टिमलाई ७०,००० र शिल्ड र दोश्रो हुने टिमलाई ३५,००० प्राइज मनी राखेका छौं । à
म्यानेजर, बुटवल भेट्रान्स बुटवल