© २०२३
परासी,७ मंसिर । पश्चिम नवलपरासी प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा स्वतन्त्र भएर उम्मेदवारी दिनुभएका खड्ग बहादुर बस्नेत बिजयी भएका छन् । खड्काले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर बिजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्दी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७८मत प्राप्त गरेका छन ।
७१ मतको झिनो अन्तरले खड्का बिजयी भएका हुन् । तेस्रो स्थानमा एमालेका थान प्रसाद गैरेले ९ हजार ९सय ७९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओबादीबाट प्रदेश सभामा दाबी प्रस्तुत गरेका खड्काले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।