© २०२३
बुटवल,७ मंसिर । गुल्मी जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश सभा (१) मा नेकपा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् ।
भुसालले १४ हजार ९३० मत ल्याएर विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याए ।
भुसाल र श्रेष्ठ उउटै वडाका हुन् । उनीहरुबीच २०७४ मा रेसुंगा नगरपालिकाको मेयर र त्यसअघि पनि थुप्रै निर्वाचनमा प्रतिस्पर्धा हुने गरेको थियो । भुसाल २०७४ मा रेसु.गा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।