© २०२३
बुटवल ७ मंसिर । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवलाई पछि पार्दै खाँ विजयी भएका हुन् । खाँ २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसबाटै निर्वाचित भएका थिए । ४० हजार ९ सय ६३ मत खसेकोमा खाँले ११ हजार ३ सय ५ मत ल्याए भने यादवले ८ हजार २ सय ६५ मत पाए । जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाएका निर्वाचन अधिकारी देवेन्द्र आचार्यले जानकारी दिए । क्षेत्र नं ४ (१) प्रदेश सभा सदस्यमा लोसपाका कन्हैया बनिया विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यमा लोसपाकै सर्वेन्द्रनाथ शुक्ल कांग्रेसका प्रमोद यादव भन्दा फराकिलो मतान्तरले अगाडि छन् ।