© २०२३
बुटवल,६ मंसिर । रुकुमपूर्व १ ९१० मा माओवादीका बागी स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन् । मंगलवार साँझ सम्पन्न मतगणनाअनुसार ५३३ मतान्तरले माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पछि पार्दै पुन निर्वाचित भएका हुन् । पुनले जम्मा ४ हजार ४६५ मत प्राप्त गरका छन् भने उनका निकटतम प्रतिस्पर्धी ओलीले ३ हजार ९३२ मत ल्याए ।
यसअघि ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी सत्ता गठबन्धनको समर्थनमा पुनः उम्मेदवार बनेका थिए ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य रहेका सुरुल पुनले भने आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दिए ।