ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

राष्ट्र बैंक चुक्दा अर्थतन्त्रमा ठूलो समस्या : पूर्व गभर्नर नेपाल

२७ कार्तिक २०७९, आईतवार
२७ कार्तिक २०७९, आईतवार

बुटवल, २७ कात्तिक ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालले राष्ट्र बैंक सानो कुरामा चुक्दा मुलुकको आर्थिक अवस्था विग्रिन सुरु भएको बताएका छन् । उनले कोभिड सकिएपछि पनि कोभिड लक्षित न्यून व्याजदरका कर्जाहरुलाई निरन्तरता दिँदा त्यहीबाट आर्थिक अवस्था बिग्रिन सुरु भएको बताएका हुन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको नेपालको वर्तमान बैंकिङ समस्या र समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अव नेपालको अर्थतन्त्र सुधार गर्नको लागि आयात घटाउने तर्फ लाग्नु पर्ने बताए ।
२०७६ को अन्त्यमा कोभिड–१९ सुरु भएपछि आम नागरिकको आर्थिक कृयाकलाप बढोस भनेर नेपाल राष्ट्र बैंकले १ देखि ५ प्रतिशत सम्मका १० प्रकारका कर्जा पोलिसी ल्याएको थियो । ‘कोभिड सकियो तर कर्जा पोलिसी हटेन ।’ उनले भने ––‘१९ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने भन्ने पोलिसीमै थियो, तर ३४ प्रतिशत कर्जा प्रवाह भएको छ ।’
उहाँले अहिले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत बढीको योगदान गर्ने उद्योगी व्यवसायी सडकमा आउँदा सम्बन्धित पक्ष सेन्सेटिभ हुनु पर्ने भनाई राखे । यहाँको आर्थिक स्थिती बिग्रिदा त्यसको असर अरु देशमा पनि पर्ने बताउँदै यसलाई सुधार गर्ने तर्फ लाग्न पनि आग्रह गरे । पूर्व गभर्नर नेपालले धेरैले मुलुक श्रीलंका जस्तो हुन्छ की भन्ने चासो र चिन्ता व्यक्त गरिरहेको बताउँदै श्रीलंका जस्तो हुने स्थितीमा भने नरहेको बताएका हुन ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बैंकको व्याज १५÷१६ प्रतिशत पुग्दा उद्योगी व्यवसायीहरु व्याज तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले बैंकको व्याजलाई एकल अंकमा कायम गर्नुपर्ने पनि भनाई राखे । अध्यक्ष कसजूले राष्ट्र बैंकले नयाँ ल्याएको चालु पँजी कर्जा सम्बन्धि नियमले पनि उद्योगी व्यवसायी समस्यामा पर्ने बताउँदै यो नियम तत्काल नयाँ कर्जामा र पुरानालाई विस्तारै समय दिएर लगाउनु पर्ने भनाई राखे । उनलेसरकारले भि.डि.आई.एस. स्रोत नखुलेको पैसाको स्वघोषणा गर्न दिने हो भने पनि केही समस्या हल हुन्थ्यो की भन्ने धारणा राखे । त्यस अवसरमा नेपाल बैंकर्स एशोसियसनका लुम्बिनी प्रदेश कार्यवाहक संयोजक नविन विष्टले पनि अहिलेको आर्थिक क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण अत्यधिक आयात नै भएको बताए । उनले आर्थिक क्षेत्रमा समस्या र समाधान दुबै रहेको बताउँदै समस्या समाधानको लागि आयात घटाउने तिर लाग्नुपर्ने भनाई राखे । उनले भने–‘ईकोनोमीमा खेल्नुपर्ने पैसा उपभोग्य बस्तुको आयात गर्दा पलायन भईरहेको छ, समाधानको लागि आयात घटाउने तिर लाग्नु पर्छ ।’
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई लगायतले मलुकको अर्थतन्त्रमा आएको समस्याले आफूहरु ठूलो मारमा परेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?