ट्रेंडिंग:

>> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने >> अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू >> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि >> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु >> दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव >> अफ्रिकाको सुनको खानीमा फसेका ४ सय मध्ये १०० मजदूरको मृत्यु >> ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने >> नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे >> तराई मधेस केन्द्रित दल बीच मोर्चा बनाउन प्रारम्भिक छलफल शुरू >> सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू >> कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल >> माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य >> बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ >> ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने

प्रथम मगर साहित्य महोत्सव : पुस्तक विमोचन तथा कविता वाचनसहित विविध कार्यक्रम

२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

बुटवल ।

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने शुक्रबारदेखि सुरु प्रथम मगर साहित्य महोत्सवको पहिलो दिन विविध कार्यक्रम सम्पन्न भएका छन् । महोत्सव अन्तरगत पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृ भाषामा कविता बाचन प्रतियोगिता, पुस्तक विमोचन लगायतका कार्यक्रम सम्पन्न गरिएको महोत्सव आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।

महोत्सवको पहिलो दिन ‘एक पत्रकारको वकपत्र’ पुस्तक बारे लेखक वरिष्ठ पत्रकार खिध्वज थापासँग साहित्यकार गिरी श्रीसले सहजीकरण गरेका थिए । यसैगरी कविता प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो भने ३ वटा पुस्तक विमोचन गरिएको प्रवक्ता गाहाले जानकारी दिए । महोत्सवमा मानवशास्त्री डा. सुरेश ढकालले ‘भेजा प्रथा ः मगर जातिको संगठन र अर्थ सशक्तिकरणको अनुपम दर्शन’ विषयमा प्रस्तुती दिएका थिए । यस्तै ‘मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा डा. विष्णु सिंजाली, भाषविद कर्ण बहादुर बुढा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी र सुनछहारी गाउँपालिका अध्यक्ष धनबहादुर पुनसँग सहजकर्ता पत्रकार स्याम रानाले प्यानल डिस्कशन गरेका थिए ।

मगर जातिमा झाँक्रि प्रथाका विषयमा गोपाल आचार्यले तयार पारेको ‘आखत’ भन्ने वृत्तचित्र प्रस्तुत गर्नुका साथै यस विषयमा छलफल गरिएको महोत्सव प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए । शनिबारसम्म सञ्चालन हुने मेहोत्सवमा थप प्यानल डिस्कशन तथा साँस्कृतिक कार्यक्रमरु समेत आयोजना हुने महोत्सव व्यवस्थापन समिति संयोजक केशरी तरामुले जानकारी दिइन् । उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको महोत्सवलाई पूर्व सभामुख ओनसरी घर्तीमगरले समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिइन् ।

मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नाराकासाथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा मूलक आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन् । महोत्सवमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने समेत उनले जानकारी दिइन् । बुटवलको जितगढी किल्लामा आयोजित महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशनका कार्यक्रम रहेका छन् ।

भाषा सँस्कृतिको संरक्षणमा उपसभामुखको जोड 

महोत्सवको उद्घाटन गर्दै उपसभामुख इन्दिरा रानाले मातृ भाषा र सँस्कृतिको संरक्षणमा जातीय एकता आवश्यक रहेको बताइन् । मुलुकको परिवर्तनहरुमा मगर समुदायले खेलेको भूमिका बारे चर्चा गर्दै रानाले अब आफ्नो पहिचान खोज्नुपर्ने बेला आएको उल्लेख गरिन् । आफ्नो धरातललाई भुल्न नहुने उल्लेख गर्दै उनले सबै जातजाति, धर्म–सँस्कृति, परम्परा तथा राजनीतिक बिचारलाई सम्मानले मात्र एकता र समृद्धि सम्भव भएकोमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरुसरा राना मगर, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, प्राज्ञ डा बुंद राना, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेलगायतले मातृ भाषा सँस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?