Butwal Today

अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर

२ माघ २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २ माघ।

क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासरसँगको आफ्नो सम्झौता नवीकरण गर्ने घोषणा गरेका छन्। स्थानीय मिडिया रिपोर्टअनुसार, रोनाल्डोले अल नासरसँग एक वर्षको लागि सम्झौता नवीकरण गर्ने छन्।

रोनाल्डोको हालको सम्झौता यसै वर्षको जून ३० सम्म थियो। सम्झौता नवीकरणपछि रोनाल्डो विश्वका सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको रूपमा स्थापित हुनेछन्। रोनाल्डो जनवरी २०२३ मा अल नासरसँग अनुबन्ध भएका थिए, र उनको आगमनपछि साउदी प्रो लिगमा धेरै फुटबल सुपरस्टार खेलाडीहरूको उपस्थिति रहेको छ। अहिले रोनाल्डोसहित करिम बेन्जमा र नेइमार जस्ता खेलाडीहरू साउदी लिगमा खेलिरहेका छन्।

नयाँ सम्झौताअनुसार, रोनाल्डोले अल नासरसँग प्रति सिजन २१० मिलियन अमेरिकी डलरभन्दा बढीको सम्झौतामा हस्ताक्षर गर्नेछन्। आफ्नो क्यारियरको अन्त्यतिर रहेका रोनाल्डोले अझै केही वर्ष सक्रिय फुटबल खेल्ने संकेत गरेका छन्। रोनाल्डो ५ फेब्रुअरीमा ४० वर्षका हुनेछन्।