© २०२३
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् ।
एमालेले ‘समृद्व नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको पार्टीका उपाध्यक्ष विष्णु पौडेलले बताए ।
एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । घोषणापत्र निर्माणअघि सामाजिक सञ्जाल, टेलिफोनलगायतका सञ्चारमाध्यमबाट विभिन्न विषयवस्तुमाथि सुझाव संकलन गरिएको थियो ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले भने घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।