© २०२३
काठमाडौं, १४ कात्तिक
राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने प्रस्ताव गरेको छ ।
‘एक व्यक्ति दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
घोषणापत्रका विशेषताहरु ः
राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण
बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ
वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र
निष्पक्ष रुपका कार्यसम्पादन गर्न राजनैनिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने बताएको राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ(
– राजनैतिक दलरहितत संवैधानिक परिषद् निर्माण
–संवैधानिक अंगहरुलाई संविधानको मर्म र भावनाअनुसार सञ्चालन गर्न, योग्यता, क्षमताको आधारमा संवैधानिक नियुक्तिको व्यवस्था गरी, राजनैतिक हस्तक्षेपबाट मुक्त तुल्याई, निष्पक्षतापूर्वक कार्यसम्पादन
–न्यायालयमा देखिएको विकृति, विसंगति अन्त्य गर्न, गुमेको विश्वसनीयता पुनर्स्थापित गर्न र पूर्ण न्यायिक बनाउन न्यायपालिकाको पुनर्संरचना
– नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भष्टाचार तथा अनाचार अन्त्य गर्न, स्वार्थको द्वन्द्व सम्बन्धी कानुन जारी
राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले सुशासन कायममा जोड दिएको छ । भ्रष्टाचार नगर्ने प्रण गरेको घोषणापत्रमा भ्रष्टाचार गर्नुभन्दा बरु आफैं नष्ट हुने उल्लेख गरेको छ ।
‘सुशासन बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’ शिर्षकमा उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको घोषणापत्रमा भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहामा लागु गर्ने उल्लेख गरिएको छ ।
काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको प्रस्ताव गरेको छ ।
‘सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र,’ राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।