ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

बाग्लीबाङमा चम्कीदै हरिको कृषि

गाउँका १६८ घर मध्ये ६६ घर अवसरको खोजीमा खाली हुँदा हरी गाउँमै कृषिबाट आफ्नो भविष्य खोजिरहेका छन् । उनको बारीमा देखिएको कृषि उत्पादनले गाउँमा पनि आम्दानीका स्रोतहरूको कमी छैन भन्ने सन्देश दिइरहेको छ ।
२१ भाद्र २०८१, शुक्रबार
२१ भाद्र २०८१, शुक्रबार

प्युठान, २१ भदौ । गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लीबाङको गाउँमा अवसर खोज्दै शहर पस्नेको संख्या ठूलो छ । गौमुखी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक बोम बहादुर सुनारका अनुसार गाउँका १६८ घरधुरी रहेको गाउँका ६६ घरपरिवारको घरमा ताला झुण्डिएको छ । गाउँमा कुनै आम्दानीको श्रोत नहुने, अवसर, स्वास्थ्य शिक्षाका लागि शहर पस्नेहरूलाई प्रेरणा प्रदान गर्दै गाउँमै कृषि उत्पादनमा तल्लिन छन् हरी बहादुर सुनार ।

संयुक्त अवर इमिरेट्स(युएई)को दुवईमा चार वर्ष होटलमा काम गरेका २९ वर्षीय सुनारलाई विदेशी भूमीमा आत्मसन्तुष्टी मिलेन । गाउँमै आएर केही गर्नुपर्दछ भन्ने लागेर स्वदेश फर्किएपछि गाउँमा तरकारी तथा फलफुल, बाख्रा पालन गरिएको उनले बताए । ‘सामान्य होटलबाट छिरेर किचेनमा काम गर्न सक्ने हुँदा हुँदै पनि विदेशमा काम गर्न मन लागेन’ सुनारले भने,‘गाउँमा आएर काम गर्दा आत्म सन्तुष्टि मिलेको छ ।’ सुनारले ३६ रोपनी क्षेत्रफललाई कृषिमा प्रयोग गर्दै आएको बताए ।

उनीसंग हाल ४० वटा बाख्रा छन् । ४ रोपनीमा अलैची खेती छ । २ रोपनीमा किवी फलेर लटरम्म छ । करिव ४ रोपनीमा लोकल काक्राहरू फलेका छन् । साच्चिकै सुनारका बारी ग्रामीण किसानका लागि प्रेरदायी छन् । उनले विदेशबाट फर्केर आएपछि कृषिका जोडिएको तीन वर्ष पुग्यो । कृषिबाट बार्षिक ६ लाख आम्दानी गर्न सफल भएको सुनारले जानकारी दिए ।

उनको उत्पादन प्युठानको विजुवार र बुटवलका पसलमा सिधै जाने भएपछि विक्री नहोला भन्ने चिन्ता छैन् । गाउँको पाखामा उत्पादन हुने डौडे, काँक्रा, फर्सी, अदुवा र टमाटर विक्री गर्दै आएकोमा यो वर्ष देखि किवी समेत थपिएको छ । यो वर्ष आम्दानी थपिने उनले बताए ।
बाग्लीबाङबाट नियमित रूपमा बुटवलसम्मका लागि जीप छुट्ने गरेको छ । सोही जीप मार्फत प्युठानको बिजुबार, भालुवाङ र बुटवलमा कृषि उत्पादन बिक्री गर्न सहज बनेको छ । बुबा, आमा, भाउजु र श्रीमतीको साथ पाएर कृषिमा मिहेनत गरिरहेका सुनारले उत्पादनको क्षेत्र बढाउँदै बिदेश जान नपारोस भन्ने संकल्प गरिरहेको बताए ।

सुनारलाई गौमुखी गाउँपालिकाको युवा किसानको रूपमा गाउँपालिकाले सम्मान समेत गरेको थियो । सुनारलाई बजारीकरणमा स्थानीय सरकारले केही सहयोग गरीदिए उत्पादनमा अरू युवाहरू जोडिने वातावरण मिल्ने धारणा राखे ।

उनले हालसम्म बजारको रसायनिक मल र विषादी प्रयोग गर्नु नपरेकोमा खुशी लागेको बताए । ‘मेरो बारीमा कुनै विषादी छर्ने रोग लागेको छैन्, म यसैमा बढी खुशी छु’ सुनारले भने,‘मैले पठाउने तरकारी तथा फलफुल शत प्रतिशत अर्गानिक छन् ।’ उनले बेमौषमी खेती गर्न भने नसकेको बताए । समुन्द्री सतह देखि १ हजार ७ सय मिटरको उचाइ रहेको कारण ढिला उत्पादन शुरु हुने भएकोले केही लागत बढेपनि बेमौषमी जस्तो मूल्य पाउने गरेको उनको भनाइ छ ।

गाउँका १६८ घर मध्ये ६६ घर अवसरको खोजीमा खाली हुँदा हरी गाउँमै कृषिबाट आफ्नो भविष्य खोजिरहेका छन् । उनको बारीमा देखिएको कृषि उत्पादनले गाउँमा पनि आम्दानीका स्रोतहरूको कमी छैन भन्ने सन्देश दिइरहेको छ । छिमेकी समेत रहेका गौमुखी गाउँपालिकाका कार्यपालिका सदस्य बोम बहादुर सुनारको मिहेनत अन्य युवाले समेत सिको गर्नु पर्ने भनाइ छ । सामान्य रूपमा साधारण टेक्नोलोजीको प्रयोग गरे पनि उत्पादन गर्न सकिने भएपनि गाउँमा युवाहरूको आकर्षण नबढ्नु दुःखद भएको सुनारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?