ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

तीजको रौनकता बढी, तर मौलिकता कम

१९ भाद्र २०८१, बुधबार
१९ भाद्र २०८१, बुधबार

नवलपुर, १९ भदौ ।

नेपाली नारीहरूले हरितालिका तीज पर्वलाई महान् चाडका रूपमा लिने गरेका छन् । तीजको अर्को विशेषता नारी वेदना समेटेर गाइने मौलिक गीतलाई पनि लिने गरिन्छ । पहिलेपहिले तीज आएसँगै गाउँघरका दिदीबहिनी एक ठाउँमा बसेर दुःख, वेदनाका गीत गाउने परम्परा रहिआएको थियो । तर पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ ।

तीज नजिकिँदै गर्दा पहिले पहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दुःखसुखका गीत गाउँदै रमाउने गर्थे । आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ । यसका कारण आजभोलिको तीज खल्लो लाग्ने गरेको कावासोती नगरपालिका–५ कि कपुर थापाले बताइन् । साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना सुनिता गिरीलाई अस्ती भर्खरजस्तै लाग्छ । तर हिजोआज यस्तो रमाइलो नपाउने गरेको उनको गुनासो छ ।

स्पिकरमा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने नदिने बताउँछन् अर्का स्थानीय बिविता थापा । विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव छ उनीसंग । तर पछिल्लो समय यसमा आएको परिवर्तन उनलाई पनि राम्रो लागेको छैन ।

पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो तीजको महत्व थियो अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन देखिएको स्थानीय मैया थापाले बताइन् ।

एक दशकअघिसम्म प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला भई रमाइलो गरेको गैडाकोट नगरपालिका–४ की सर्मिला रानाभाटलाई अझै सम्झना आउँछ । पहिला गाउँमा हुँदा दिदीबहिनीसँगै सुखदुःखका गीत गाउने, रमाइलो गर्ने गरेको भए पनि गाउँबाट बजारमा बसाइ सरेपछि त्यो रमाइलो पनि हराएको सर्मिलाको अनुभव छ ।

“हामी गाउँमा हुँदा पीडा र वेदनाका गीत पनि गाउँथ्यौँ, विकृति र विसङ्गति पनि गीतमार्फत गाउँथ्यौँ । तीजको गाउँघरमा छुट्टै महत्व हुन्थ्यो”, स्थानीय विन्दु पौडेलले भनिन्, “पहिले घरको पिँढीमा हुने रमाइलो अहिले पार्टी प्यालेसमा सरेको छ । दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा नाच्ने भएका छन् ।”

नेपाली महिलाले तीजपर्वलाई पवित्र पर्वका रूपमा मनाउँदै आए पनि पछिल्लो समय तीज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरूले नै गुनासो गरेका छन् । तीजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तीजको मौलिकता हराउँदै गएको छ । तीज आउनुभन्दा एक महिना अगाडिबाट दर खाने प्रचलन सहरबजारमा बढेको छ ।

कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आजभोलि होटल र पार्टी प्यालेसमा दर खाने गरेको स्थानीय दुर्गा कुँवरले बताइन् । दिनप्रतिदिन परम्परागत संस्कृति र संस्कारअनुसारको नेपाली मौलिकपन हराउँदै गएकामा नयाँ पिँढीका महिला पनि चिन्तित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?