ट्रेंडिंग:

>> वसन्त ऋतुमा हिमाल आरोहणका लागि ३५ समूहका ३३० जनाले पाए अनुमति  >> लिङ्देनको प्रस्ताव: समझदारी गरौँ, राजादेखि गणतन्त्रवादी अट्ने व्यवस्था बनाऔं >> नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६ अंकमा >> काठमाडौंमा विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर विरोध प्रदर्शन >> संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री >> शेख हसिना: बंगलादेशलाई “आतंकवादी देश” भनेकी, युनुसमाथि गम्भीर आरोप >> बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना >> छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री >> चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभा >> वन क्षेत्रबाट राजस्व नउठ्दा मुख्यमन्त्री आचार्यको चिन्ता, कर दायरामा ल्याउन जोड >> मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री >> आरएसडिसि लघुवित्तद्घारा समाजलाई फर्निचर सामग्री हस्तान्तरण >> नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह >> प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू >> बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा >> राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ? >> राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा >> वैदेशिक रोजगार सबैभन्दा सम्मानजनक पेशा हो: श्रममन्त्री भण्डारी >> वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत >> सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान >> भालुवाङमा भेटिएको शबको पहिचान खुल्यो >> आजको मौसमः तापक्रममा वृद्धि हुने, बर्षा नहुने सम्भावना कायमै >> विद्यार्थी विदेश पलायन रोक्ने कसरी ? >> उद्योगी व्यवसायी थप पीडामाः मल्हम लगाउने खोई >> विश्व स्वास्थ्य दिवसको औपचारिकता >> शिक्षकका जायज माग पुरा गर्न बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेको आग्रह >> बुटवलमा एमालेको जनसभा तयारीः ५० हजार जनता उतार्ने दावी >> पुरातात्विक क्षेत्रमा अनाधिकृत पूर्वाधार रोक्न माग >> प्रदेशमा सिंचाई सुविधाः अझै आधा जमिन बाँझैं ! >> रोटरी क्लव अफ बुटवल चौतारीमा ७५ युनिट रगत संकलन >> आज जनआन्दोलन दिवस मनाइँदै >> विश्व स्वास्थ्य दिवसमा बुटवल हस्पिटल प्रालिद्वारा ६४ युनिट रक्तदान >> लुम्बिनीमा पिकअप भ्यान पल्टिंदा दुईको मृत्यु, २२ जना घाइते >> सिद्धार्थ गौतमबुद्धका नवनियुक्ति क्याम्पस प्रमुख चापागाईद्वारा पदभार ग्रहण >> भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिजको पहिलो खेलमा सन् २००९ टिम विजयी >> आठौ भूपु सैनिक कपमा सिम्रिकको विजयी शुरुवात >> खैरो हिरोइन सहित दुई भारतीय पक्राउ >> सडेनडेथमा राईजिङ स्टार युवा क्लब विजयी >> उत्पादन र आर्थिक समृद्धिमा जोडिन नगर प्रमुख पाण्डेको आह्वान >> बारको निर्वाचनमा मिश्रको अग्रता कायमै >> ए डिभिजन लिग बैशाख २० बाट हुने >> नेप्से परिसूचक ३३.३३ अङ्कले तल झर्यो >> शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन्, संवादबाट सम्बोधन गर्ने छौंः प्रधानमन्त्री >> लुम्बिनीमा मनाईयो सिंचाई दिवस >> प्रदेश स्तरीय टी–२० कप: रुपन्देही क्वाटरफाइनलमा प्रवेश >> भरूवा बन्दुकसहित दुई जना पक्राउ, एक फरार >> सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण >> आईपीएलमा आज मुम्बई इन्डियन्स र आरसीबी भिड्ने

क्युआर कोडबाटै निवेदन र उजुरी, नजाने प्रहरीले लेख्छ

२२ चैत्र २०८१, शुक्रबार
२२ चैत्र २०८१, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु) २२ चैत ।

प्रहरीमा निवेदन लेख्न खर्चिलो भएपछि कपिलवस्तु प्रहरीले नमुना निवेदनलाई क्यु आर कोडमा राखे पछि सेवाग्राहीलाई सजिलो भएको छ । जिल्लाका सबै प्रहरी युनिटमा क्युआर कोड राखे पछि कार्यालयमा निवेदन तथा उजुरी लेख्दा लाग्ने ५ सय देखी २ हजार जोगिएको छ ।

यस अगाडी निवेदन लेख्न लेखनदास वा वकिलको सहायता लिनु पथ्र्यो । अहिले कपिलवस्तुका हरेक प्रहरी युनिटमा यो समस्या सधैँको लागी अन्त्य भएको छ । कार्यालयमा समस्या लिएर आउने जो सुकैले पनि क्युआर कोड स्क्यान गरेर निवेदन दिन सक्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सेवाग्राहीलाई निवेदन लेख्नको लागी क्युआर र सहयोगी प्रहरीको व्यवस्था गरे पछि सेवाग्राही लाभान्वित बनेका छन् । कार्यालयमा उजुरी दिन गएका राज कुमार गुप्ताले एक व्यक्तिले निवेदन लेख्ने व्यक्ती नभेटेर अलमलमा परेका थिए ।

प्रहरी सहायक हवलदार कमल आर।सी।ले उनलाई हेर्दै भने “ निवेदनको नमुना क्युआर कोडमा छ । स्क्यान गर्न गरी त्यही अनुसार लेख्नु होस । नभए, म सहयोग गर्छु ।” गुप्ताले मोबाइल चलाउन नजान्ने बताएपछि प्रहरीले निवेदन लेखेको थियो । निवेदन लेख्न असहज मान्ने सेवाग्राहीलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यो नयाँ पहल गरेको हो ।

प्रहरी कार्यालयभित्र विभिन्न निवेदनका ढाँचाहरू क्युआर कोडका माध्यमबाट उपलब्ध गराइएको छ । जसले प्रविधि जान्नेहरूलाई सजिलो बनाउँछ । तर, प्रविधि प्रयोग गर्न नजान्नेहरूका लागि भने कार्यालयले सहयोगीको व्यवस्था गरेको छ कार्यालय प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताए ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले यो व्यवस्था सेवा प्रवाहलाई छरितो बनाउने र सेवाग्राहीलाई अनावश्यक झन्झटबाट बचाउने बताउनु भयो । “कसैले निवेदन लेख्न सक्दैनन् भने हामी आफैँ सहयोग गर्छौँ । यसले नागरिकलाई झन्झट कम हुन्छ, अनि प्रहरी सेवाप्रति उनीहरूको विश्वास बढ्छ,” अधिकारीको भनाई रहेको थियो ।

मङ्सिर देखी सुरु भएको यो सेवामा १ सय बढीले सेवा लिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले पनि विल बुक तथा लाइसेन्स हराएको निवेदनको नमुना क्युआर स्क्यान गरी पाउने प्रबन्ध मिलाएको कार्यालय प्रमुख प्रहरी निरीक्षक पङ्कज चुदालीले बताउनु भयो । कार्यालयको गेटमा क्युआर कोड टासिएकोले जनतालाई सहज बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?