ट्रेंडिंग:

>> वसन्त ऋतुमा हिमाल आरोहणका लागि ३५ समूहका ३३० जनाले पाए अनुमति  >> लिङ्देनको प्रस्ताव: समझदारी गरौँ, राजादेखि गणतन्त्रवादी अट्ने व्यवस्था बनाऔं >> नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६ अंकमा >> काठमाडौंमा विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर विरोध प्रदर्शन >> संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री >> शेख हसिना: बंगलादेशलाई “आतंकवादी देश” भनेकी, युनुसमाथि गम्भीर आरोप >> बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना >> छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री >> चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभा >> वन क्षेत्रबाट राजस्व नउठ्दा मुख्यमन्त्री आचार्यको चिन्ता, कर दायरामा ल्याउन जोड >> मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री >> आरएसडिसि लघुवित्तद्घारा समाजलाई फर्निचर सामग्री हस्तान्तरण >> नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह >> प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू >> बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा >> राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ? >> राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा >> वैदेशिक रोजगार सबैभन्दा सम्मानजनक पेशा हो: श्रममन्त्री भण्डारी >> वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत >> सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान >> भालुवाङमा भेटिएको शबको पहिचान खुल्यो >> आजको मौसमः तापक्रममा वृद्धि हुने, बर्षा नहुने सम्भावना कायमै >> विद्यार्थी विदेश पलायन रोक्ने कसरी ? >> उद्योगी व्यवसायी थप पीडामाः मल्हम लगाउने खोई >> विश्व स्वास्थ्य दिवसको औपचारिकता >> शिक्षकका जायज माग पुरा गर्न बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेको आग्रह >> बुटवलमा एमालेको जनसभा तयारीः ५० हजार जनता उतार्ने दावी >> पुरातात्विक क्षेत्रमा अनाधिकृत पूर्वाधार रोक्न माग >> प्रदेशमा सिंचाई सुविधाः अझै आधा जमिन बाँझैं ! >> रोटरी क्लव अफ बुटवल चौतारीमा ७५ युनिट रगत संकलन >> आज जनआन्दोलन दिवस मनाइँदै >> विश्व स्वास्थ्य दिवसमा बुटवल हस्पिटल प्रालिद्वारा ६४ युनिट रक्तदान >> लुम्बिनीमा पिकअप भ्यान पल्टिंदा दुईको मृत्यु, २२ जना घाइते >> सिद्धार्थ गौतमबुद्धका नवनियुक्ति क्याम्पस प्रमुख चापागाईद्वारा पदभार ग्रहण >> भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिजको पहिलो खेलमा सन् २००९ टिम विजयी >> आठौ भूपु सैनिक कपमा सिम्रिकको विजयी शुरुवात >> खैरो हिरोइन सहित दुई भारतीय पक्राउ >> सडेनडेथमा राईजिङ स्टार युवा क्लब विजयी >> उत्पादन र आर्थिक समृद्धिमा जोडिन नगर प्रमुख पाण्डेको आह्वान >> बारको निर्वाचनमा मिश्रको अग्रता कायमै >> ए डिभिजन लिग बैशाख २० बाट हुने >> नेप्से परिसूचक ३३.३३ अङ्कले तल झर्यो >> शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन्, संवादबाट सम्बोधन गर्ने छौंः प्रधानमन्त्री >> लुम्बिनीमा मनाईयो सिंचाई दिवस >> प्रदेश स्तरीय टी–२० कप: रुपन्देही क्वाटरफाइनलमा प्रवेश >> भरूवा बन्दुकसहित दुई जना पक्राउ, एक फरार >> सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण >> आईपीएलमा आज मुम्बई इन्डियन्स र आरसीबी भिड्ने

मुख्यमन्त्री कप महिला भलिबल क्वाटरफाईनलमा सात टिमको टुंगो

२२ चैत्र २०८१, शुक्रबार
२२ चैत्र २०८१, शुक्रबार

दाङ, २२ चैत ।
दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगितामा क्वाटरफाईनल खेल्ने सात टीमको टुंगो लागेको छ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा बुधबारदेखि शुरु भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत बिहीबार भएका लिग चरणको खेलबाट क्वाटरफाईनल खेल्ने सात टीमको टुंगो लागेको हो । लिग चरणको अन्तिम खेलमा दाङ र बर्दिया बीचको खेल कमजोर भिजिबिलिटीका कारण रोकिएपछि क्वाटरफाईनल समीकरण पूरा हुन नसके पनि अन्य सात टीमले क्वाटरफाईनलमा स्थान सुरक्षित गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा जारी प्रतियोगितामा क्वाटरफाईनलमा रोल्पा, रुकुमपूर्व, पाल्पा, अर्घाखाँची, बाँके, कपिलबस्तु र रुपन्देही प्रवेश गरेका छन् ।
दाङ र बर्दिया भने लिग चरणको अन्तिम खेलमा १–१ को बराबरीमा रोकिएका छन् । अब यी दुई टीम बीचको खेल शुक्रबार बिहान फेरि शुरुबाट हुने आयोजकले जनाएको छ । दुवै टीमलाई क्वाटरफाईनल प्रवेश गर्न जीत अनिवार्य छ ।
समुह ‘डी’ मा रहेका रुपन्देही, दाङ र बर्दिया मध्ये रुपन्देही समुह विजेता हुँदै अन्तिम आठमा स्थान सुरक्षित गर्दा अब दुई मध्ये एक टीम उपविजेता हुँदै क्वाटरफाईनल पुग्नेछ ।

समुह ‘ए’ बाट रोल्पा विजेता र रुकुमपूर्व उपविजेता हुँदै क्वाटरफाईनल प्रवेश गरेका छन् । समुह ‘बी’ बाट पाल्पा बुधबार नै क्वाटरफाईनल प्रवेश गर्दा अर्घाखाँची उपविजेता हुँदै अन्तिम आठमा पुगेको छ । समुह ‘सी’ बाट बाँके विजेता र कपिलबस्तु उपविजेता हुँदै अन्तिम आठमा पुगेका छन् । समुह ‘डी’ बाट रुपन्देही विजेता हुँदै अन्तिम आठमा पुग्दा उपविजेताको टुंगो शुक्रबार हुने लिग चरणको अन्तिम खेलबाट लाग्ने आयोजनकले जनाएको छ । यसअघि, लिग चरणको खेलमा कपिलवस्तुले प्युठानलाई ३–२ को सेटमा हराउँदा, रुपन्देहीले बर्दियालाई ३–१ को सेटमा हरायो । यसैगरी, रोल्पाले गुल्मीलाई ३–० को सोझो सेटमा हराउँदा अर्घाखाँचीले पनि नवलपरासीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । बाँकेले पनि कपिलवस्तुलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा लिग चरणबाट अहिलेसम्म गुल्मी, नवलपरासी र प्युठान बाहिरिएका छन् ।

लिगकम नकआउटको आधारमा खेलाइएको मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाबाट महिला भलिबल खेलाडी दाङमा आएका प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले जानकारी दिए । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद, लुम्बिनीले जनाएको छ । प्रतियोगिताको क्वाटरफाईनल र सेमीफाईनलका खेल शुक्रबार हुनेछन् । फाईनल खेल शनिबार हुने आयोजक प्रदेश खेलकुद परिषद लुम्बिनीले जनाएको छ ।

प्रतियोगिताको उपाधि जित्ने टीमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेता टीमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले बताए । यसैगरी, तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टीमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?