ट्रेंडिंग:

>> लिङ्देनको प्रस्ताव: समझदारी गरौँ, राजादेखि गणतन्त्रवादी अट्ने व्यवस्था बनाऔं >> नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६ अंकमा >> काठमाडौंमा विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर विरोध प्रदर्शन >> संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री >> शेख हसिना: बंगलादेशलाई “आतंकवादी देश” भनेकी, युनुसमाथि गम्भीर आरोप >> बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना >> छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री >> चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभा >> वन क्षेत्रबाट राजस्व नउठ्दा मुख्यमन्त्री आचार्यको चिन्ता, कर दायरामा ल्याउन जोड >> मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छः प्रधानमन्त्री >> आरएसडिसि लघुवित्तद्घारा समाजलाई फर्निचर सामग्री हस्तान्तरण >> नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह >> प्रधानमन्त्री ओलीको मधेस प्रदेशसभामा सम्बोधन सुरू >> बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा >> राष्ट्रिय वनलाई चाक्ला वनमा लैजान खोजेपछि सामुदायिक वनको आपत्ति >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ? >> राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा >> वैदेशिक रोजगार सबैभन्दा सम्मानजनक पेशा हो: श्रममन्त्री भण्डारी >> वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत >> सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान >> भालुवाङमा भेटिएको शबको पहिचान खुल्यो >> आजको मौसमः तापक्रममा वृद्धि हुने, बर्षा नहुने सम्भावना कायमै >> विद्यार्थी विदेश पलायन रोक्ने कसरी ? >> उद्योगी व्यवसायी थप पीडामाः मल्हम लगाउने खोई >> विश्व स्वास्थ्य दिवसको औपचारिकता >> शिक्षकका जायज माग पुरा गर्न बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेको आग्रह >> बुटवलमा एमालेको जनसभा तयारीः ५० हजार जनता उतार्ने दावी >> पुरातात्विक क्षेत्रमा अनाधिकृत पूर्वाधार रोक्न माग >> प्रदेशमा सिंचाई सुविधाः अझै आधा जमिन बाँझैं ! >> रोटरी क्लव अफ बुटवल चौतारीमा ७५ युनिट रगत संकलन >> आज जनआन्दोलन दिवस मनाइँदै >> विश्व स्वास्थ्य दिवसमा बुटवल हस्पिटल प्रालिद्वारा ६४ युनिट रक्तदान >> लुम्बिनीमा पिकअप भ्यान पल्टिंदा दुईको मृत्यु, २२ जना घाइते >> सिद्धार्थ गौतमबुद्धका नवनियुक्ति क्याम्पस प्रमुख चापागाईद्वारा पदभार ग्रहण >> भैरहवामा ‘महिला लेजेण्ड टी–२० सिरिजको पहिलो खेलमा सन् २००९ टिम विजयी >> आठौ भूपु सैनिक कपमा सिम्रिकको विजयी शुरुवात >> खैरो हिरोइन सहित दुई भारतीय पक्राउ >> सडेनडेथमा राईजिङ स्टार युवा क्लब विजयी >> उत्पादन र आर्थिक समृद्धिमा जोडिन नगर प्रमुख पाण्डेको आह्वान >> बारको निर्वाचनमा मिश्रको अग्रता कायमै >> ए डिभिजन लिग बैशाख २० बाट हुने >> नेप्से परिसूचक ३३.३३ अङ्कले तल झर्यो >> शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन्, संवादबाट सम्बोधन गर्ने छौंः प्रधानमन्त्री >> लुम्बिनीमा मनाईयो सिंचाई दिवस >> प्रदेश स्तरीय टी–२० कप: रुपन्देही क्वाटरफाइनलमा प्रवेश >> भरूवा बन्दुकसहित दुई जना पक्राउ, एक फरार >> सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण >> आईपीएलमा आज मुम्बई इन्डियन्स र आरसीबी भिड्ने >> गुरागाईंको पुनरागमनपछि कर्मचारीको रोकिएको तलब निकासी प्रक्रिया अघि बढ्यो

बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुभारम्भ

२२ चैत्र २०८१, शुक्रबार
२२ चैत्र २०८१, शुक्रबार

नेपालगञ्ज, २२ चैत ।
बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुभारम्भ गरिएको छ । मोबाईल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ लुम्बिनी प्रदेशको बाँके सहित तीन जिल्लामा पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको हो । यसभन्दा अघि पाल्पा र अर्घाखाँची जिल्लामा यो अभियान सुरु भईसकेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले बाँकेमा सुरु गरिएको अभियानको बिहिबार उद्घाटन गरे । अभियानको उद्घाटन गर्दै मन्त्री सारुले बाँकेमा मातृमृत्यूदरको तथ्याङ्क हेर्दा सुधार गर्नुपर्ने धेरै विषय देखिएको बताए ।
उनले मुस्लिम समुदायको बाहुल्यता रहेको बाँकेमा सामाजिक, सांस्कृतिक र भावनात्मक रहनसहन बुझेर योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । मन्त्री सारुले भने,‘समस्या आईसकेपछि उपचार गर्नु भन्दा समस्या आउनुपूर्व नै त्यसको अध्ययन गरेर समस्या नै आउन नदिने तर्फ लाग्नुपर्छ ।’ स्वास्थ्य मन्त्रालय लुम्बिनीले ५८ प्रतिशत बढी वित्तिय खर्च गरिसकेको भन्दै कामको गति अपेक्षा अनुसार नै बढेको मन्त्री सारुले जानकारी दिए । उनले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा काम गर्ने कर्मचारीहरुले नाम देखिने गरि व्यक्तिगत व्यवसायमा बोर्ड राख्ने काम हटाउने, आर्थिक पारदर्शिता र सुशासनका लागि सवारी साधनहरुमा जीपीएस जडान गरिएको, छात्रवृत्ति करारका विद्यार्थीहरुलाई ग्रामिण क्षेत्रका अस्पतालहरुमा पठाउने लगाएतका काम प्राथमिकताका साथ मन्त्रालयले गरेको बताए ।

अभियान अन्तरगत सरोकारवालाहरुसँगको अन्तरक्रियामा सहजिकरण गर्दै स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले नेपालको संविधानमा स्वच्छ रुपमा बाँच्न पाउने हक भएको भन्दै स्वास्थ्य र सुरक्षित मातृत्व, बालबालिकाको हक, महिलाको हकलगायतका विषयमा काम गर्नुपर्ने बताए । स्वास्थ्य संस्थाले जनस्वास्थ्य ऐन २०७५-नियमावली २०७७ अनुसार ९ शीर्षक र ४५ बढी सेवा दिनुपर्ने उनले जोड दिए । बाँकेमा ८६ प्रतिशत गर्भवती महिलाले गर्भवती जाँच गराउने र ७३ प्रतिशत महिलाले सुत्केरी पश्चात जाँच गर्ने गरेको तथ्याङ्क रहेको छ । लुम्बिनी प्रदेशमा ८० प्रतिशत महिलाहरुको मृत्यू सुत्केरी भए पश्चात हुने गरेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँके जिल्लामा एक वर्ष अवधिमा ७४ जना महिलाहरु घरमै सुत्केरी भएका छन् । बाँकेमा विगत ४ वर्षमा ७६ जनाको मातृ मृत्यू भएको तथ्याङ्क छ । लुम्बिनी प्रदेशका १० देखि १९ वर्षसम्मका किशोर किशोरीहरूको पोषण अवस्था राष्ट्रिय तथ्याङ्क भन्दा कमजोर रहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले योजना र कार्यक्रम राम्रो भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रका विभिन्न क्षेत्रमा अनुगमन र नियमन गर्न सके आम जनताले सुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले प्रविधि मार्फत महिलाहरुको स्वास्थ्यलाई गतिशिल बनाउने लक्ष्यका साथ यो योजना अघि सारिएको बताईन् । उनले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका हरु घरघरमै पुगेर डाटा लिने भएकाले आगामी दिनमा बनाउने योजना र अभियानहरू सञ्चालन गर्न प्रभावकारी हुने विश्वास ब्यक्त गरिन् ।स्वास्थ्य निर्देशनालयका रोशनलाल चौधरीको अध्यक्षतामा भएको सुभारम्भ कार्यक्रममा बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितीका प्रमुख उप प्रमुख र विभिन्न पालिकाका प्रमुख उप प्रमुखहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?