© २०२३
पाल्पा । पूर्खाहरुले प्रयोग गर्ने धेरै संस्कृतिहरु हराउदै गएका छन । संरक्षण अभावकै कारण प्राचिन सम्पदामा धनि नेपालीहरु अहिले संकटमा पर्न लागेको छ । कुनै बेला उत्तरी भेगका तनहु लमजुङ, स्याङजा, गोर्खादेखि पाल्पा हुदै घिउसंग नुन मटितेल साट्नको लागि बुटबलसम्म पुग्नुपर्ने बाध्यता थियो । यातायातको अभाव हुदा हिडेरै लामो यात्रा गर्नेहरु बास बस्न ठाटीको उपयोग गर्दथे । ठाउ ठाउमा बनाइएका काठै काठ तथा ढुगैं ढुगैंबाट निर्मित कलात्मक ठाटी आकषर्णको केन्द्रबिन्दु समेत बन्ने गथ्र्यो । यतिखेर भने त्यही ठाटी संरक्षणको पर्खाइमा छ ।
सडक यातायातको बिकास र बिस्तारका कारण अहिले यी संस्कृति लोप हुने अवस्थामा पुगेको हो । पैदल यात्रुहरुको घाम पानीबाट ओत लाग्न, रात परेपछि बास बस्नको लागि उपयोगी हुन्थ्यो । वगनासकाली गाउपालिकाको पुराना पुस्ताका मणी प्रसाद ढकाल धर्म कमाउने नाउमा ठाउठाउमा ठाटी निमार्ण गर्ने प्रचलन रहेको बताउछन । ‘आधुनिक बिकाससंगै यस्ता सम्पदाहरु राज्य स्तर बाटै संरक्षण हुन नसक्दा खण्डहरमा परिणत भए ।’–उनले दुखेसो गरे ।
माडी फाट हुदै दैनिक सयौको सख्यामा हालको तिनाउ गाउपालिकामा पर्ने मस्याम हुदै सिस्ने खोलाको छोटो बाटो बुटबल जाने र वर्ष दिनको लागि घिउसंग नुन मटितेल, जिरा मसला, लत्ताकपडा लिएर फर्कने गर्दथे । तिनै बटुवाको लागि घाम पानी ओत्न देखि लिएर बास बस्नका लागि मनकारी मनहरुले धर्मको नामबाट आफनो नीजि लगानीमा यस्ता ठाटीहरु बनाउने प्रचलन रहेको उनि बताउछन । बिकासको क्रमले जब मोटर बाटोहरु बने, पैदल यात्रुहरु पनि बिस्तार कम हुदै जादा गोरेटा बाटो पनि मेटिदै गयो । त्यही गोरेटो बाटो मेटिदै जाादा यात्रुहरुको बस्नको लागि बनाइएका ठाटीहरु पनि मेटिए । फाटमा रहेको ठाटी मध्य एउटालाई दमकडा मा.वीको भवन बनाउदा त्यहाका काठ ढुगा जे थिए ति प्रयोग गरिए पनि बाकी सबै हराएर गएको स्थानियहरु बताउछन् ।
पहिला पहिलाका पुस्ताहरुले यस्ता ठाटीहरु धर्मका नामबाट निर्माण गराएका थिए । युुगै युग सम्म रहीरहोस भनेर ठाटी निर्माण गर्दा पुराना पुस्ताहरुले काठहरु निकै बलिया प्रयोग गरेका थिए । बिस्तारै बटुवाहरुले प्रयोग गर्न छाडे पछि सन्त साधु आउदा जादा त्यही ठाटीहरु प्रयोग गर्न थाले । पछिल्लो समयमा खेति गर्ने कृषकहरुका लागि ठाटी अत्यन्तै उपयोगी भएको थियो । जब तिनाउ खोलामा पक्की पुल बन्यो त्यहा भएको ठाटीको अवषेश पनि मेटियो । स्थानिय बल बहादुर राना अबका पुस्ताले पाटी पौवा ठाटी भनेको के हो भन्ने सिकाउन पुस्तकका चित्रमा देखाउनुपर्ने बताउछन । सार्वजनिक जमिन होस या व्यक्तीगत जमिनमा निर्मीत यस्ता बस्तु सार्वजनिक नै हुन यस्ता बस्तुको संरक्षण गर्न जिम्बेबारी सबैको साझा भएको उनको दाबी छ । संस्कृति संरक्ष्ँण गर्ने पहिलो जिम्बेबारी स्थानिय सरकारको हुने चिदीपानीका स्थानिय हिरा बहादुर रेग्मी बताउछन् । खेति लगाउने समयमा घामपानीबाट जोगिन मात्र नभई खेतालाहरुको लागि बनाइएको खाजा राख्न र खुवाउन पनि सजिलो भएका यस्ता ठाटी आज नाम निशाना नै छैनन् । जव मोटर बाटो चौडा गर्ने काम भयो । तव यिनीहरु हराउदै गए ।
माथिल्लो भागमा राखिएको बाक्ला बाक्ला काठका फलिया पनि हराउदै गए । पहिले पहिले दोहोराको ठाटी भनेर हिडने यो बाटो भएर हिडने सबैले जान्दथिए । माथागढी गाउपालिका रुप्सेकोे दोहोरामा हिडने सबैले जान्दथिए । माथागढी गाउपालिका रुप्सेको दोहोरामा निर्मीत सबै वर्ष पुरानो ठाटीको माथिल्लो भागमा राखिएको बाक्ला र चाक्ला फलिया नै छैनन् । त्यसै गरी बिच भागबाट पक्की नाली निर्माण भए पछि यसको अवशेष मात्र बाकी रहेको स्थानिय सरस्वती खनाल बताउछिन् । मोटर बाटो निर्माण हुन भन्दा पहिला यो सबैका लागि धर्मशाला भएको थियो । जब मोटर बाटो निर्माण संगै बस्ती पनि बढन थालेपछि त्यस्ता धरोहरहरु अल्झन हुन थालेको पुराना पुस्ताहरुको गुनासो रहेको छ ।
माथागढी गाउपालिका एक कर्मचारीका अनुसार यस्ता सार्वजनिक महत्व बोकेका बस्तुहरु कहा कहा कति वटा कुन कुन अवस्थामा रहेका छन् भन्ने विषयमा अभिलेख नै नभएको बताए । यस्ता सार्वजनिक बस्तुहरुको अभिलेख हुनु पर्ने हो तर नभएको उनले भने ।
सार्वजनिक महत्वका यस्ता संरचना निर्माण भएका ठाउमा पछिल्लो समयमा केन्द्रै देखि स्थानिय तह सम्म भू माफियाहरुको अतिक्रमणको चपेटामा पर्न गएका छन् । यस्ता विषयमा खोज्ने कस्ले हो । तत्लो फाटमा निर्मीत ठाटी भत्काएको र काठ विद्यालय बनाउदा प्रयोग गरियो जमिन व्यक्तीले अतिक्रमण गरे । वद्बारीमा निर्मीत ठाटी सडक चौडा गर्दा भत्कियो । त्यहा प्रयोग भएका काठ कहा गए कसैलाई थाहा नै नभएको स्थानियहरुको गुनासो रहेको छ ।
पुराना पुराना पुस्ताका अनुसार पाल्पाको माडी फाटभरीमा झण्डै १० भन्दा बढि ठाटीहरु थिए । त्यस मध्य रभ्भा गाउपालिकामा ५ र माथागढी गाउपालिकामा ५ भन्दा बढि ठाटीहरु थिए । रम्भा गाउपालिका भित्र पर्ने फेदीको ठाटी भने नजिकका घरका व्यक्तीले प्रयोग गरी रहेका छन् । फाट सकिएर उकालो लाग्ने ठाउमा भएको ठाटी करिव दुई सय वर्ष पहिला निर्माण भए पनि स्थानियहरुले उपयोग गरीरहेको स्थानिय धर्मु रायमाझी बताउछन् । स्थायिन सरकारले यसको संरक्षणमा ध्यान दिनु पर्ने हो तर यहा स्थानियले मात्र संरक्षण गरिरहेका छन् । स्थानियले संरक्षण नगरेको भए यहा पनि व्यक्तीका घर निर्माण हुन्थ्ये होला त्यही नै बुझेर समुदायले संरक्षण गरेको हो उनले बताए । तानसेन नगर भित्र पर्ने ऐतिहासीक रानीमहलमा जाने बाटोमा दुई तिन बटा ठाटीहरु थिए । त्यो पनि सडक निर्माण गर्ने क्रममा भत्कियो ।
यस्ता प्राचिन संरचनाहरु अव निर्माण हुदैनन् । यसको संरक्षण तर्फ स्थानिय सरकारले अग्रसरता लिनु पर्ने हो । स्थानिय सरकारका जनप्रतिनिधीले नै यसको महत्व र गरिमाका विषयमा बुझेर पनि चुप लागेर बस्ने गरेका छन् । त्यसले गर्दा यस्ता ठाटीहरुको खण्डहरमा परिणत हुने क्रम बढेको स्थानिय शम्शेर जि.सी बताउछन् ।