© २०२३
गुल्मी, २२ चैत ।
नेपाली काँग्रेस गुल्मीले यही चैत २६ र २७ गते अुन गईरहेको तेस्रो जिल्ला सम्मेलनलाई नेपाली काँग्रेस काँग्रेसका केन्द्रीय सभापति शेरवहादुर देउवाले सम्बोधन गर्ने भएका छन । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको दिन “जनआन्दोलन दिवस” को अवसर पारेर काँग्रेस गुल्मीले चैत २६ र २७ गते सदरमुकाम तम्घासमा तेस्रो जिल्ला सम्मेलन गर्न लागेको नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति खिलध्वज पन्थीले बताएका छन । नेपाली काँग्रेस गुल्मीले जिल्ला सम्मेलनको लागि सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी दिएको छ । सम्मेलनको खुल्ला सत्र सदरमुकाम तम्घास स्थीत चिदीचौर खेल मैदानमा सञ्चालन हुने बताईएको छ । तेश्रो जिल्ला सम्मेलनमा पार्टी सभापति देउवासँगै महामन्त्रीद्वय गगन थापा, विश्वप्रकास शर्मा र केन्द्रिय सदस्यहरू डा. चन्द्र भण्डारी एवं चन्द्र केसी लगायतका केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको पहिलो दिन खुल्ला सत्र र दोश्रो दिनको बन्द सत्र गरिने भएको छ । बन्द सत्रमा एक वर्षको अवधिमा पार्टीले गरेका गतिबिधिहरूको जानकारी एवं समीक्षा गर्नुका साथै आगामी वर्षको कार्ययोजना तय हुने बताईएको छ । सम्मेलन सफल बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गरिे प्रचार प्रसार तिब्र बनाईएको प्रचार प्रसार समिति संयोजक छवि पाण्डेले बताए । सम्मेलनले संगठनलाई सुदृढ र चुस्त दुरुस्त बनाउनका साथै पार्टी कार्यकर्ताहरूलाई कसरी थप सशक्त एवं क्रियाशील बनाउने भन्ने विषयमा केन्द्रित रहने बताइएको छ । तेश्रो जिल्ला सम्मेलनमा जिल्ला भरबाट एक हजार ७४६ प्रतिनिधिहरूको सहभागिता रहनेछ । सम्मेलनले गुल्मी काँग्रेसमा नयाँ ऊर्जा प्रवाह हुने पार्टी सभापति पन्थीले जानकारी दिएका छन् ।