ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

अहिलेको व्यवस्था उल्ट्याउने विरुद्ध गणतन्त्रबादीहरु एकजुट हुनुपर्छः दाहाल

२२ चैत्र २०८१, शुक्रबार
२२ चैत्र २०८१, शुक्रबार

नेपालगञ्ज, २२ चैत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको व्यवस्था उल्ट्याउने विरुद्ध गणतन्त्रबादीहरु एकजुट हुनुको बिकल्प नरहेको बताएकाछन् । नेपालगञ्जमा बिहिबार आयोजित जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तरगत ‘नागरिक अन्तर संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्रवादी र राजावादी यतिबेला आमने–सामने भएको टिप्पणी गरे । गणतन्त्रवादी र राजतन्त्रवादी बीचको फैसला अब जनताले मात्रै गर्ने उनले जीकीर गरे । गणतन्त्रको सच्चा पहरेदार माओवादी नै भएको भन्दै अहिले राजवादीप्रति अझ बढी आमने–सामने आफ्नो पार्टी मात्रै भएको दाबी गरे ।

लोकतन्त्रलाई अझै सुदृढ गर्ने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाई थियो । संविधान निर्माण गर्दा त्यतिबेलै केहीले संविधान नबनोस् भन्ने चाहेको स्मरण गर्दै उनले यो संविधान नचाहने ‘प्रतिक्रियावादी’ शक्ती नै भित्री रुपमा ब्यवस्था उल्ट्याउने षडयन्त्रमा लागेको संकेत पनि गरे ।

आफुहरुबाट केही गल्ती भएको स्वीकार गर्दै समयमै सच्चिन तयार रहेको बताए । ‘हामीले भनिराख्या छौं, गल्ती हामीबाट भयो, हामी सच्चिन चाहन्छौं, आत्मालोचना गर्छौ भनेका छौं, सच्चिने मौका दिनुस्,’ उनले भने ‘हामी राजनीतिक पार्टीहरुले चाहिने भन्दा बढी सहकार्य गर्दा धुलोमैलो भयौं, जनतामा कन्फ्युजन भयो, फेरी जनताको कुरा सुन्ने हामीले प्रयास गर्नुपर्छ, देशलाई बचाउनुपर्छ ।’

जनताले लोकतन्त्र, गणतन्त्र र नेताहरुलाई सबै उस्तै भनेर भाष्य निर्माण गरी तानाशाहलाई मलजल गर्ने काम गर्न नहुने पुर्वप्रधानमन्त्री दाहालले आग्रह गरे । ‘झण्डै ७० वर्षदेखी जनताले लडेर बनाएको संविधान हो, यसलाई बचाउने जिम्मा हाम्रो हो,’ उनले भने ‘पहिला संविधानको समिक्षा गरौं, दश वर्षमा संविधानले के दियो के दिएन, कार्यान्वयनमा कमजोरी कहाँ भयो ?

यस्तै प्रेस सेन्टर नेपाल बाँकेले बिहीबार नै आयोजना गरेको पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले लोकतन्त्र र गणतन्त्र मास्न विभिन्न ‘प्रतिक्रियावादी’ षडयन्त्र भईरहेको बताए । अहिले नै संघिय लोकतान्त्रिक गणतन्त्र उल्टिने र निरंकुशतन्त्र आउने स्थिती नरहेको उनले प्रष्ट्याए । दाहालले भने, ‘जनता सबै सचेत हुनुपर्नेे अवस्था छ, सच्चा गणतन्त्रवादी र लोकतन्त्रवादी सचेत हुनुपर्ने अवस्था छ ।’ पत्रकार भेटघाट कार्यक्रम प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?