© २०२३
बुटवल,६ कात्तिक । रुपन्देहीमा रातको १० बजेसम्म तिहारको देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमती दिएको हो । कार्यालयले शनिबार एक सूचना जारी गर्दै रातको १० बजे पछि देउसी भैलो खेल्ने, देउसी भैलो खेल्दा राजमार्ग तथा सहायक राजमार्ग अवरोध गर्ने, बढि रकम असुल्न बाध्यतामा पार्ने जस्ता असामाजिक किसिमका गतिविधि नगर्न नगराउनुहुन अनुरोध गर्दै यस्ता किसिमका गतिविधिहरु गरेको पाईएमा कानून बमोजिम कडा कारवाही गरिने जनाएको छ । चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायू प्रदुषण गर्ने लगायतका गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
यस्तै मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ पटाका सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ ।