काठमाडौं, ११ पुस।
अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा विराट कोहलीलाई खेलाडीसँगको विवादका कारण आईसीसीले कारबाही गरेको छ।
विराट कोहलीले अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई जानाजान धक्का दिएको आरोपमा आईसीसीले उनलाई म्याच फीको २० प्रतिशत कटौती गर्दै एक डिमेरिट पोइन्ट दिएको हो। आईसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि प्रकारको अनुपयुक्त शारीरिक गतिविधि निषेध गरिएको छ। यसबाहेक, लापरवाहीपूर्वक हिंड्नु, जानाजान अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिने कार्यले नियम उल्लंघन गरेको मानिन्छ।
द्वन्द्वको यो घटना तब भएको थियो जब साम कोन्सटास पिचको साइडबाट हिंडिरहँदा विराट कोहली उनीसँग काँध जुधाउने दृश्य देखिए। यस घटनापछि सामले कोहलीलाई केही भनेका थिए र कोहलीले पनि त्यसको जवाफ फर्काएका थिए। यस घटनाबाट उत्पन्न तनावलाई अम्पायर र अन्य खेलाडीहरूले मिलाएर शान्त पारे।
आईसीसीले कोहलीलाई दिइएको एक डिमेरिट पोइन्ट २४ महिनासम्म कायम रहनेछ र यस अवधिमा पाएका हरेक नयाँ डिमेरिट पोइन्टहरू जोडिनेछन्। यस प्रकार, भविष्यमा थप डिमेरिट पोइन्टहरूको थप हुँदा कोहलीलाई थप कडा कारबाहीको सामना गर्न सक्छ।
भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट बिहीबारदेखि मेलबर्नमा शुरू भएको हो। यो खेल श्रृंखलाको महत्त्वपूर्ण खेल मानिएको छ, जसमा ५ खेलको श्रृंखलामा भारत र अस्ट्रेलिया दुवैले १-१ को बराबरी बनाएका छन्। यस खेलमा अस्ट्रेलियाले युवा ब्याटर साम कोन्सटासलाई मौका दिएको थियो। १९ वर्षीय सामले डेब्यू गर्दै अर्धशतक बनाएका थिए। पहिलो पारीमा ६५ बलमा ६० रन बनाएका उनले भारतीय बलरसामु निडर शटहरू खेल्दै अस्ट्रेलियालाई शानदार सुरूवात दिलाउन मद्दत गरेका थिए।
खेलका क्रममा १०औं ओभर सकिएपछि साम कोन्सटास पिचको साइडबाट हिंडिरहँदा विराट कोहलीले उनको मार्गमा आएर उनलाई काँध जुधाएका थिए। यस घटना पछि साम कोन्सटासले कोहलीसँग केही शब्द विनिमय गरे र कोहलीले पनि जवाफ फर्काए। खेलका अम्पायर र अन्य खेलाडीहरू बीचमै आएर दुवैलाई शान्त पारे।
अस्ट्रेलियाले पहिलो दिनको समाप्तिमा ६ विकेट गुमाएर ३११ रन बनाएको छ। यस पारीमा स्टिभ स्मिथ ६८ रन बनाएर खेलिरहेका छन् भने साम कोन्सटाससँगै उसमान खवाजा र मार्नस लबुशानले अर्धशतक बनाएका थिए।