ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

स्थानीय सरकारः नागरिकलाई ‘ज्योति’ दिँदै

१४ भाद्र २०८१, शुक्रबार
१४ भाद्र २०८१, शुक्रबार

प्युठान ,१४ भदौ ।

जिल्लाका स्थानीय सरकारले ज्येष्ठ नागरिकहरूलाई आँखा देखाउने काम गर्दै आएका छन् । स्थानीय तहले वार्षिक ४२ लाख खर्चेका छन् । सात गाउँपालिका र दुई नगरपालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क जाँच र शल्यक्रिया गर्दै आएका हुन् । जसले गर्दा मोतिया विन्दु भएका जेष्ठ नागरिकको उपचारमा राहत मिलेको छ ।

ज्येष्ठ नागरिकको आँखा देखाउन आ.व. २०८०/०८१ मा जिल्लाका आठ स्थानीय तहले ४२ लाख ३० हजार २ सय ८६ रूपैयाँ खर्चेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रिसर्च सेन्टर (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) प्युठानका प्रमुख मेडिकल इन्चार्ज लक्ष्मी मल्ल ठकुरीले जानकारी दिइन् । उनका अनुसार आ.व.२०७९/०८० मा २३ लाख २१ हजार ४ सय ९० रूपैयाँ खर्चेका थिए । प्युठानको सरुमारानी गाउँपालिकाले लमही, सिसहनीयामा र अन्य पालिकाले जिल्लामा ज्येष्ठ नागरिकको आँखा उपचार गरी आँखा देखाउने काम गरेका छन् ।

स्थानीय सरकारले गाउँमै जाँच सेवा र निःशुल्क शल्यक्रिया गरिदिँदा उपचारमा सहजता मिलेको नौबहिनी गाउँपालिका–५ गावैकी ६० वर्षीय कुमारी विष्ट बताउँछिन् । ‘देब्द्रे आँखा विग्रीएको लामो समय पछि जाँच भइ शल्यक्रिया गरेकी हुँ’ उनले भनिन्,‘गाउँमा शिविर सञ्चालन आँखा देख्ने माध्ययम बन्यो ।’ २०८१ जेठमा भएको शिविरबाट उनको उपचार भएको थियो । हाल उनी शल्यक्रिया भएको आँखाले देख्न सक्छिन् । उपचार गरेको आँखाले काम गरेपनि अर्को आँखाले दृश्य धमिलो देख्ने भइसकेको छ । पुनः जाँचका लागि अस्पताल जाने तयारी गरेको विष्टले बताइन् । यस्तै प्युठान नगरपालिका–१० सारीवाङ राउत टोलकी ७० वर्षीय चुमा राउतको आँखामा समस्या देखिएको लामो समय पछि उपचार पाएको बताइन् । उनलाई प्युठान नगरपालिकाले निःशुल्क शल्यक्रिया गरिदिएको छ । ‘छोरीहरूले लगेर आँखा अस्पताल पु¥याए’ उनले भनिन,‘नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाएको रहेछ ।’ नगरपालिकाले निःशुल्क गरेपछि पटक पटकको उपचार खर्चमा सहजता भएको उनको भनाइ छ ।

विष्ट र राउत जस्तै जिल्लाका स्थानीय तहहरूले वार्षिक रूपमा विभिन्न कार्यक्रम, आँखा अस्पतालसंगको सहकार्यमा ज्येष्ठ नागरिकको आँखा उपचारको व्यवस्था मिलाएका छन् । आँखा अस्पतालसंग सम्झौता गरी गाउँपालिकाले उपचारको व्यवस्था मिलाएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले बताए । ‘गाउँपालिकाले शिविर सञ्चालन गरी शल्यक्रिया गर्नु पर्ने ज्येष्ठ नागरिकको निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको छ’ थापाले भने ।

नौबहिनी गाउँपालिकाले मात्रै पछिल्लो दुई आर्थिक वर्षमा एक सय ९० ज्येष्ठ नागरिकको आँखा देखाएको छ । आ.व. २०७९/८० मा एक सय ६१ र २०८०/८१ मा २९ जनाले निःशुल्क आँखाको शल्यक्रिया सेवा दिइएको हो । यो अवधिमा गाउँपालिकाका एक हजार ४८ जनाले निःशुल्क जाँच सेवा लिएको थापाले जानकारी दिए ।

जिल्लामा रहेको नरेन्द्र गायत्री आँखा अस्पतालका प्रमुख मेडिकल इन्चार्ज लक्ष्मी मल्ल ठकुरीका अनुसार जिल्लाका आठ स्थानीय तहले सम्झौता गरी निःशूल्क रूपमा शल्यक्रिया गर्ने ज्येष्ठ नागरिकको सङ्ख्या तीन सय ७५ रहेको छ । आ.व. २०८०/०८१ मा प्युठान नगरपालिका ८६, नौबहिनी गाउँपालिका २९, स्वर्गद्वारी नगरपालिका १२, गौमुखी गाउँपालिका ४६, झिमरुक गाउँपालिका ६०, माण्डवी गाउँपालिका १५, मल्लरानी गाउँपालिका ४४, सरुमारानी गाउँपालिका ३३ र ऐरावती गाउँपालिका ५० जना रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा आँखा उपचार केन्द्र प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार बाट १५ हजार २ सय ७२ जना, भिंग्री शाखावाट २ हजार ६ सय ९१ जना , र गौमुखी शाखाबाट ५ सय ४१ जना गरी यस आर्थिक वर्षमा १८ हजार ५ सय ४ जनाले आँखाका जाँचको सेवा लिएको अस्पतालले जनाएको छ ।

जिल्लाका पालिकाहरूले आफ्नो पालिकामा आँखा उपचार सेवा विस्तार कार्य गरेका छन् । जिल्लाको गौमुखी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । आफ्ना नागरिकको आँखा उपचार गर्नको लागी विगतका बर्षमा लमही आँखा अस्पतालसँग सम्झौता गरि काम गरेको र यस वर्षदेखि पालिकाले दर्भानमा आँखा उपचार केन्द्र स्थापना गरेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विकले बताए । गाउँगाउँमा शिविर, पालिकामा उपचार केन्द्रको स्थापनाले सहज तरिकाले उपचार पाएपछि आँखा देख्न पाउँदा खुशी भएको उपचार पाएका नागरिकहरूको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?