ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई

५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

बुटवल, ५ कात्तिक । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आयोजना गरेको शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेसनल कलेजका विद्यार्थीको समूहले जितेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरुले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन–१ मा भाग लिएका थिए । जसमा विद्यार्थीहरुले स्वोट (एसडब्लुओटी) एनालाइसिस अफ शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. बिषयमा निर्णायकहरुको उपस्थितीमा आ–आफ्नो प्रस्तुति राखेका थिए । अनलाइन मार्केटिङ सेवाहरूमा केन्द्रित रहेको स्टार्ट अप कम्पनी वान सक्वायर कन्सल्टले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनलाई भिजुअल पार्टनरकोरूप सहयोग गरेको थियो।

द एसआर होटल, ड्राइभरटोल रुपन्देहीमा एक औपचारिक कार्यक्रम आयोजना गरी सहभागी क्याम्पसका क्याम्पस प्रमुखहरु, कार्यक्रम संयोजकहरु र बिद्यार्थीहरुबिच प्रतियोगिताको बिजेता घोषणा गरिएको थियो । सहभागीहरु मध्ये क्षितिज इन्टरनेशनल कलेजका तर्फबाट बीबीए–बीआईका विद्यार्थीहरू क्रमशः प्रमिश राई बान्तवा, प्रियंका अर्याल, सुमित प्रसाद काशौधन र प्रशंसा अधिकारीको टोली सिजन–१ बिजेता घोषणा भएका थिए । त्यसैगरी, लुम्बिनी बाणिज्य क्याम्पसका तर्फबाट बीबीएका विद्यार्थी क्रमशः गणेश सुवेदी, कृति न्यौपाने, रक्षा श्रेष्ठ र सन्तोष न्यौपानेको टोली फस्ट रनरअप भएका थिए भने कपिलवस्तु बहुमुखी क्याम्पसका तर्फबाट बीबीएसका विद्यार्थीहरु क्रमशः सन्तोष कुमार विश्वकर्मा, ओमकार मिश्र, गुडिया अग्रहरी र निशा गुप्ताको टोली सेकेन्ड रनर अप घोषित भएका थिए ।बिजेता टिमका सदस्यहरुलाई नगद १५ हजार, ट्रफी, स्वर्ण पदक, प्रशंसा पत्र र आकर्षक उपहार, सेकेन्ड रनर अप टिमका सदस्यहरुलाई नगद १० हजार, ट्रफी, रजत पदक, प्रशंसा पत्र र आकर्षक उपहार त्यसैगरी तेस्रो टिमका सदस्यहरुलाई नगद पाँच हजार, ट्रफी, कांस्य पदक, प्रशंसा पत्र र आकर्षक उपहार सहित क्रमशः पुरस्कृत गरिएको थियो ।

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनमा एक्सिस कलेज, एम्स कलेज, बुटवल मोडल कलेज, बुटवल कालिका क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सिद्धार्थ इन्टरनेशनल कलेज, लुम्बिनी बाणिज्य क्याम्पस, क्रिमसन कलेज अफ टेक्नोलोजी, साई ग्लोबल कलेज, क्षितिज इन्टरनेशनल कलेज र कपिलवस्तु बहुमुखी क्याम्पस सहित ११ वटा कलेजहरुको सहभागीता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लोक राज पनेरुले यस प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरुलाई कर्पोरेट संसार परिचीत गराउनु र विद्यार्थीहरूलाई भविष्यको रोजगारी र उद्यमशीलता अवसरहरूको लागि तयार पार्नु रहेको बताए । साथै, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु आयोजना गर्न प्रतिबद्ध रहेको पनेरुले बताए ।

नेपाल राष्ट्र बैङ्कबाट जारी निति निर्देशन तथा अन्य प्रचलित ऐन कानुनको पूर्ण पालना गर्दै संस्थागत सुसाशन, नविनतम सोच, सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डर्सको हितमा कार्य गर्ने शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस विकास बैंकले ग्रामिण बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission