© २०२३
गुल्मी, ५ कात्तिक । गुल्मीमा गाई काटेको अभियोगमा चार जना पक्राउ परेका छन । शुक्रबार राति मालिका गाउँपालिका २ का २२ बर्षीय रमेश विक, २८ बर्षीय महलाल विक, ६१ बर्षीय टोप बहादुर रसाइली र ३५ बर्षीय तारा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिएका छन ।
दर्लिङ्गमा गाई काटिरहेको भन्ने बिशेष सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक भविश्वर विक सहितको टोली राति नै घटनास्थल पुगको थियो । सोहि क्रममा गाईको टाउको, पुच्छर, खुट्टा, छाला र मासु सहित चार जनालाई प्रहरीले पक्राउ गरेको खरेलले बताए । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा लिएको छ ।