ट्रेंडिंग:

>> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता

लुम्बिनीमा मातृ मृत्युदरको जोखिम उच्च

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

दाङ, २१ साउन ।

स्वास्थ्य सचेतनासँगै प्रजनन् स्वास्थ्यबारे प्रचारप्रसार एवम् साक्षरता अभियान चलाए पनि लुम्बिनी प्रदेशमा मातृ मृत्युदर सबैभन्दा धेरै देखिएको छ ।

देशभरको तुलनामा लुम्बिनी प्रदेशमा मातृ मृत्युदर सबैभन्दा धेरै देखिएको छ । लुम्बिनीमा प्रति लाखमा २ सय ७ सुत्केरीको मृत्यु भएको नेपालको जनगणना २०७८ ले देखाएको छ । देशभर प्रति लाखमा १ सय ५१ सुत्केरीको मृत्यु भएकोमा सबैभन्दा धेरै लुम्बिनीमा देखिएको हो ।

हेल्थ टुडे मिडियाको आयोजनामा सोमबार दाङको घोराहीमा आयोजित सुरक्षित गर्भपतन सेवा र मिडियाको भूमिका विषयक कार्यक्रममा स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरिक्षक रीता न्यौपानेले प्रदेशभर र दाङको मातृ मृत्युदर एवम् गर्भपतनको अवस्था बारे जानकारी गराउँदै सात प्रदेशमध्ये लुम्बिनीको मातृ मृत्युदर धेरै देखिनु चुनौतिपूर्ण रहेको बताइन् ।

उनका अनुसार कोशी प्रदेशमा १ सय ५७ जना, मधेश प्रदेशमा १ सय ४० जना, वाग्मती प्रदेशमा ९८ जना, गण्डकी प्रदेशमा १ सय ६१ जना, कर्णाली प्रदेशमा १ सय ७२ जना र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जनाको सुत्केरी अवस्थामा भएको छ । सुत्केरी भएको ४२ दिनसम्मको अवस्था सर्वेक्षण गर्दा यो अवस्था देखा परेको बताईएको छ ।

आर्थिक वर्ष २०८०–०८१ मा मात्रै दाङमा ८ जना सुत्केरी आमाको मृत्यु भएको छ । जसमा तुलसीपुरमा ४ जना, घोराही, दंगीशरण, बबई र राप्तीमा १–१ जना गरी आठ जना आमाको मृत्यु भएको छ । यो हुनुमा असुरक्षित गर्भपतन पनि कारण रहेको पनि नर्सिङ निरिक्षक न्यौपानले बताइन् ।

लुम्बिनी प्रदेशमा ७६ हजार २ सय ४३ बच्चाको जीवित जन्म हुँदा २ हजार ६ सय १३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । दाङमाप्रति लाख १ सय ६५ जनाको मातृ मृत्यु दर रहेको पनि तथ्यांकले देखाएको छ ।

‘अघिल्लो आर्थिक वर्षमा पनि तुलसीपुरमा ७ जनाको मृत्यु भएको थियो । मातृ मत्युदर घटाउने धेरै प्रयास भए पनि नसकिएको अवस्था छ’ उनले भने ‘गर्भ रहँदा ८ पटक परिक्षण गर्ने, दिगो विकास लक्ष्यलाई पूरा गर्न स्वास्थ्य परिक्षण बढाउन ध्यान दिएमा यसले बच्चा र आमाको मृत्यु घटाउन सकिन्छ ।’

सुत्केरी पछाडिको अवस्थामा ख्याल नगर्दा पनि मृत्यु बढेको हुँदा उनीहरुको स्वास्थ्य सेवा बढाउन ध्यान दिने काम भईरहेको उनले बताइन । २०५८ फागुनमा पारित गर्भपतन सम्बन्धी निर्णय अनुसार २०५९ सालयता सरकारले १२ हप्तासम्मको गर्भलाई सुचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गर्न पाउने गरी कानुनी मान्यता दिएको छ ।

बढ्दो गर्भपतनसँगै मातृ मृत्युदरका कारण प्रजनन् स्वास्थ्यका क्षेत्रमा देखा परेका चुनौति कम गर्न तीन तहका सरकार र सरोकार संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् । जसको माध्यमबाट सन् २०३० सम्ममा मातृ मृत्यु दर ७० जना प्रति लाखमा झार्ने लक्ष्य राखेर काम भईरहेको स्वास्थ्य कार्यालयको भनाई छ ।

यसका लागि हाल स्थानीय तहमा पनि सुरक्षित गर्भपतन सेवा बिस्तार भईरहेको छ । तर अझै पनि अनाधिकृत औषधीको प्रयोगले मातृ मृत्युु दर बढेको उनले बताइन् । ‘मेडिकल र सर्जिकल गर्भपतन गर्ने प्रावधानमा मेडिकल गर्भपतन बढी जोखिमयुक्त रहेकोे छ ।’
जिल्लामा हाल ९ सय ३० जना स्वास्थ्य स्वयंसेविका रहेका छन् । उनीहरुले समुदाय स्तरमा प्रजनन् स्वास्थ्य सचेतनासँगै सुरक्षित गर्भपतनका बारेमा जानकारी दिने र सेवाको पहुँचमा पुर्याउने काम गर्दै आएका छन् ।

जिल्लामा २९ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा दिने गरिएको छ । जस अनुसार, जिल्लामा गर्भपतन गर्ने सुचिकृत स्वास्थ्य संस्थाहरु तुलसीपुर ८ वटा, बंगलाचुलीमा ४ वटा, घोराही र शान्तिनगरमा ३–३ वटा, लमही, राप्ती, दंगीशरण र बबईमा समान २–२ वटा र राजपुरमा १ वटा रहेका छन् ।

सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ अनुसार १२ हप्ता सम्मको गर्भ सुचिकृत स्वास्थ्य संस्थाबाट स्वेच्छिक गर्भपतन गर्न सक्ने प्रावधान अनुसार स्वास्थ्य संस्थाबाट सेवा दिने गरिएको छ । यसका साथै विकलांग, जोखिमको अवस्था, जबरजस्ती करणी, हाडनाताको सन्दर्भमा, एचआईभी एड्सको हकमा तथा भ्रुणमा कमजोरी भएको अवस्थामा पनि गर्भवतीको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन हुने गरेको छ ।

सुरक्षित गर्भपतन गराउने पनि बढ्दै

दाङ सुचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । नेपाल सरकारले २०५९ सालबाट सुरक्षित गर्भपतनको प्रावधान ल्याएसँगै सूचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो ।

सुरक्षित गर्भपतनको ३ वर्षे अवस्था नियाल्दा बढ्दै गएको पाईएको छ । आर्थिक २०७८–०७९ देखि आर्थिक वर्ष २०८०–०८१ सम्म जिल्लामा ६ हजार ८ सय ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा जिल्लाको बंगलाचुलीमा १३ जना, घोराहीमा ५ सय ७८, तुलसीपुर १ हजार ५ सय ४९ जना, दंगीशरणमा ७२ जना, लमहीमा ५० जना गरी २ हजार २ सय ६२ जनाले गर्भपतन सेवा लिएका स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, आर्थिक वर्ष २०७९–०८० मा जिल्लाभर २ हजार १ सय ४ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जसमा बंगलाचुलीमा २९ जना, घोराहीमा ५ सय ८० जना, तुलसीपुरमा १ हजार ३ सय ४२ जना, शान्तिनगरमा १४ जना, दंगीशरणमा ६७ जना, लमहीमा २५ जना, राप्तीमा २० जना, गढवामा २७ जनाले गर्भपतन सेवा लिएका छन् ।

यसैगरी आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा २ हजार ५ सय ३३ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जस अन्तरगत बंगलाचुलीमा ५९ जना, घोराहीमा ५ सय ९० जना, तुलसीपुरमा १ हजार ५ सय ८० जना, शान्तिनगरमा ३२ जना, बबईमा ९ जना, दंगीशरणमा ७७ जना, लमहीमा २६ जना, राप्तीमा १ सय जना, गढवामा ५६ जना र राजपुरमा ४ जनाले गर्भपतन सेवा लिएका छन् ।

यस अन्तर्गत १ हजार ३ सय ३८ जनाले औषधीबाट र १ हजार १ सय ९५ जनाले सर्जिकलमार्फत गर्भपतन सेवा लिएका छन् । यति मात्रै होईन, जिल्लामा उमेर नपुग्दै २० वर्ष मुनिका १ सय ८२ जनाले समेत गर्भपतन सेवा लिएको पाइएको छ ।

‘गर्भपतनपछि अस्थायी साधन प्रयोग गर्न ६६ प्रतिशत मात्रै छन् । लामो अवधिको १४ प्रतिशत रहेका छन् । गर्भपतनपछि पुनः सेवाा लिन आउनेमा ४ सय २७ जना र २ सय ४५ जनाले प्रजनन सेवा लिन आएको पाईएको छ’, स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरिक्षक रीता न्यौपानेले बताइन । ‘औषधी सेवनबाट गर्भपतन गर्दा ८ जनामा जटिलता देखिएको थियो भने सर्जिकल गर्भपतन गर्दा २ जनामा जटिल समस्या देखा परेको थियो ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामिछानेले डाक्टरको सिफारिस बिना जथाभावी औषधि बिक्री गर्ने काम रोख्नुपर्ने बताए ।

‘मानिस किन गर्भपतनको अवस्थामा पुगेका छन् । यो अध्यनन गर्न जरुरी छ । सामाजिक मुल्य मान्यता जस्ता कारण पनि लैंगिक विभेदले छोरा चाहिने नाममा महिलाले गर्भपतन गर्ने क्रम बढेको देखिएको छ’ उनले भने । ‘समाजमा गरिबी, अशिक्षा, परम्परागत सोँचका कारण पनि असुरक्षित गर्भ पतनको प्रभाव बढ्दै गएको छ । जाँच बिना औषधि सेवन, जथाभावी गर्भपतन, मनलाग्दी औषधी सेवनलगायत कारणले पनि समस्या पैदा गरेकोे छ ।’

आम मानिसले गर्भपतनलाई सामान्य र सहज रुपमा लिने गरेका कारण पनि कालान्तरमा स्वास्थ्य जटिलताको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । ‘असुरक्षित गर्भपतनका कारण महिलाको प्रजनन् स्वास्थ्यमा मात्रै असर गरिरहेको हुँदैन उनको परिवार र आर्थिक अवस्थामा पनि धक्का लागिरहेको हुन्छ । त्यसैले गर्भपतनलाई सामान्य र सहज रुपमा कसैले पनि लिनु हुदैन’ उनले भने ‘अनिक्षित गर्भपतन हो भने समयमा स्वास्थ्य संस्थामा सम्पर्क गरेर सुरक्षित तरिकाले स्वास्थ्य लाभ लिनुपर्ने हुन्छ नभए कालान्तरमा यसको असर गम्भीर रुपमा देखा पर्ने निश्चित हुन्छ ।’

स्वास्थ्य कार्यालय दाङका निमित्ति कार्यालय प्रमुख किशोर आचार्यले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गर्नुपर्नेमा धेरैले अरु विषयलाई प्राथमिकता दिँदा आफैमा समस्या थपिने गरेको बताए ।

जनस्वास्थ्यको विषयमा स्वास्थ्य कार्यालयबाट निरन्तर कार्यक्रम गर्दै सचेतना फैलाउने काम गर्दै आएको भन्दै बढ्दो जोखिम कम गर्न सुचिकृत स्वास्थ्य संस्थाबाट मात्रै आवश्यक सुरक्षित गर्भपतन गर्न जरुरी रहेको उनको भनाई थियो ।

उनले हरेक परिवारमा सुरक्षित गर्भपतनबारे सूसूचित गराउन मिडियाले खेल्दै आएको भुमिका अझ बढाउन आग्रह गरे । अवैध औषधिको सेवनले निम्त्याउने स्वास्थ्य समस्याका बिषयमा जानकारी अनौपचारिक शिक्षा दिन, परिवार नियोजनको विकल्प गर्भपतन होइन भन्ने सन्देश प्रवाह गर्न, असुरक्षित गर्भपतनले निम्त्याउने स्वास्थ्य समस्याबारे जानकारी गराउन, सरोकारवाला निकायलाई जिम्मेवार बनाउन भूमिका खेल्न, सूचिकृत स्वास्थ्य संस्थामा सूचिकृत औषधि सेवन गरेर मात्र गर्भपतन गराउन पैरवी गर्न मिडियाले सचेततापूर्वक सन्देश प्रवाह गर्दै गएमा भोलिका दिनमा सुरक्षित गर्भपतनको पहुँच सबैमा पुग्ने र मातृ मृत्युदर घटाउन सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%