© २०२३
पहिलो संविधानसभा चुनावमा मालारानी–५ बाFगीबासी सबै मतदाता मात्रै थिए । दोस्रो चुनावमा प्रत्यक्षमा एमालेबाट क्षेत्र–१ मा बरम्बोट जन्मिएका नरेन्द्र कुमार क्षत्री प्रत्यक्ष र कांग्रेसबाट बरम्कोटकी निर्मला क्षत्री समानुपातिक उम्मेदवार बने । दुवै सांसद बन्न सकेनन् । प्रत्यक्षमा बाँगीसँग सीमा जोडिएको अर्घाका माओवादी नेता टोपबहादुर रायमाझीले बाजी मारे । सरकारका उपप्रधानमन्त्री समेत बने । मुलुक नया“ संरचनामा गएपछि स्थानीय तहको निर्वाचनमा मालारानी गाउँपालिकाको उपाध्यक्षमा नरेन्द्रकै श्रीमती प्रमिला क्षत्री एमालेबाट उम्मेदवार बनिन् । कांग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै उपाध्यक्षमा विजयी भइन् । बांगीको सीमाना जोडिएको खनका बालकृष्ण आचार्य पालिका अध्यक्षमा जिते ।
संघ र प्रदेशसभाको चुनावमा एमाले–माओवादी केन्द्रको चुनावी तालमेल भयो । संघमा कांग्रेस उम्मेदवार डा. रामबहादुर बिसीलाई हराउँदै पुनः रायमाझी विजयी भए । प्रदेशसभामा पनि कांग्रेसका विष्णु मुस्कानलाई हराउँदै एमालेका चेतनारायण अचार्य विजयी भए । मुस्कान खन र आचार्य अर्घाका हुन् । कांग्रेसबाट प्रदेश सांसदको पुनः उम्मेदवार बनेकी निर्मला क्षत्री सांसद बनिन् । उनी अहिले कांग्रेस सचेतक छिन् ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज रहेका चन्द्रबहादुर खड्का (उज्ज्वल) राष्ट्रियसभा सदस्यमा चुनिए । तीन तहको सरकार स्थानीयमा प्रमिला, प्रदेशमा निर्मला र केन्द्रमा खडका भएपछि बांगीको छुट्टै रौनक आयो । बाँगीबासी उत्साहित भए । नीति निर्माण तहमा बांगीमा जन्मिएका नेता पुगेपछि बांगी अग्रस्थानमा रहयो ।
नेकपाको अध्यक्षमा भुसाल थप शक्तिशाली
२५ वर्षको उमेरमै २०५४ सालमा बाँगी गाविस अध्यक्ष बन्न सफल गुराँसेका पिताम्बर भुसाललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला र प्रदेशले एकल सिफारिस गरेको छ । पार्टी केन्द्रले अनुमोदन गर्न बाँकी छ । संघ र प्रदेशको चुनावपछि सरकार गठनपछि एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका जिल्ला नेतृत्व तहमा बाँगीका धेरै नेता छन । तत्कालिन एमाले जिल्ला सचिव रामबहादुर चौहान, सचिवालय सदस्य तिलक मिश्र छन् । नया“ शक्ति पाटीका नेता छन्दबहादुर पंथी, खिमबहादुर विश्वकर्मा बांगीकै हुन । पंथी प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । भडारका गोविन्द केसी तत्कालिन माओवादीको जिल्ला संयोजक भैसकेका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष मानबहादुर पाण्डे, अखिल छैठौका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर पनि बाँगीकै हुन् । सञ्चार क्षेत्रमा पनि बाँगीका युवा हस्तीको जमात बढ्दो छ ।