ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

पालिकाको पहलले रोकीएला त बालविवाह ?

२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

रोल्पा, २८ असार
जिल्लाको मुल सामाजिक समस्याको रूपमा देखिएको बालविवाह न्यूनीकरण गर्न रोल्पाका स्थानीय तहहरूले साझा अभियान संचालन गर्ने भएका छन । बालविवाह न्यूनीकरणको विषयमा जिल्ला सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा रोल्पाका स्थानीय तहहरूले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।

जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका दश वटै स्थानीय तहले वालविवाह न्यूनीकरणका लागी सहकार्य गरेर अघि वढ्ने वताएका हुन । बालविवाह जिल्लाका सवै स्थानीय तहको समस्याको मुल विषय भएकाले यसको समाधान पनि मिलेर गर्नु पर्ने रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीको भनाइ छ । बालविवाहले संवन्ध विच्छेदको समस्या समेत थप्दै गएको वताउँदै बालविवाहले धेरै समस्या निम्त्याएको नगर प्रमुख घर्तीको भनाई छ ।

अलि कठोर नहुँदा सम्म बालविवाहको समस्या हल नहुने लुंग्री गाउँपालिका अध्यक्ष भरत थापाको भनाइ छ । प्रहरीमा उजुरी गर्दा लिखित गर्नु पर्ने झंझटिलो प्रकृयाको साटो सामान्य सूचनाका आधारमा पनि अनुसन्धान प्रकृया थाल्नु पर्ने कार्यविधि वनाउनु पर्ने उनको सुझाव छ । घटना घटेको देख्नेहरूले पनि दुस्मनी भईन्छ भनेर लिखित उजुरी दिन चाहादैनन जसका कारण घटना गुपचुप हुने संभावना वढिरहेको छ अध्यक्ष थापाले भने ।

जिल्लामा बालविवाहको वास्तविक तथ्यांकमा पनि एकरूपता देखिदैन रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता केसीको भनिन । तथ्यांकमा आधारित रहेर काम गर्दा मात्रे परिणामा पुग्न सकिने भएकाले तथ्यांकलाई अध्यावधिक गरिरहनु पर्ने उपाध्यक्ष केसीको सुझाव छ । वडा कार्यालय मार्फत स्थानीय तहहरूले हरेक वर्ष बालविवाहवारे तथ्यांक अध्यावधिक गर्नुपर्ने उपाध्यक्ष केसीको भनाई छ ।
पैसाको खोलो वगाएर बालविवाह न्यूनिकरण नहुने भएकाले पैसा खर्च नहुने काम गरेर पनि यो अभियान अघि बढाउन सकिने जिल्ला समन्वय अधिकारी अयोध्याप्रसाद भण्डारीको भनाइ छ । बालविवाह न्यूनीकरणका लागि शिक्षा, सचेतना जस्ता विषय महŒवपूर्ण विषय हुन भण्डारीले भने ।

बाल विवाहको सर्वाङ्गिण असर देखिने गर्दछन । शिक्षा र स्वास्थ्यका साथै अन्य क्षेत्रमा समेत यसका असरहरू देखिने गर्दछन । वालविवाहकै कारण जिल्लामा विद्यालय उमेरका १० प्रतिशत वालवालिकाहरू विद्यालय बाहिरै रहेको सर्वेक्षणले देखाएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या विकास कोषले जिल्लामा गरेको सर्वेक्षणले यस्तो तथ्यांक देखाएको हो । पढ्दा पढ्दै विवाह गर्ने विद्यार्थीहरू विवाह पछि कमैले मात्रै पढाईलाई निरन्तरता दिने गरेको पाइन्छ । जसका कारण जिल्लामा विद्यालय छोड्ने तथा कक्षा दोहो¥याउने संख्या समेत घट्न सकेको छैन । जिल्लाका विद्यालयहरूमा उमेर वढ्दै जादा विद्यार्थी भने घट्दै गईरहेका छन ।

बालविवाहको यस्तो विकराल अवस्थाले जिल्लाको समग्र विकासमा प्रभाव पारिरहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारीको ग्राफ कमजोर हुनुको विभिन्न कारण मध्ये बालविवाह एक महत्वपूर्ण कारण भएको वताईन्छ । सामाजिक सांस्कृतिक मूल्य मान्यता तथा मौसमी वसाई सराई, गोठ बस्ने पराम्परा, मेला जात्राले वालविवाहलाई प्रसय दिईरहेको वताईन्छ ।

यस्ता समस्या भोग्दै आएको रोल्पामा विगत लामो समयदेखि वालविवाह न्यूनिकरण गर्न प्रयास भएपनि यसले सार्थकता पाउन सकेको छैन । बालविवाह न्यूनिकरणका लागि यहाँका स्थानीय तहहरूले विभिन्न सिर्जनशील अभ्यास समेत गर्दै आएको बताईन्छ । जिल्लाको सुनछहरी गाउँपालिकाले बालविवाह रोक्नका लागि विवाह गर्दा वडा कार्यालयवाट सिफारिस लैजानुपर्ने व्यवस्था गरेको छ । बालविवाह रोक्नका लागी यस्तो प्रकृया प्रभावकारी हुदै गएको गाउँपालिका अध्यक्ष धनवहादुर पुनमगरको भनाई छ ।

रोल्पाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले वालविवाह न्यूनिकरण संवन्धि पाँच वर्षे रणनैतिक योजना तर्जुमा गरेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनवाट निर्वाचित नगरप्रमुख पूर्ण केसीको पहलमा ५ वर्षे रणनैतिक योजना तय गरिएको थियो ।
२०८० साल भित्र नगरपालिकालाई वालविवाहमुक्त बनाउने भनिएपनि रणनीति अनुसारको काम नभई सो योजना पुन पुनरावलोकन भएको छ । अव ५ वर्ष भित्र उसले प्रभावकारी काम गर्ने गरि रणनीति योजना निर्माण गरेको दावि गरेको छ । जनप्रतिनिधि, राजनैतिक दलका अगुवा, पत्रकार, बाल क्लवका प्रतिनिधि, सहयोगी निकायका प्रतिनिधिको छलफल र सुझावका आधारमा उक्त रणनैतिक योजना तय गरिएको हो । यसै गरि जिल्लाका अन्य स्थानीय तहहरूले समेत बालविवाह न्यूनिकरणका लागी आवधिक योजना वनाएर कार्यान्वयन गरिरहेका छन । स्थानीय तहको नीति तथा कार्यक्रममा बालविवाह न्यूनिकरणलाई प्राथमिकता दिइएको छ ।

बालविवाह न्यूनिकरणका लागि विद्यालय र समुदायहरूमा बालक्लवहरू कृयाशील रहेका छन । उनीहरूले बालविवाह रोकथामका लागी जनचेतना मुलक कार्यक्रमका साथै प्रहरीलाई सहयोग गरिहेका हुन्छन । किशोरीहरूको समूहले पनि यस काममा सहयोग गरिरहेका छन । जिल्लामा संयुक्त राष्ट्रसंघीय जनसंख्या विकास कोष, नेपाल रेडक्रस सोसाईटी, आईपास, माहुरी होम लगायतका दातृ निकाय, सरकारी तथा गैर सरकारी निकायहरूले बालविवाह न्यूनिकरणमा सहयोग गरिहेको जिल्ला समन्वय समिति रोल्पाको भनाई छ ।

रोल्पालाई सन २०३० भित्र वालविवाह मुक्त जिल्ला वनाउने गरि काम थालनी गर्दैछौ जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले भनिन । जिल्ला समन्वय समिति रोल्पाको समन्वयमा बालविवाह न्यूनिकरणको पहल थालनी गरेका छौ प्रमुख आचार्यले भनिन । यसका लगाी ५ वर्षे रणनैतिक योजना वनाउने गरि प्रारम्भिक मस्यौदा तयारी भएको छ आचार्यले भनिन । साउन महिना भित्र रणनैतिक योजना निर्माणको काम सकेर भदौ देखी कार्यान्वयन गर्ने तयारी भईरहेको जिल्ला समन्वय समिति रोल्पाको भनाई छ ।

बालविवाह र हानिकारक परम्परागत अभ्यास विरुद्ध शिक्षा, सचेतना लगायतका प्रवद्र्धनात्मक उपायद्धारा वाविवाहको जोखिममा रहेका रहेका सवै समुदायका किशोरकिशोरीहरूको सशक्तीकरण गर्ने रणनैतिक योजनाको उद्धेश्य रहेको छ । सो योजनामा बालविवाह हुनै नदिन समुदायमा आधारित समुदाय निगरानी प्रणालीलाई सुदृढ वनाउने उद्धेश्य राखिएको छ । यसका साथै समुदायमा बाल बिवाह निषेध गर्ने वर्तमान कानूनको परिपालनामा जोड दिई कानूनी कारवाहीलाई प्रभावकारी बनाउने उद्धेश्य तय भएको छ । बालविवाहवाट प्रभावित एवम् बालविवाहको जोखिममा रहेका बालबालिका विशेषतः बालिकाहरूको संरक्षण गर्दै उनीहरूको लागि सेवा, सुविधा तथा अवसरमा सरल तथा सहज पहुँचको सुनिश्चितता गर्ने उद्धेश्य राखिएको छ । बालविवाहलाई अन्त्य गर्ने अभियानलाई व्यापकता दिन सवै स्थानीय तह तथा अन्य सरोकारवालाहरूसंगको समन्वय, सहकार्य र साझेदारीता अभिवृद्धी गर्ने जिल्ला समन्वय समिति रोल्पाले तयार गर्ने रणनैतिक योजनाको उद्देश्य रहेको छ ।
२०७८ सालको जनगणनाको तथ्यांक अनुसार रोल्पामा ४२.२ प्रतिशत बालवालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेका छन । जस मध्ये सवभन्दा धेरै गंगादेव गाउँपालिकामा सवभन्दा धेरै ५२.४ प्रतिशत वालविवाह हुने देखिएको छ । जिल्लामा सवभन्दा कम वालविवाह हुने स्थानीय तहमा त्रिवेणी गाउँपालिका देखिएको छ । त्रिवेणी गाउँपालिकामा ३९.९ प्रतिशतले उमेर नपुग्दै विवाह गरेको देखिएको छ । यसैगरि जिल्लाका परिवर्तन गाउँपालिका ४२.९ प्रतिशत, लुंग्री गाउँपालिका ४४ प्रतिशत, माडी गाउँपालिका ४४ प्रतिशत, रोल्पा नगरपालिका ४२.३ प्रतिशत, रुन्टीगढी गाउँपालिका ४१.३ प्रतिशत, सुनछहरी गाउँपालिका ४१.५ प्रतिशत, थवाङ गाउँपालिका ४०.७ प्रतिशत र सुनिलस्मृती गाउँपालिकामा ४६.६ प्रतिशत बालवालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?