© २०२३
बुटवल, २७ असार । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ र १९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्र सञ्चालन गरियो । संघीय आयोजनाबाट पहिलो बर्ष १२ लाख दोस्रो बर्ष ५ लाख अनुदान प्राप्त गरेको उक्त मिलिजुली कृषक समूहको मोतिगञ्ज मकै पकेट सञ्चालक समितिले एक बर्षमा नै राम्रो आम्दानी गर्न सफल भएको छ ।
धान काटेपछि बाँझो रहेको जग्गामा रामपुर १० जातको हाईब्रेड मकै लगाएका किसानहरूले एकै बर्षमा राम्रो आम्दानी गरेपछि त्यसलाई निरन्तता दिने गरी योजना बनाएका छन् । मोतिगञ्ज मकै पकेट, सञ्चालक समन्वय समितिका संयोजक मुरारी खनालका अनुसार दुई बर्षसम्म परियोजनाले सहयोग गरेपनि अब नगरपालिकाको प्राविधिक सहयोगमा निरन्तरता दिने योजना बनाएका छन् ।
बुटवलदेखि नजिकै रहेको यो स्थानमा बजारीकरणको लागि समेत थप समस्या नभएको कारण किसानले बोटबाट नै मकै विक्रि गर्न सफल भएको समन्वय समितिका संयोजक खनालको भनाई रहेको छ । नरपालिकाको कृषि शाखाबाट निरन्तरत प्राविधिक सहितको संमन्वयत्मक सहयोग निरन्तरत भएको थियो । ३० हेक्टर क्षेत्रफलमा मकै खेती गरेर पकेट बनाउनुपर्ने परियोजनाको सर्त भएपनि त्यो भन्दा बढि ९० विघा क्षेत्रफलमा किसानले मकै लगाएका थिए । अब धान पाकेपछि पुनः मकै लगाउने योजना समेत बनाएका छन् ।
मोतिगञ्ज क्षेत्रका १४ र १९ वडामा ३३ जना कृषक परिवार आवद्ध भएर मकै खेती गरेका थिए । बुटवल उपमहानरपालिका कृषि शाखा प्रमुख कृषि विकास अधिकृत सन्तोष जिसीका अनुसार यो पकै पकेट नमुना पकेट क्षेत्रको रूपम पहिचान स्थापना गर्न सफल भएको छ । यो बर्षदेखि परियोजनाले आर्थिक सहयोग ससर्त अनुदान नदिएपनि बुटवल उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने योजना समेत बनाएको छ । उनी भन्छन–‘यो बर्ष पनि हामी यो कार्यक्रमलाई निरन्तरता दिने गरी बजेटमा समेटिएको छ ।
पकेटमा लगानी ९ लाख ७२ हजार ४ सय रूपैयाँ लगानी गरेर मकै लगाइएको थियो । जसबाट ४ लाख ५७ हजार १ सय ७४ मकैको घोगा उत्पादन भएका थिए । बुटवल उपमहानगरपालिकाले निर्माण गरेको मकै पकेट प्रोफाइलका अनुसार किसानले २६ लाख ६२ हजार ५ सय लाख मकै घोंगा विक्रि गरेका थिए । यस्तै २१ हजार ६४ किलो मकै विक्री बाट ८ लाख ८३ हजार ८ सय आम्दानी गर्न सफल भएका छन् । एक बर्षमा किसानले ३६ लाख ६३ हजार ३ सय १२ को कारोबार गर्न सफल भएकोमा २६ लाख ९० हजार १२ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् ।
किसानले एक घोगा मकै उत्पादनको लागि ४ः४० पैसा लगात लगेकोमा विक्री गर्दा हरियो मकै १० रूपैयाँ प्रतिगोटा होलसेलमा विक्रि गरिरहेका छन् । बजारमा सिन्डीकेटको कारण किसानले एकैमुष्ट होलसेलमा व्यवसायीलाई दिनुपर्ने अवस्था आएको कारण अझै कम मूल्य प्राप्त भएको भएपनि यसबाट किसान भने सन्तुष्ट रहेका छन ।
समन्वय समितिका संयोजक खनालका अनुसार अझ बढि यान्त्रीकरणको प्रयोग गर्न सकिएमा र थप सिंचाईंको व्यवस्थापन हुन सकेमा बुटवल क्षेत्रमा सिजनको बेला चाहिने मकै उत्पादन गर्न मोतिगञ्ज सफल हुने बताए । बजारमा एउटा दुई वटा व्यवसायीहरूले मात्रै होलसेल मकै उठाउने गरेको कारण किसानले खेतबारीबाट फुटकरमा मकै बेच्न पाउने हो भने अझ बढि नाफा हुने उनको तर्क छ । बजारमा प्रतिघोंगा २० रूपैयाँ पर्ने मकै किसानले बारीमा १० रूपैयाँमा विक्रि गर्नुपर्ने अवस्था रहेको उनको तर्क रहेको छ ।
सिंचाईंको लागि ६ ईन्चको पानी फाल्ने गरी डिप बोरिङ्गको माग गरिएको भन्दै आगामी दिनमा त्यसको व्यवस्थापन भएमा खडेरीमा मकैमा सिंचाई गरी अझ बढि उत्पादन गर्न सकिने तर्क समन्वय समितिका संयोजक खनालको तर्क छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष चन्द्र सिंह थापाले कुलो सुधार लगायतका कामको लागि बजेट नगरपालिकाबाट माग गरिएको जानकारी दिँदै आगामी दिनमा अझ बढि विस्तार गरिने जानकारी दिए । जसले किसानले मकै लगायतका अन्य कृषि जन्य बस्तु उत्पादनमा सहज हुने अपेक्षा लिइएको समेत बताउँछन् । पछिल्लो समयममा भुमिको बर्गीकरण गर्दा खेती योग्य जमिन लाई आवासमा समेत राखिएको कारण भुमिकर पहिलाको भन्दा कयौं गुणा बढेको भन्दै उनले यसलाई कम गर्नको लागि पटक पटक पालिकामा दबाब समेत दिइएको जानकारी दिए ।
किसानको व्यवसायीक कृषिजन्य बस्तु उत्पादनको लागि बुटवल उपमहानगरपालिका वडा नम्बर १४ ले ५० लाख रूपैयाँ कुलो सिंचाई कार्यक्रमको लागि हालेको छ । आगामी आर्थिक बर्षमा कार्यान्वयन हुने गरी ५० लाख बजेट सिंचाईंमा मात्रै हालेको वडा १४ नमुना वडा भएको अध्यक्ष दधीराम न्यौपानेले जानकारी दिए । उनले भने–‘किसान बाँचे हामी बाँच्छौ, सिंचाईंको लागि आगमाी बजेटमा ५० लाख बजेट हालेको छु, किसानको राहत हुने अपेक्षा छ ।’
कुलो बिस्तार गरेर योजना अनुसार काम गरिएको उनको भनाइ रहेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ देखि १९ क्षेत्र कृषियोग्य भूमि भएको क्षेत्र भएको कारण बुटवल देखि नजिकै यसलाई कृषि पकेट वडाको रूपमा विका गर्नुपर्ने वडा अध्यक्ष न्यौपानेको भनाई रहेको छ ।
रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डी पानबारीमा पनि मकै पकेट क्षेत्र चलिरहेको छ । यो बर्ष अन्तीम बर्ष भएको कारण अर्को बर्षदेखि पालिका आफैले नै मकै पकेट क्षेत्रलाई निरन्तरता दिने नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले जानकारी दिए । उनले किसानको पक्षमा नगरपालिकाले काम गरेको भन्दै बजारीकरण लगायतका कुरामा सहयोग गर्दै आएको बताए । किसानको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोगमा स्थापना भएका पकेट, ब्लग लाई पालिकाले पनि निरन्तरता दिनको लागि जहिले पनि तयार रहेको उनको भनाइ रहेको छ ।
सैनामैना नगरपालिका कृषि विकास शाखा प्रमुख सृजना खनाल सुवेदीले पालिकाले पकेट कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिईन् । उनले यन्त्रीकरण विस्तार सहितको मकै कार्यक्रमबाट किसान लाभावित भएको समेत बर्ताइन् । बजारको कुनै पनि अभाव नभएको भन्दै उनले दानाको रूपमा उत्पादन हुने मकै पालिकामा नै ३ वटा दाना उद्योग रहेको कारण कुनै समस्या नभएको उनको भनाई रहेको छ ।
मकै खेती अझ विस्तार गरी दाना उद्योगलाई मात्रै विक्री गर्न सकेमा पनि खेरा गैरहेको समयमा किसानले राम्रो आम्दानी प्राप्त गर्न सक्ने उनको तर्क रहेको छ । उनले मकै को लागि वडा नम्बर १० र ११ लाई जोडेर मकै ब्लग बनाउने योजना समेत रहेको जानकारी दिईन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई भैरहवा रूपन्देहीका प्रमुख नारायण काफ्लेले पालिकाको सहकार्यमा विभिन्न तरकारी, खाद्यान्नमा मकै लगायतका विभिन्न पकेट क्षेत्र सञ्चालन भएको जानकारी दिए । एउटा कार्यक्रमको लागि बढिमा २ पटक सहयोग परियोजनाले गर्ने र तेस्रो बर्ष पछि पालिकाले त्यसलाई निरन्तरता दिनुपर्ने गरी कार्यक्रम तय गरिएको जानकारी दिदै उनले उत्पादन पछि व्यवसायीकीकरणमा जानेगरी पालिकाले योजना बनाउनुपर्ने र त्यसमा परियोजनाले सहयोग गर्दै जाने जानकारी दिए ।
उनले पालिकाबाट पकेट क्षेत्र, ब्लग, प्रदेश सरकार संगको सहकार्यमा जोन र संघीय सरकारको संमन्वयमा सुपरजोन लगायतका ४ वटा संभावहका परियोजनाले काम गरिरहेको उनको भनाईरहेको छ । जस अनुसार पालिकामरुमा च्याउ पकेट, कृषि पकेट, मकै पकेट, धान पकेट, गहु पकेट लगायतका विभिन्न पकेट चलिरहेको उनको भनाई रहेको छ ।
नेपालमा धान पछि सबैभन्दा बढि खेती गरिने खाद्यान्न बालीको रूपमा लिईन्छ मकै । मकै खेतीको व्यवसायीकता नपाउँदा अहिले पनि दाना उद्योगको लागि आवश्यक पर्ने मकै ९० प्रतिशत भन्दा बढि अन्य देशबाट आयात हुने गरेको पाइएको छ ।
बाहिरबाट आयत हुने मकैलाई आयात विस्तापित गर्नको लागि यी यस्तै प्रकृतिका मकै पकेट, ब्लग, जोन र सुपरजोन निर्माण गर्न आवश्यक समेत रहेको छ ।