ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

वैदेशिक रोजगारीमा ठगिका घटना बढि

२३ असार २०८१, आईतवार
२३ असार २०८१, आईतवार

कपिलवस्तु, २३ असार
कपिलवस्तु जिल्लाबाट वैदेशिक रोजगारीमा जाने तथा ठगीका घटना बढि हुने गरेको देखिएको छ । चालु आर्थिक बर्षमा मात्रै सुरक्षित आप्रवाशन (सामी) कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा रहेको आप्रवाशन स्रोत केन्द्र (सहायता कक्ष) मा ठगीका १ सय वटा घटनाको उजुरी भएका छन ।

कपिलवस्तुको तौलिहवामा सामी कार्यक्रम तथा चालु आवको समीक्षा कार्यक्रममा कार्यक्रमका संयोजक सुभास रेग्मीले सो जानकारी दिए ।
चालु आर्थिक बर्षमा स्रोत केन्द्रमा २ सय २७ घटनाको उजुरी आएको थियो । जसमा ठगीका १ सय, वैदेशिक रोजगारीमा मृत्युका ३३ वटा, जेल परेका ६ वटा, स्वास्थ्य समस्या भई उद्दार खोजेका १२ वटा, हराएका ४ वटा, अलपत्र ५ वटा र अन्य समस्याका ६७ उजुरी आएका छन । जसमा १ सय ६५ समस्या समाधान भएका छन भने ६२ वटा उजुरी समाधानको प्रक्रियामा छन । केन्द्रले जिल्ला प्रशासन कार्यालय र प्रहरीको सहकार्यमा १ सय ठगीका घटनामा ७१ वटा घटना समाधान गरेको छ भने २९ घटना समाधानको प्रक्रियामा छन् ।

जसका कारण पीडितले यो आर्थिक बर्षमा ३ करोड ७९ लाख ५५ हजार ५ सय २५ रूपैया आर्थिक सहायता र क्षतिपूर्ति प्राप्त गरेका छन । सामी कार्यक्रमको तेस्रो चरण सकिदा सम्म कानुनी सहजीकरणका लागी ४ सय ९० जनाको उजुरी परेकोमा ३ सय ६३ जनाको घटना समाधान भई ११ करोड ५५ लाख ७० हजार ४ सय ७१ रूपैयाँ क्षतिपुर्ति भराउन र आर्थिक सहयोग प्राप्त गराउन सफल भएको संयोजक रेग्मीले बताए ।
बिगत पाँच बर्ष यता कपिलवस्तु जिल्लाको ४ पालिकामा सामी कार्यक्रम रहेकोमा चालु आवमा बुद्धभूमि नगरपालिकामा सामी कार्यक्रम सञ्चालनमा आएको छ । यसअघि जिल्लाको कपिलवस्तु नगरपालिका, बाणगंगा नगरपालिका, शिवराज नगरपालिका र मायादेवी गाउँपालिकामा सामी कार्यक्रम सञ्चालनमा थियो ।

सामी कार्यक्रम सञ्चालनका लागी तिनै तहका सरकार बीच समन्वयमा कार्यक्रम अगाडि बढ्नुपर्नेमा सरोकारवालाले जोड् दिए । तीन वटा चरणको समीक्षा र आगामी आवको कार्यक्रमको बिषय छलफल सँगै अब संघिय सरकार बाट पूर्ण सहयोग आउन नसक्ने हुदाँ कार्यक्रमको निरन्तरताका लागि स्थानीय तहको समेत सहलगानी बढाउनु पर्ने कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताए । समीक्षा कार्यक्रममा कार्यक्रमबाट बिभिन्न पालिकामा खटिएका लक्ष्मि चौरसिया, अनन्ता न्यौपाने, चन्द्रा पोख्रेल र गोमा भण्डारीले कार्यक्रमको सफलताका कथाहरू प्रस्तुत गरे ।

स्थानीय तहले कार्यक्रमको अपनत्व लिनु प्रशंसायोग्य रहेको सामी हेल्भेटासका प्रदेश कार्यक्रम व्यवस्थापक पन्चराम चौधरीले बताए । उनले बुद्धभूमि नगरपालिकाले चालु आवमा आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गरेकोमा आगामी आर्थिक बर्षमा संघ र प्रदेशले सहयोग गर्ने जानकारी दिए ।

त्यसैगरि संघको सहयोगमा यशोधरा गाउँपालिकामा पनि कार्यक्रम संचालनमा उनले जनाउ दिए । अन्य कार्यक्रम भएका जिल्लामा ठगीका घटना ३५ प्रतिशत बढि समाधान भएको देखिए पनि कपिलवस्तुमा व्यक्तिगत ठगीका घटना प्रशासन र प्रहरी सँग सहकार्य गरि ७१ प्रतिशत समाधान हुनु प्रशंसनिय रहेको उनले बताए । सुरक्षित आप्रवासन कार्यक्रमको दिगोपनाका लागि सो कार्यक्रमलाई नीति तथा कार्यक्रममै समेटेर जान उनले जिल्लाका पालिकाहरूलाई सुझाव दिए ।

सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी देखिएकाले कार्यक्रमको निरन्तरताका लागि आफूहरू प्रतिबद्ध रहेको शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए । आफ्नो नगरमा मात्रै ८ हजार बढि बैदेशिक रोजगारीमा रहेको र पौने २ अर्ब रेमिट्यान्स भित्रिएको बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्यालले जानकारी दिए । कार्यक्रमका कारण वैदेशिक रोजगारीबारे सूचना र उजुरी गर्न नागरिकहरू नगरमा सूचना लिन आउन थालेको उनले बताए । भरसक बिदेश जानै नपर्ने बातावरण बनाउन वा स्वरोजगार तालिम दिएर बिदेश जाने अवस्था सिर्जना गर्न आवश्यक रहेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?