ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

ठेक्का लिएको ५ बर्षमा ठेकेदारले सिन्को भाँचेन

कालाकाटे–गढवा सडक अलपत्र
२१ असार २०८१, शुक्रबार
२१ असार २०८१, शुक्रबार

लमही, २१ असार । ६५ करोडको लागतमा २०७६ कार्तिक २९ मा बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले बनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम नभएपछि २०७९ मंसिर अन्त्यतिर म्याद थपेर २०८० साउन १० सम्म कायम गराउँदा पनि नभएको सडकको काम फेरि मंसिर २२ गतेदेखि शुरु गरेझै गरे पनि कामै भएन । अहिले धैरेनीदेखि गढवासम्म काम भएकै छैन भने धैरेनीदेखि पूर्वको क्षेत्रमा पनि बीच बीचमा काम बाँकी रहेको स्थानीयले बताएका छन् ।
हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका आयोजना प्रमुख लिला भण्डारीले निर्माण व्यवसायीले पटक–पटक काम गर्नेभन्दै काम नगरी सरकारको आँखामा छारो हाल्ने काम गरेको बताए । बज्रगुरू कान्छाराम जेभीका लक्ष्मण राना सम्पर्कमै नआउने, काम पनि नगर्ने अवस्थाले आजित भएको बताउँदै उनले अब कार्यालय ठेक्का तोड्ने अवस्थामा पुगिसकेको बताए । ‘घोराहीकै लक्ष्मण राना सम्पर्कमै आउँदैनन् । साइटमा अहिले जिम्मेवार मान्छे कोही छैनन्’– उनले भने ‘जिल्ला प्रशासन कार्यालयको सार्वजनिक सुनुवाईमा काम तत्काल शुरु गर्ने र बाँकी भुक्तानी कार्यालयले दिने सहमति भएको थियो । भुक्तानी दिइयो तर काम भएन ।’ उनले यसरी कामै नगर्ने निर्माण कम्पनीलाई ठेक्का दिएर पार लाग्ने नदेखेपछि ठेक्का नै तोड्ने मनस्थितिमा पुगेको बताए ।

‘मोभिलाईजेशन पेश्की तान्न बैंकमा पत्र काटिसकेका छौं’– उनले भने– ‘ठेक्का तोड्ने प्रक्रिया शुरु भइसक्यो ।’ कार्यालयका अनुसार २०८१ जेठ २८ गते नविल बैंक दरबारमार्गलाई पत्र काटेर पाँच करोड ९० लाख र एक करोड ९५ लाख रूपैयाँ पेश्की फिर्ता गर्न भनिएको छ । आयोजना प्रमुख भण्डारीले निर्माण व्यवसायीले काम गर्छु भनेर विटमिन झारे पनि त्यसको निरीक्षण गर्दा अन्य इक्युपमेन्ट देखा नपरेकोले ठेक्कै तोड्ने तयारी गरिएको बताए ।

यता कामै नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडेर नयाँ ठेक्का प्रकृया शुरु गर्नुपर्ने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताउछन । कामै नगरेर सडक अलपत्र पारेपछि पटक–पटक दबाब दिँदा समेत काम नगर्ने निर्माण कम्पनीको संरक्षण गर्न जरुरी नरहको बताए । उनले ठेक्का तोडेर नयाँ प्रक्रियामै जानुपर्ने पक्षमा आफू रहेको बताए । ‘काम गरे जस्तो गर्ने तर कामै नगर्ने पाराले जनताले धेरै दुःख पाइसके अब त्यसरी हुँदैन’– पोख्रेलले भने– ‘काम नगर्ने कम्पनीसँग ठेक्का तोडियोेस् भन्ने पक्षमै हामी छौं ।’ सो सडकलाई बैकल्पिक राजमार्गको रूपमा लिने गरिन्छ । कालाकटे देखि बाकेको सिक्टासम्म पुराउने उदेश्यका साथ निर्माण हुन लागेको सडक बर्षौसम्म पनि निर्माण हुन नसक्दा स्थानीय सास्ती भोक्दै आएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?