ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

छत्रेश्वरी गाउँपालिकाको प्रयासः मुहान संरक्षणमा बायो इन्जिनियरिङ्ग प्रविधि

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

सल्यान, १५ असार । सल्यानमा बायो इन्जिनियरिङ्ग प्रविधि मार्फत पहिरो तथा भूक्षय नियन्त्रणको प्रयास थालिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि इन्जिनियरिङ्ग प्रविधिको सुरुवात भएको हो । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) अन्तर्गत गाउँपालिकाले स्थानीयहरूलाई यस प्रविधिको बारेमा सीप प्रदान गरेको हो । नेपालको परिवेशमा उपयुक्त र कम लागत पर्ने बायो इन्जिनियरिङ्ग प्रविधि, यसको आवश्यकता र औचित्यबारे ७ वटै वडाका २८ जना स्थानीय र वास युनिटका कर्मचारीहरूलाई तालिम प्रदान गरिएको थियो ।

बुधबारदेखि शुक्रबार सम्म सञ्चालन भएको तालिम अन्तर्गत सहभागीहरूले दुई दिनसम्म प्रयोगात्मक रूपमा बायो इन्जिनियरिङ्ग सीप सिकेका थिए । छत्रेश्वरी–५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा भूक्षय र पहिरोको जोखिम व्यवस्थापनका लागि बायो इन्जिनियरिङ्ग गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । यस प्रविधि मार्फत पानीको मुहान संरक्षण, विपद्को जोखिम व्यवस्थापन र जैविक विविधता संरक्षण गर्न सकिने भएकाले वास युनिटका कर्मचारी सहित स्थानीय नागरिकहरूलाई जानकारी सहित सीप प्रदान गरिएको उनको भनाई छ ।

बायो इन्जिनियरिङ्ग मार्फत ढुंगा, माटो खसिरहेका क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनका कार्य गरिन्छ । विद्यालय क्षेत्रको जोखिम क्षेत्रमा भूक्षय नियन्त्रणका लागि स्थानीयस्तरमा पाइने बाँस लगायतका सामग्री प्रयोग गरेर पाली सेट निर्माण गरेर बायो इन्जिनियरिङ गरिएको तालिममा सहभागीहरूको भनाइ छ । तालिममा सहभागी छत्रेश्वरी २ निवासी सावित्रा वली र वडा नं. ५ निवासी चन्द्र बहादुर खत्रीले प्रयोगात्मक रूपमा तालिम सिकेको र थोरै लागतमा नयाँ प्रविधिबाट पहिरो तथा भूक्षय रोकथामको काम गरिएको बताए ।
बायो इन्जिनियरिङ्ग अन्तर्गत कास, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, संजीवन जस्ता बिरुवा रोप्ने गरेमा यसले एकतर्फ पहिरो खस्नबाट जोगाउँछ भने अर्कोतर्फ पानीको मुहान सुक्नबाट समेत जोगाउने प्राविधिकहरू बताउँछन् । बायो इन्जिनियरिङ्गले हरियाली बढाउन तथा हिउँदमा हावाले माटो उडाउने समस्या पनि यसले रोक्ने भएको हुँदा जिल्लाको परिवेशमा यो प्रविधि उपयुक्त हुने छत्रेश्वरी गाउँपालिकाका वास फोकलपर्सन मिलन वलीले जनाए ।

यसैबीच शुक्रबार प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन, मुहान तथा जैविक विविधता संरक्षण र वायो इन्जिनियरिङ्ग सम्बन्धी ३ दिने तालिमको समापन गरिएको छ । छत्रेश्वरी ५ मा तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको गाउँपालिकाको वास इकाईमा कार्यरत सामाजिक परिचालक हरिकला विष्टले जानकारि दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?