ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

बुटवल–लमही प्रसारण लाइन, २६ अर्ब लागतमा १ सय ७० किलोमिटर बन्ने

३ असार २०८१, सोमबार
३ असार २०८१, सोमबार

लमही, ३ असार । नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल–लमही प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले १ सय ७० किलोमिटर लामो ४०० केभी अर्थात ४ हजार मेगावाट क्षमताको विद्युत प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको हो । लुम्बिनी प्रदेश नबलपरासी सुस्ता पश्चिम जिल्लामा रहेको नयाँ बुटवल सबस्टेसन (भूमही) देखि रूपन्देही, कपिलवस्तु जिल्लाको मोतिपुर सबस्टेसन, अर्घाखाँची हुँदै दाङको लमही सबस्टेसन सम्मको लाइन निर्माण प्रक्रिया अघि बढाएको हो ।

प्रसारण लाइन नबलपरासीको सुनवल, रूपन्देहीको देवदह, सैनामैना, बुटवल उपमहानगरपालिका, कपिलवस्तुको बाणगंगा, बुद्धभूमि, शिवराज नगरपालिका, अर्घाखाँचीको शीतगंगा नगरपालिका र दाङको गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिका सम्म प्रस्ताव गरिएको छ । भविष्यमा विद्युत आपूर्ति सहज बनाउने उद्देश्यले नयाँ बुटवल–लमही ४०० केभी विद्युत प्रसारण लाइन तथा सवस्टेशन आयोजना कार्यान्वयन हुने भएको हो ।

२६ अर्ब ४० करोडको प्रस्तावित बजेटमा दुई हजार मेगावाट विद्युत बोक्ने क्षमताको विद्युत प्रसारण लाइन तथा सवस्टेशन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश भित्र नयाँ विद्युत प्रसारण लाइन तथा सवस्टेसन बन्ने र यसबाट उज्यालो नेपाल अभियान कार्यान्वयनलाई थप योगदान पुग्ने नेपाल विद्युत प्राधिकरण चार सय केभी प्रसारण लाइन आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले बताए ।

प्रसारण लाइन नवलपरासी (पश्चिम) जिल्लामा रहेको नयाँ बुटवल सबस्टेशन (भूमही) बाट सुरु भई रूपन्देही, कपिलवस्तुको मोतिपुर सबस्टेशन, अर्घाखाँची हुँदै दाङको लमही सबस्टेशनमा पुगेर टुङ्गिने आयोजनाले जनाएको छ । यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र दाङको गढवा गाउँपालिकाको वडा नम्बर १, राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ र ८ तथा लमही नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८ र ९ भएर प्रसारण हुने छ । तोकिएको आयोजना स्थलमा कुल चार सय ४३ वटा टावरहरू निर्माण गरिने छ । जस मध्ये २१३ डिए, १३५ डिबी, २६ डिसी, ४९ डीडी र १३ क्यु डिडी प्रकारका टावरहरू हुने छन् । सबैभन्दा अग्लो टावर ९० मिटर र सबैभन्दा होचो टावर ६४ मिटरको हुने छ । अधिकांश टावरको उचाई औसतमा ७० मिटरको हुने छ ।

भूमही देखि रिहार सम्मको बिद्युत प्रसारण लाइन बन्दै गर्दा दुई स्थानमा सबस्टेशन निर्माण हुने छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका, ७ मोतीपुरमा नयाँ विद्युत प्रसारण लाइनको सव स्टेशन निर्माण हुने छ । जुन सवस्टेशन ९.९ हेक्टर क्षेत्रफलमा फैलिने छ । यस्तै लमही नगरपालिका–९ रिहारमा पनि नयाँ विद्युत प्रसारण लाइनको सव स्टेशन निर्माण हुनेछ । जुन सवस्टेशन ११ हेक्टर क्षेत्रफलमा फैलिने छ ।
यसले विद्युतको आपूर्ति धान्न नसक्ने अवस्थामा चार सय केभी नयाँ प्रसारण लाइन आयोजना आवश्यक परेको जनाइएको छ । देशमा विद्युतको माग पूरा गर्न नयाँ प्रसारण लाइन आवश्यक परेको विद्युत प्राधिकरणले जनाएको छ । ‘यो आयोजना कार्यान्वयनमा आयो भने लो भोल्टेजको समस्या समाधान हुन्छ, नयाँ उद्योगहरूलाई सहज रूपमा विद्युत पु¥याउन सकिन्छ’– आयोजना प्रमुख झाले भने– ‘यति मात्रै होइन, यो प्रसारण लाइन मार्फत अन्तरदेशीय विद्युत व्यापार समेत गर्न सकिन्छ, भारतमा विद्युतको माग धेरै हुँदा त्यहाँ बिक्री गर्न सकिन्छ ।’ पूर्व–पश्चिम नयाँ प्रसारण लाइन राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

एशियाली विकास बैंकको लगानीमा आयोजना सञ्चालनको तयारी छ । विद्युत प्राधिकरणबाट लाइन निर्माणको लागि सहमति प्राप्त भएको छ । ‘विद्युतको माग पश्चिम क्षेत्रमा बढ्दो छ, १३२ केभी प्रसारण लाइनले १०० मेगावाट विद्युत धान्न सक्दैन’– आयोजना प्रमुख झाले भने– ‘स्थानीय माग बढ्दो छ, त्यसमा पनि ठूला उद्योगहरू बन्ने क्रममा रहेकाले विद्युतको माग बढ्दो छ, मागलाई पूरा गर्न नयाँ प्रसारण लाइन आवश्यक परेको हो ।’ अहिलेसम्म सर्भेको काम सकिएको छ । प्रसारण लाइनको टावर बस्ने स्थानहरूको निर्धारण गर्ने काम भएको छ । माटो परीक्षण, टावर तथा टावरको फाउण्डेशन डिजाइन गर्ने, लाइडर सम्वन्धी ठेक्कापट्टाको कामहरू शुरु भएको छ ।

मानव बस्ती मात्र नभई विद्यालय सम्म प्रभावित भएको उनले बताइन् । मानव बिकाससँंगै सिर्जीत समस्याका विपदको जोखिम बढदै गएको स्थानीय सरकारका प्रमुख प्रेम श्रेष्ठ बताउँछन् । स्थानीय सरकारले यस्ता घटनालाई कम गर्ने हो । यस्ता समस्या अधिकांश बिकास मात्र नभई नियमन नभएर बिनास भएका हुन अव यसलाई कम गर्दै लैजान कुनै बिकल्प नै नभएको प्रमुख श्रेष्ठ बताउँछन् । स्थानीय सरकारको निर्माण भएको वर्षमा सबै भन्न्दा बढि डोजरको बिकास भयो । त्यही डोजरका कारण अधिकांश जमिन पहिरो र बगरमा परिणत भएको छ । हो यस्ता क्षतिलाई कम गर्नका लागि स्थानीय सरकार नै संवेदनशील बन्नु पर्ने डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भटराई बताउँछन् ।
मनसुन जन्य विपदलाई कम गर्न स्थानिय सरकार बाटै पहल गर्नुपर्ने तिनाउ गाउँपालिका दोभानका स्थानिय कपिल देव नेपाली बताउँछन् । पाँच वर्ष अगाडि सिद्धबाबा सडक खण्डको विकल्पमा निर्मीत झुम्सा चरड्डे सडक निर्माण प्रदेश सरकारले थालनी गर्दा चौरी भज्याड्ड गाउँ उच्च पहिरोको जोखिममा रहेको छ । वर्षा याम सुरु भयो पानी पर्दा भगवान भरोसा भन्नु पर्ने अवस्था आएको उनी बताउछन् । यस्ता जोखिमहरू त स्थानिय सरकार भन्दा माथिका सरकार तथा सरोकारवाला निकाय बाटै भएको स्थानीयहरू बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?