ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

बैँकको खाताबाट बचत गायब सेवाग्राहीको बिचल्ली !

३२ जेष्ठ २०८१, शुक्रबार
३२ जेष्ठ २०८१, शुक्रबार

भैरहवा, ३२ जेठ । सम्मरीमाई गाउँपालिका वडा २ घर भएका हरिराम अहिरले २०७६ साल बैशाख २६ गते कृषि उपज सामग्री ब्यापार गरेबापत ४ लाख रूपैयाँ माछापुच्छ्रे बैँकमा जम्मा गरेको भौचर लिएर घर गए । पछि पैसा लिन जाँदा बैँकको खातामै पैसा जम्मा नभएको दुखेसो ब्यक्त गरे । त्यस शाखामा रहेका म्यानेजर रमेश चौहानले पैसा बैँकमा जम्मा नगरी बैँकको भौचरको छाप लगाएर दिएको तर पैसा खातामा नहुँदा आफू पीडित भएको अहिरले बताए । माछापुच्छ्रे बैँक सम्मरीमाई गाउँपालिका शाखा रहित सेवाबाट बैँकका एजेन्टले पैसा हिनामिना गरेपछि सेवाग्राही बिचल्लीमा परेका हुन ।

त्यस्तै अर्का पीडित हरिजन केवटले १ लाख ५३ हजार ३ सय ३६ खातामा जम्मा गरेको तर खातामा जम्मा ४ सय १४ रुपैयामात्र देखिएको दुखेसो गरे । ‘बाकी पैसा खाताबाट गायब छ ।’—उनले भने । शाखा रहित सेवाबाट म्यानेजर रमेश चौहानले पैसा खातामै छ भनेको तर खातामा चेक गर्दा पैसा नहुँदा आफू पीडित भएको उनले बताए । यी दुई जना प्रतिनिधि पात्र मात्रै हुन । ५०/६० जना स्थानीयहरू भैरहवामा रहेको देवकोटा चोकमा रहेको माछापुच्छ्रे बैँकमा पैसा फिर्ता गर्न माग गर्दै बचतकर्ता भौचर सहित बैँक घेराउ गर्न मंगलबार भैरहवा पुगेका थिए । प्रहरी लगाएर उनिहरूलाई बैँकको अण्डरग्राउण्डमा राखेर केही प्रतिनिधी पीडितका साथ बैँकको कार्यालयमा बैठक समेत भएको थियो ।

सम्मरीमाई गाउँपालिका वडा नं ४ मा माछापुच्छ्रे बैँकको शाखा रहित सेवाबाट पीडित भएको पैसा नपाएको गुनासो गर्दै पीडित ५४ जना स्थानीयहरूले बैँकमा हस्ताक्षर, औँठा छाप सहित निवेदन समेत दिएका छन् । सम्मरीमाई गाउँपालिका वडा नं. ४ जिगिनामा रहेको सेवा रहित शाखामा पैसा हिनामिना भएको हुनाले कारबाही गरी रकम फिर्ता गराइदिनका लागि पीडितहरूले भैरहवाको देवकोटा चोकमा रहेको शाखा कार्यालयमा निवेदन दिएका छन । पीडितहरूले ३ हजारदेखि ४० लाखसम्म बैँकमा जम्मा गरेको भौचर भएको दाबी गरेका छन ।
माछापुच्छ्रे बैँकमा जम्मा गरेको भौचर, भौचरमा बैँकको छाप समेत भएको कपि सुरक्षितरूपमा रहेको पीडितहरूले बताए ।
पीडित हरिराम अहिरले ७ लाख २५ हजार, सहबुद्दिन फकिरको १ लाख ७० हजार २ यस ५९, हसिना खतुनको १ लाख १२ हजार, मनीषा धोबीको २२ हजार ३ सय १५, पुनम कुमारीको ५५ हजार, सशतुन्नीमा मुसलमानको ७ लाख, माधु धवल ७८ हजार, श्याम मोहन केवटको १ लाख ७ हजार, प्रल्हाद धोबीको ७३ हजार रकम बैँकमा जम्मा गरेको तर बैँकमा पैसा नभएको भन्दै जम्मा ५४ जना पिडीतले बैँकमा निवेदन दिएका छन। अन्य बिषेश कामले आउन नपाएको स्थानीयले बताए ।

समाजसेवी भोपेन्द्र यादवले माछापुच्छ्रे बैँकमा आफ्नो परिश्रम गरी पैसा जम्मा गरेको तर पैसा निकाल्न जाँदा ७ लाख जम्मा गरेको छ भने १० हजार देखाउने, २ लाख जम्मा भएको छ भने ५ हजार देखाउने गरेकाले जनता पीडित भएको बताए । जनतालाई सेवा दिने भनेर बैँकको शाखाको म्यानेजर फरार भएको पाइएको उनले बताए । सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन खोजेको बताउँदै उनले भने, हामी जनताको समस्या समाधानका लागि लागिरहेका छौँ । त्यसपछि केही भएन भने राज्य मरेको छैन न्याय मरेको छैन । “जनताको दुखःको पैसा हो । खाडीमा गएर पैसा कमाएको हो । कसैले बदमासी गरेर सेवाग्राहीलाई दिँदैन भने पाप लाग्छ । ३ सय जना महिला, पुरुष पीडित भएका छन् । पैसा बैँकको खातामा छैन भनेपछि त्यो पैसा कहाँ उड्यो । त्यहाँ सेवा रहित शाखा बन्द रहेको छ । यो समस्याको समाधान गर्नका लागि म अनुरोध गर्दछु,” यादवले भने ।
माछापुच्छ्रे बैँकका डिजिटल बैँकिङ डिपार्टका चिफ माधव सुबेदीले दुवै पक्षका कुरा सुनेर हामी के के कुरा छ बुझेर के भएको हो भनेर छलफल गरी समाधान गर्ने बताए । “जेनविन केसहरू हामी समाधान गर्छौँ । माछापुच्छ्रे बैँकले कुनैपनि ग्राहकलाई मर्कामा पार्नु हुन्न भनेर हामी लागेका छौँ,” सुबेदीले भने । उहाँहरूलाई हामी कतिपय केशमा बैँकको सिस्टममा पैसा पाइन्छ भनेर समेत आएका बताउँदै सुबेदीले वास्तवीक साँच्चीकै मर्कामा परेको ग्राहकको पहिले जस्तै समस्या समाधान गर्न तयार रहेको बताए । “बँैकको सिस्टम प्रयोग गरेको छैन यो ब्यक्तिगत मामिला हो तर हामी कसरी समाधान गर्ने भनेर पहिला जस्तै समस्या समाधान गर्न लाग्छौँ,” सुबेदीले भने । सम्बन्धीत ब्यक्तिले इन्स्योरेन्सको काम समेत गरेको सुनेको बताउँदै उनले सबैका कुरा सुनेरके हो थाहा हुने र समस्या समाधानका लागि सहज हुने तर्क गरे ।
रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले माछापुच्छ्रे बैँकको मझगाँवा भन्ने स्थानमा ब्रान्च लेस अन्तर्गत बैँङ्किङ सिस्टममा रमेश चौहान भन्ने ब्यक्तिलाई बैँकले जिम्मा दिएर ब्रान्च लेस खोलेको उहाँले त्यो स्थानबाट बिभिन्न ब्यक्तिलाई सदस्य बनाउने र बैँकिङ कारोबार गरेको सुरु सुरुमा यहाँको कारोबार राम्रो गरिरहेको थाहा पाएको बताए ।

पछि जिम्मा लिएका ब्यक्ति बैदेशीक रोजगारको ठगी सम्बन्धी मुद्दामा पुर्पक्षमा रहेपछि उनीमाथी फौजदारी अभियोग लागिसकेपछि उनको नामबाट खोलीएका खाताहरू बैदेशीक रोजगार बिभागको आदेशले खाता बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । खाता बन्द भएपछि त्यहाँका बासीन्दालाई आशंका भयो अब के हुन्छ भनेर उहाँहरू राष्ट्र बैँकसम्म पुग्नुभयो । अर्यालले भने, “सामान्य छलफल भयो । जिल्ला प्रहरीमा छलफल पनि भयो त्यसपछि हामी माछापुच्छ्रे बँैकका केन्द्रीय पदाधीकारीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर हामी निर्देशन दिएका छौँ ।”

त्यो ब्यक्तिले कति जनासम्म कारोबार गरेको छ । एकिन विवरण बैँकले जारी गर्नुपर्ने अर्यालले बताए । माछापुच्छ्रे बैँकको ब्यानर भित्र गरेको कारोबारको नैतिक जवाफदेहीता बैँकको हुने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ । सम्बन्धीत जिम्मेवारी दिएका ब्यक्ति थुनामा भएकासंग बसेर सल्लाह गर्न पाए छलफल गर्न पाए यो विषय अंगाडी बढाउन सजिलो हुन्छ भन्ने कुरा आएका कारण हामी त्यसकालागि छलफल गछौँ सल्लाह गछौँ भनेको अधिकारी अर्यालले बताए ।

यदि यो कारणले बैँकमा जम्मा गरेका ग्राहक पैसा फिर्ता लिन आएको खण्डमा लिक्वीडिटी प्रायाप्त ब्यवस्था गर्नुहोला भनेर निर्देशन समेत दिएको अधिकारी अर्यालले बताए । “त्यसका कारणले थप समस्या नआओस, गुनासो नआओस भनेका छौँ । जिल्ला प्रहरीमा छलफल भएको छ, राष्ट्र बैँकलाई हामी यो विषयमा बैँकलाई, ब्यक्तिलाई उपस्थित गराएर कानुनी सीमामा रहेर हस्तक्षेप गर्न भनेका छौँ ।” अर्यालले भने, बैँकका जिम्मेवार पदाधिकारीसँग बसेर छलफल गरेका छौँ यो विषय छिट्टै निष्कर्षमा पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?