© २०२३
चलचित्र पत्रकार संघ दाङको बार्षिकोत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम सोमवार तुलसीपुरमा सम्पन्न भएको छ । कला क्षेत्रको विकाश र प्रबद्र्धनमा विट पत्रकारीताको माध्यमवाट कलम चलाउँदै आएका चलचित्र पत्रकार संघ दाङ शाखाले आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमका तुलसीपुर उप महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई चलचित्र नगरका रूपमा बिकास गरिने बताए । दाङ विश्वको सबै भन्दा ठुुलो उपत्यका भएकाले यहाँ चलचित्र क्षेत्रका लागि पनि उपर्युक्त स्थानहरू भएको उल्लेख गर्दै विट पत्रकारीताको माध्यमवाट प्रचारप्रसार गर्नुपर्ने पाण्डेको भनाई छ । जिल्लामा चलचित्रको बिकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेयर पाण्डेले बताए । कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले दाङलाई चलचित्रको माध्यमबाट समृद्ध बनाउन सकिने बिचार ब्यक्त गरे । दाङमा चलचित्र निर्माणका लागि उपर्युक्त भएकाले यहाँको बिकासमा चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ उनले भने । यस बिषयमा पत्रकारहरूले पनि कलम चलाउनु पर्ने पोख्रेलकोको भनाई छ ।
कार्यक्रममा रंग पत्रकार शान्ति पृयले दाङका रंग पत्रकारहरूले चलचित्र क्षेत्रको विकाशमा उल्लेख्य भुमिका खेलेको बताए । ७ वर्ष अगाडि स्थापना भएको चलचित्र पत्रकार संघले अहिले आफ्नो स्थापना दिवस यति भव्य तरिकाले मनाउनु भनेको अव रंग क्षेत्रमा पनि लगानी गर्नुपर्छ भन्ने भावनाको विकाश भएको उनले बताए । कार्यक्रममा रंग क्षेत्रमा कलम चलाउदै आएका पत्रकार शिब पुनलाई देवलोचन रंग पत्रकारिता पुरस्कारबाट पुरस्कृत समेत गरीएको थियो । पुरस्कारको राशि ११ हजार १ सय ११ रूपैयाँ रहेको छ । त्यस्तै चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट शान्ति पृय, चलचित्र पत्रकार संघ, कलाकारिता सम्मानबाट नायक पल शाह र चलचित्र पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याएको भन्दै, शरद रेग्मीलाई युवा पत्रकारिता सम्मान बाट सम्मान गरिएको थियो । à