ट्रेंडिंग:

>> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी

शिवालयको जग्गामा सत्य साईको दाबी

५ भाद्र २०७५, मंगलवार
५ भाद्र २०७५, मंगलवार

सिद्धेश्वर शिवालय गौशाला संरक्षण समितिले आफ्नो जग्गा अतिक्रमणमा परेको जनाएको छ । बुटवल उपमहानगरपालिका –५ स्थित शिवालय मन्दिरले चर्चेको १७ कठ्ठा साढे १७ धुर जग्गा मध्ये अहिले करिब १० कठ्ठा मात्र देखिएको संरक्षण समितिका अध्यक्ष यादव प्रसाद गिरीले बताए । त्यस जग्गामा पनि सत्य साई केन्द्रले अतिक्रमण गरेको समितिले जनाएको छ ।
स्वामी श्री नारायण नन्दको नाममा रहेको विटौरी जग्गाको दर्ता नं ८३ को क्षेत्रफल ०–१७– १७.५ को तिरो २०२६ /२/२२ को रसिद नं १९६६ मा बुझेको तत्कालिन बुटवल नगरपालिका कार्यालयले सिफारिस गरेको छ । तर २०६२ सालमा नयाँ नापी गर्दा करिब १० कठ्ठा मात्र जग्गा भेटिएपछि संरक्षण समितिले जग्गाको खोजी गरिरहेको छ । २०१७ सालदेखि स्वामी श्री नारायण नन्दले मन्दिर बनाई पूजा आजा संचालन गरेकोमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा २०६५/७ /२४ गते समिति दर्ता भएको थियो । तत्कालिन बुटवल खस्यौली नगर पञ्चायत कार्यालयले राधाकृष्ण टोलमा दर्ता जग्गा भित्र अरूले बसोबास गर्न नपाउने व्यवस्था गर्ने बारे पत्र काटिएको थियो । जुन प्रमाणले उक्त जग्गा समितिकै रहेको पुष्टी गरेको देखिन्छ ।
शिवालयको जग्गामा सत्य साई केन्द्रले आफ्नो दाबी गर्दै उच्च अदालत तुल्सीपुर बुटवल इजलास, जिल्ला अदालत हँुदै बुटवलल उप–महानगरपालिका न्यायिक समितिमा उजुरी दिएको छ ।
बुटवल उपमहानगरपालिका–७ वस्ने सत्य साई केन्द्रकी ५१ बर्षीया यमुना श्रेष्ठले समितिका अध्यक्ष विरुद्ध २०७४/१/२० गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । त्यो मुद्दा जिल्ला अदालतमा विचाराधिन छ । अदालतले २०७५/०५/०५ गतेको लागि पेसी तोकेको छ । यस अघि मिति २०७३ साल साउन २६ गते सत्य साई केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरले शिवालय मन्दिर विकास समिति, नापी कार्यालय रूपन्देही, मातपोत कार्यालय रूपन्देही र बुटवल उपमहानरपालिका विरुद्ध उच्च अदालत तुल्सीपुर बुटवल इजलास (साविक पुनरावेदन अदालत बुटवल) मुद्दा दिएकोमा निवदेन नै खारेज भएको थियो । पछिल्लो पटक बुटवल उपमहानगरपालिका वडा नं ५ मा अवस्थित सत्य साई केन्द्र बुटवलको कार्य समितिको निर्णयले अधिकार प्राप्त व्यक्ति कार्य समिति सदस्य सन्तोष सिंहले २०७५ साउन महिनामा बुटवल उपमहानगरपालिका न्यायिक समितिमा उजुरी दिएका थिए । न्यायिक समितिले त्यसको विषयमा प्रतिउत्तर दिन समितिको अध्यक्षलाई बोलाएको छ । मंगलवार न्यायिक समितिको इजलासमा छफफल हुने बताईएको छ ।
सत्य साई केन्द्रका सिंहले भोग गरेको भवन, मन्दिर, संरचना, जग्गा भोगचलनमा बाधा पुराएको हु“दा निर्वाध भोग चलन गर्न पाउ“ निवेदन दिएका थिए । सिद्धेश्वर शिवालयमा अहिले शिवानन्द गिरीका छोरा दुर्गा प्रसाद गिरीले पूजाआजा गरिरहेका छन् । नगरपालिकाको रोहवरमा करिव ७ धुर जग्गा शिवानन्दको नाममा नामसारी गरिएको थियो । त्यो वाहेक सबै शिवालय मन्दिरको जग्गा रहेको संरक्षण समितीका अध्यक्ष यादव प्रसाद गिरीले बताए । उनले भने– शिवालयको मन्दिरमा व्यक्तिको घर बनेका छन् । सत्य साई केन्द्रले अत्याचार ढंगबाट अतिक्रमण गरेको छ ।’
शिवालयको जग्गा अतिक्रमण गर्ने केन्द्रका सदस्य पदाधीकारीहरूले उल्टै मुद्दा मामिला गरी तनाव दिएको उनले बताए । अहिले विवादित भन्दै नगरपालिकाले तिरो समेत बुझ्न मानेको छैन । संरक्षण समितिले ३ तलाको मन्दिर निर्माण गर्न लागेको छ । दुई वर्ष अघि देखि निर्माण थालिएको हो । दाताको सहयोगबाट निर्माण शुरु गरिएकोमा अहिले सम्म करिब २८ लाख रूपैयाँ खर्च भई सकेको समितिले जनाएको छ । शिवालय जीर्ण भएपछि जिर्णाेद्वार गरिएको हो । उता सत्य साई केन्द्रकी अध्यक्ष उमा रानाले उक्त जग्गा २०२८/०२९ वाटै सत्य साई केन्द्रले संरक्षण गरी भोग चलन गर्दे आएको दाबी गरिन् । उनले भनिन– वाढीले वगाएको जग्गा संरक्षण गरी भोग चलन भएको छ । त्यहा केन्द्र पुरानो विल्डीङ छ । पहिले संरक्षण नगर्ने अहिले हाम्रो हो भन्न कसरी मिल्छ ?’ सत्यसाई केन्द्रले करिब ६ कठ्ठा जग्गा भोग चलन गर्दे आएको उनले बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?