ट्रेंडिंग:

>> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता

बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण

१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

दाङ, १२ जेठ ।

आफुहरुलाई सरकारले मुक्त गरेको लामो समय भईसक्दा न्यायोचित पुनस्र्थापना नगरेको भन्दै बजेटमार्फत समस्या सम्बोधनमा ध्यान दिन मुक्त कमैया, मुक्त हलिया, मुक्त कमलरी र मुक्त हरुवाचरुवाहरुले माग गरेका छन् । मुक्त कमैया, मुक्त हलिया, मुक्त कमलरी र मुक्त हरुवाचरुवाहरुले सरकारको नीति कार्यक्रम र आगामी बजेटमा न्यायोचित पुनस्र्थापनाको माग राखेका हुन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले कमैया, हलिया, कमलरी र हरुवाचरुवा मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि उनीहरुको पुनस्र्थापना र जीविकोपार्जनको माग सम्बोधन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कृषि दासताबाट मुक्त भएपनि उनीहरुले चरम गरिबी र अभावपूर्ण जीवन यापन गरिरहेका बताइएको छ । सरकारको नीति तथा कार्यक्रममा ती समुदायहरुको सम्बोधन नभएको उनीहरुको गुनासो छ । उनीहरुले सरकारसँग विभिन्न ११ बुँदे माग राखेका छन् । आफूहरुको माग आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमार्फत सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने पनि उनीहरुको चेतावनी छ ।

उनीहरुले सरकारको नीति तथा कार्यक्रममा मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाहरुका सवाल समावेश गरी बजेट विनियोजनको माग गरेका हुन् । २०७८ सालमा श्याम श्रेष्ठको अध्यक्षतामा गठित मुक्त कमैया, हलिया, कमलरी तथा हरुवाचरुवा बस्तुस्थिति अध्ययन समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने उनीहरुले बताएका छन् ।

यस्तै, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरुवाचरुवा पुनस्र्थापनाका लागि तयार पारेको पुनस्र्थापना कार्ययोजना तथा कार्यविधि मन्त्रीपरिषदबाट पारित गरि कार्यान्वयन गर्नसमेत उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । ती समुदायका समस्या समाधानका लागि एकीकृत ऐन जारी गरि पुनस्र्थापना कार्य अगाडि बढाउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृित्त लागू गर्नुपर्ने, अभिभावकविहीन र विवाह गरेर पनि जग्गाजमिन नभएका मुक्त कमलरीहरुका लागि भूमिसहितको घरबासको व्यवस्था, समानुपातिक प्रतिनिधीको व्यवस्था, सम्बन्धित प्रदेश सरकार र पालिकास्तरमा निर्माण हुने विविध समिती तथा आयोगमा प्रतिनिधित्वको व्यवस्था, सो समुदायले सञ्चालनमा ल्याएको कृषि सहकारीहरुमा बिऊ र पूँजीको व्यवस्थालगायतका माग उठाउँदै पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षण गराएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हीरामोती चौधरीले जानकारी दिइन ।

सरकारी ऐलानी पर्ति जमिनमा बसोबास गरिरहेका मुक्त कमैया, हलियाहरुलाई बसिरहेकै स्थानको जग्गा धनी प्रमाणपूर्जा उपलब्ध गराउनुपर्ने पनि आफुहरुको माग रहेको बताइन् ।

‘बर्सेनि ज्ञापनपत्रमार्फत आफुहरुको माग मुद्दा अनि सवाल ध्यानाकर्षण पत्र बुझाउने काम गर्नुपर्ने बिडम्बना हो । हाम्रो मुद्दा बारे थाहा नभएको कुनै दल नै छैन तर पनि नेतृत्वहरु भन्नुहुन्छ ढिलो गर्नु भयो माग मुद्दा राख्न नीति तथा कार्यक्रममा । यही अवस्था रही रहे हामीले कहिले अधिकार नपाउने ? हामीले पाउनुपर्ने आधारभूत अधिकार पाउनलाई पनि के बारबार भेट्नुपर्छ र ? उनले प्रश्न गरिन ।

मुक्त कमैया, हलिया, कमलरी तथा हरुवाचरुवाहरुको तथ्यांक संकलनमा कारणवश नाम छुट भएका वास्तविक मूक्त कमैया, मुक्त कमलरीहरुको तथ्यांक संकलन र प्रमाणीकरण गरी परिचय पत्रको व्यवस्था गरिनुपर्ने उनीहरुको माग छ ।

यस्तै, कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये हुम्ला, जाजरकोट र सुर्खेतमा केही पालिकामा मात्र तथ्याङ्क संकलन भएको स्मरण गराउँदै उनीहरुले सात वटा जिल्लाहरु जुम्ला, मुगु, डोल्पा, दैलेख, कालिकोट, सल्यान, रुकुम पश्चिममा तथ्याङ्क संकलन गरी पुनस्र्थापना प्याकेजमा समावेश गरिनुपर्ने माग राखेका छन् ।

राष्ट्रिय दलित नेटवर्क आरडीएन नेपालका उपाध्यक्ष श्याम सुनार, राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष ईश्वर सुनार, मुक्त कमैया समाज कैलालीका अध्यक्ष चन्द्रप्रसाद चौधरी, मुक्त कमैया महिला विकास मञ्च कैलालीकी अध्यक्ष सीमा चौधरी, मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हीरामोती चौधरीलगायतले मुक्त कमैया, मुक्त हलिया, मुक्त कमलहरी र मुक्त हरुवाचरुवाहरुको सवाल सम्बोधन गर्न धेरै ढिला भइसकेको बताए ।

आगामी बजेटमा आफूहरुको माग सम्बोधन गर्न आफुहरुले उठाएको मागलाई गम्भीर रुपमा लिएर माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् । माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%