ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पानीको हाहाकार

पहिले गाउँमा मोही मागेर खान्थ्यौं, अहिले पानी

२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

सुर्खेत, २ जेठ ।

वीरेन्द्रनगर वडा नम्वर आठकी टिका खत्रीलाई आजभोलि साँझ बिहान पानी कसरी जुटाउने भन्ने पिरलो हुन्छ । सातामा एक दिनआउने पानीले राम्रोसँग पिउने पान्ी नै नहुने गरेको टिका बताउँछिन् । ‘अहिले त राम्रोसँग खाने पानी नै पाउनमुस्किल छ, एक सातामा एक दिन त्यो पनि एक छिन मात्र पानी आउँछ ।

बोरिङ ल्याएका छिमेकीसँग पानी मागेर खाने गर्छाै’ उनी भन्छिन्, ‘पहिले गाउँमा हुँदा मोही मागेर खान्थ्यौ, अहिले पानी मागेर खानु परेको छ । ’पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाबाट बसाई सरेर वीरेन्द्रनगर आएकी हुन् ।

गर्मीयाममा धारामा पानी नआएपछि वीरेन्द्रनगरस्थित बुलबुले गएर पानी बोकेर खाँदै खाएको स्थानीय सुनिता बिक बताउँछन् । ‘धारामा पानी आउँदैन, त्यही भएर बुलबुले तालमा रहेको धाराबाट पानी बोकेर खाने गरेका छौ’, उनी भन्छिन्, ‘शनिवार बच्चाबच्चीलाई नुहाउने कपडा धुने बुलबुले नै जाने गरेका छौ ।’

गर्मीयामसँगै सुर्खेतको वीरेन्द्रनगरमा पानीको हाहाकार हुँदै गएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको जनघनत्व दिनप्रतिदिन बढ्दो छ, जसका कारण पनि पानीको आवश्यकता अनुसार उपलब्ध हुन सकेको छैन ।

घरहरूमा धारा जडान हुन सकिरहेको छैन । धारा जडान नभएका नागरिकले इनार (कुवा) को पानी प्रयोग गर्छन् । तर, कुवा नै सुक्ने अवस्था आएकोे स्थानीयहरू बताउँछन् । गर्मीयाम लागेसँगै मुहानमापानीको स्रोत घटेको छ । स्रोत घटेका कारण संस्थाले पानीवितरणको नयाँतालिका सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक तालिका अनुसार अबदेखि ६ दिनमा एक पटक पानी वितरण गरिनेछ । ‘६ दिनको फरकमा एक घण्टा पानी वितरण गर्नेगरी सम्पूर्ण स्थानमा वितरण तालिका लागू गरिएको छ’ संस्थाका संस्थाका इन्जिनियर बालाराम शर्माले भने, ‘लामो सुख्खा खडेरीका कारण मुहानमापानीको स्रोत घटेको कारण यस्तो वितरण तालिकाबनाउनु परेको हो ।’ केही दिन अघि पानी परेपछि मुहानमा केही मात्रामा पानी बढेको देखिएता पनि अहिले फेरि घटिसकेको उनले बताए ।

अन्य समयमा पनि माग अनुसारको पानी आपूर्ति हुन नसकिरहेको बेला गर्मी समयमा चरम अभाव हुने गरेको छ । उनका अनुसार उपत्यकामा दैनिक तीन सय ८८ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्दछ । तर अहिले झुप्राखोला सहितका मुहानबाट प्रति सेकेण्ड ५२ लिटर मात्रै आपूर्ति भइरहेको छ । यो आवश्यक परिमाणको तुलनामा निकै न्यून हो ।

संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा यसरी नै पानीको हाहाकार हुन्छ । संस्थाले हाल झुप्राखोला, खरीखोला, बोरीखोला, इत्राम खोला, खोर्के खोलालगायत उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ । तर माग अनुसार पर्याप्त हुन सकेको छैन ।

खडेरीको समयमा वीरेन्द्रनगरवासीले बर्सेनि खानेपानीको समस्या झेल्दै आएका छन् । अहिले उपलब्ध स्रोतबाट पर्याप्त पानी आपूर्ति हुन सकेको छैन भने नयाँ स्रोत थप हुन पनि सकेको छैन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार ३८ हजार बढी घरधुरी मध्ये अहिलेसम्म २० हजार तीन ५० घरधुरीमा धारा जडान छ । करिब ४ हजार दुई सय बढी घरधुरीले धाराका लागि आवेदन दिएपनि जडान कार्य हुन सकेको छैन ।

धारा जडान भएका घरधुरीका लागि मात्रै दैनिक ३७४ लिटर प्रति सेकेन्ड पानी आवश्यक पर्छ । दैनिक १५७ लिटर प्रति सेकेन्ड खानेपानी आपूर्ति हुने स्रोतहरूबाट हाल खडेरीका कारण जम्मा ५२ लिटर प्रति सेकेन्ड मात्र खानेपानी आपूर्ति भएको संस्थाले जनाएको छ ।

उपत्यकाको खानेपानी समस्या समाधानको एउटै उपाय–भेरीको पानी वीरेन्द्रनगर ल्याउने नै हो । उपत्यकाको खानेपानी समस्या समाधानको दीर्घकालीन विकल्पका रूपमा अघि सारिएको आयोजना निर्माण पूर्वका काममै अल्झिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भइसकेको छ । विश्व बैंकको सहयोगमा भेरी पम्पिङ आयोजना निर्माण गर्न लागिएको हो । ६ वर्ष पहिलेदेखि नै अध्ययनको काम थालिएको थियो । २०८० जेठ ४ गतेदेखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम भइरहेको छ । तीन वर्षमा परियोजना सम्पन्न गर्नेगरी काम अघि बढेको बताइएको छ । यही भदौ या असोजदेखि आयोजनाको काम सञ्चालन हुने शर्माले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?