© २०२३
दाङ, २ जेठ ।
उपभोक्ता अधिकारलाई सुनिश्चित गर्न घोराहीका सरोकारवालाहरुसँग अन्तत्र्रिmयाको गरिएको छ । जिल्ला खाद्य अधिकार सञ्जालको समन्वयमा घोराही उपमहानगरपालिका उपभोक्ताहित संरक्षण शाखाको आयोजनामा मंगलबार विभिन्न सेवा तथा विक्रिकर्ताहरुका लागि अन्तत्र्रिmया गरिएको हो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीले खाद्य अधिकार प्रवद्र्धन कार्यक्रममा उपभोक्ताले शुद्ध खाद्य उपभोग गर्न खोजे जस्तै उत्पादन गर्दा पनि उत्पादकले बस्तुको शुद्धतामा ध्यान दिनुपर्नेमा जोड दिईन् ।
उनले शुद्ध आहार र जीवनशैलीले मात्रै स्वस्थ नागरिक उत्पादन सम्भव भएको भन्दै खाद्य अधिकारका विषयमा हरेक घर परिवारमा सचेतना जरुरी रहेको बताइन ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले मानव जीवन र स्वास्थ्यसँग जोडिएको विषय सबैको साझा सरोकार बन्न सक्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक फियान नेपाल लुबिनी प्रदेश संयोजक सुरेशकुमार गौतमले मानव अधिकार, राजनीतिक अधिकार, सामाजिक अधिकार, सांस्कृतिक अधिकार र खाद्य अधिकारका विषय मध्ये खाद्य अधिकारको विषय चुनौतीपूर्ण रहेको बताए ।
उनले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धीँ ऐन २०७५ का मुख्य प्रावधान बारे आधारभूत जानकारी गराउँदै अधिकार प्राप्तिको सुनिश्चितता राज्यको काम कारवाहीबाट सम्भव हुने बताए । ‘उत्पादनमा समान रुपमा जोड्न जल, जमिन र जंगलको वैज्ञानिक उपयोग हुनुपर्छ’ उनले भने ‘खाद्य अधिकार जहिले सुनिश्चित हुन्छ अनिमात्र मानिस उत्पादनमा जोडिनु पर्छ कि श्रमसँग जोडिनुपर्छ ।’
अर्का प्रशिक्षक ऋषिराज जंगलीले खाद्य अधिकार प्रत्याभूत गर्ने काम राज्यको भएको बताए । उनले मल, बीउ, सिचाइ सहज उपलब्ध भए मात्रै किसानले समयमा उत्पादन गर्न सक्ने खाद्य सम्प्रभुताको अवस्थामा सुधार हुने बताए ।
‘अहिले धेरै कुरामा मानिसको जीवनशैलीमा असर गरिरहेको छ । हामीमा श्रम गर्ने बानी घट्दै गएको छ । यसले उत्पादनमा ध्यान पुगेन । असन्तुलित उपभोग बढ्यो । आयातित बस्तुमा निर्भरता बढ्दै छ । आन्तरिक उत्पादनमा राज्यको ध्यान पुगेन । बस्तु उपभोगमा उपभोक्ताको सचेतना कमजोर बन्यो । यो सबै व्यवस्थापन गर्ने काममा राज्य उदासिन देखिएको छ’, उनले भने ।
जिल्ला खाद्य अधिकार सञ्जाल दाङकी संयोजक साजिदा सिद्धिकीले खाद्य अधिकार सुनिश्चितताका मापदण्डका बारे उल्लेख गर्दै खाद्य उपलब्धता, खाद्य पर्याप्तता, सम्मान गर्ने दायित्व र पहुँचका बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा होटल व्यवसायी, पाउरोटी, मासु, किराना, औषधी व्यवसायी, क्यान्टिन संचालक, विद्यालयका प्रतिनिधी एवं खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरुसँग छलफल गरिएको हो । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनारले गरेका थिए । कार्यक्रममा घोराहीका विद्यालयका शिक्षक, डेरी ब्यवसायी, उद्योग बाणिज्य संघका प्रतिनिधि र खाद्य अधिकार संजालका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी