© २०२३
बुटवल, १० चैत । पटक–पटक विभिन्न संघ संस्थाहरूलाई छाडा चौपाया व्यवस्थापनको लागि रकम दिएपनि सन्तोषजनक रूपमा काम नभएपछि नगरपालिका अर्को व्यवस्था नभएसम्म आफैले यो बर्ष देखि छाडा चौपाया व्यवस्थापनमा लागेको हो । अघिल्लो बर्षहरूमा बर्षको २५ लाख रूपैयाँ गौशाला सञ्चालन सम्बन्धी व्यवस्थापन समितिलाई दिँदै आएको थियो । नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको लागि बर्षेनी लाखौं रूपैयाँ दिने र छाडा चौपायहरू सडकमा जहिले पनि देखिने भएको कारण नगरवासीबाट आलोचित हुँदै आएको सन्र्दभमा नगरपालिका आफैले अव गौशाला सञ्चालन गरी छाडा चौपाया व्यवस्थापन गर्ने भएको हो ।
केही समयदेखि बुटवल लगायतमा स्थानमा चाडा चौपाया व्यवस्थान नहुँदा बुटवलको पहिचानमा समस्या आएको थियो । केही बर्ष पहिला बुटवलको शिवनगर सामुदायिक वनमा नन्दीनी गौशाला बनाएर काम सुरुवात गरिएको भएपनि गौशाला सञ्चालन भएकै बखत सडकमा छाडा चौपाया यत्र चत्र देखिँदा आलोचना समेत हुने गरेको थियो । छाडा चौपाया व्यवस्थापनको लागि बुटवल–बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो । पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए ।
उनले पहिलो दिन करिब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रूपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताए ।
‘बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन्, –उनले भने–अहिले हामीले बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन गर्छौं, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरूमा निगरानी गर्ने र सहरभित्र गाई गोरु ल्याउन रोक्ने काम पनि गरिनेछ ।’
उनले सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पु¥याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न आग्रह गरे । उनले सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रूपमा सञ्चालन गरेको बताए । ‘यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र बुटवलबासीको साथ पाएका छौं–उनले भने–यसले बुटवललाई थप व्यवस्थित बनाउनेछ ।’
नगरप्रमुख खेलराज पाण्डेयले यो बर्ष देखि नगरपालिकाले आफै कर्मचारी व्यवस्थापन गरी गौशाला सञ्चालन गर्ने जानकारी दिए । उनले विगतका दिनमा गौशाला सञ्चालनको लागि भन्दै विभिन्न संघ संस्थालाई लाखौं रकम विनियोजन गरी दिएको भएपनि चौपाया हरू भने सडकममा जहिले पनि देखिने गरेकोले नगरपालिकाले यो बर्षदेखि आफै व्यवस्थापनको काम सुरुवात गरेको जानकारी गराएका हुन ।
उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपाया व्यवस्थापन थालिएको बताइन् । उनले यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गरिन् । प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रूपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम शुरु भएको र त्यसको व्यवस्थापनको लागि सबै तयारी भएको बताए। उनले गौशालामा गाईगोरुका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको बताए । छाडा चौपाया व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधिहरू तथा समुदायका अगुवाहरू सहभागी थिए ।
बुटवल उपमहानरपालिका आफैले गौशाला सञ्चालन गरिरँदा विगतका बर्षहरूमा पनि गौशाला सञ्चालन भएपनि चौपाया सडभरी नै देखिदै आएका थिए । जसको कारण सिंगो नगर आलोचित हुने गरेको थियो । नगरले आफै सुरुवात गरेको व्यवस्थापन काम दिगोपनामा पनि कतिपयले शंसय व्यक्त गरेका छन् ।