© २०२३
बुटवल, २ चैत । ‘उपभोक्ताको चाहना, सुलभ र सिघ्र न्यायका उपभोक्ता अदालतको स्थापना’ नारासहित ४१ औ विश्व उपभोक्ता दिवस बुटवलमा सचेतना कार्यक्रम गरि मनाईएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा उपभोक्ता हित संरक्षण मन्च नेपाल बुटवल नगरको आयोजनामा बुटवलमा खाद्य शुद्धता सम्बन्धी अभिमुखिकरण तथा उपभोक्ता सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय स्वाधिनताका लागि नागरिक अगुवा पदम कार्र्कीले सर्वाेच्च अदालतबाट २ वर्षअघि पाच वटा प्रदेश गठन गर्न परमादेश दिएको भएपनि त्यसतर्फ कुनै काम अघि नबढेको दुखेसो गरे । विशेषज्ञ अदालत नहुदा पिडित न्यायमा ढिलाई भएको भन्दै उपभोक्ता अदालतको प्रावधानतर्फ सरकारको ध्यान जानुपर्ने बताए । मुद्दाका विषय छिटोरछरितो हुने हुदा पनि यसतर्फ आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा मंचका नगर अध्यक्ष समुन्द्र जिसिले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्न आफुहरु निरन्तर काम गर्दै आएको बताए । प्रचलित कानुन बमोजिम कारोबार भएनभएको, गुणस्तर, नापतौलको लागि प्रयोग भएका ढक तौल उपकरण प्रमाणिकरणका अवस्था, स्थायी पान नम्बर वा भ्याट दर्ताको अवस्था अनुगमन गर्ने गरेको उनले बताए । यसमा देखिएको कैफियतलाई सरोकारवाला निकायसम्म जानकारी गराउने गरिदै आएको उनले बताए । खरिद र बिक्रिबिल नभएको अवस्थामा जरिवाना गर्ने, खाद्य सम्बन्धि उपभोक्ता सचेतना मुख्य लक्ष्य राखेर आफुहरु लागेको उनले बताए ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिको संयोजक सावित्रादेवि अर्यालले उपभोक्ता सचेतना कार्यक्रमलाई विशेष जोड दिदै आएको बताईन । यो आर्थिक वर्षमा पाचौ कार्यक्रमका रुपमा निरन्तर चलाउदै आएको उनले बताईन। यो वर्ष सबै उपभोक्ताहरुलाई आफ्नो अधिकारको बारेमा बुझाउने गरि अभियान थालेको बताईन । हाम्रो स्वस्थ्यको बारे हामी नै सचेत हुन जरुरि रहेको भन्दै यसलाई बुझाउने काम अगाडि बढाएको उनले बताईन। दिर्घरोग लागेका धेरै विरामीहरुलाई दैनिक सिफारिस गर्नुपर्ने बाध्यता रहेको भन्दै यसको कारण हाम्रो भान्सा भएको उनले दाबी गरिन । निर्वाचित भएर पदभार ग्रहण गर्दै गर्दा आफ्नो प्रतिवद्घता अनुसार खाद्य शुद्धतालाई जोड दिएर काम अघि बढाएको उनले बताईन। बजार अनुगमनको क्रममा बुटवलका अधिकास पसलहरुमा शुद्धतामा कमि देखिएको उनले बताईन । उपभोक्ता सचेतना कार्यक्रम टोलटोलमा लगेर बुझाउने कामलाई प्राथमिकतामा राखेको उनले बताईन ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शाखा अधिकृत ठगिश्वर पौडेल ब्यवसायिक रुपमा कारोबार गर्नेहरुमा धेरै कमिकमजोरीहरु भेटिदै आएको भन्दै निरन्तर अनुगमन गरि सुधारको काम अघि बढाएको बताए । नगर, वडास्तरका अनुगमन समिति गठन गर्ने प्रावधान अनुसार भएर काम गर्दै आएको बताए । खरिद गरेको बस्तुमा २० प्रतिशतभन्दा बढि मूल्य लिन नपाउने अवस्था रहेको छ । तर मूल्य तोक्ने अधिकार भने स्थानिय सरकारलाई रहदैन । कतिपय घरघरमा रहेको किराना पसलमा मिति नाघेका खाद्यान्नहरुबारे अनविज्ञता रहेको पाएको उनले बताए । स्थानिय सरकार बजारमा हुने उपभोक्ता हितको पक्षमा रहदै आएको भन्दै सुधार गर्ने अवसर दिनुपर्छ भन्ने मान्यताका साथ कारवाही प्रक्रिया अघि बढाएको छ । कलर केण्डी खान नहुने भएपनि बजारमा धेरै विक्रिवितरण हुँदै आएकोमा यसलाई रोक्ने अभियान थालेको उनले बताए । चाडपर्वमा बढि प्रयोग हुने झिनिया रोटी, जेरी, कलर पेपरमा बेरिएका खाद्यबस्तु प्रयोग गर्न नहुने उनले बताए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च नेपाल केन्द्रीय सदस्य ऋषि आजाद, उपभोक्ता हित संरक्षण मन्च नेपाल, लुम्बिनी प्रदेशका महासचिव दुर्गा गौतम, संयोजक बसन्ता गैरैले बस्तु तथा सेवा स्वच्छ र गुणस्तर हुनुपर्छ भन्ने मुल आन्दोलनमा आफुहरु लागेको बताए ।