ट्रेंडिंग:

>> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस :

संघर्ष र श्रमको अर्को नाम : १८ वर्ष कम्लरीदेखि उपसभामुखसम्म कृष्णी थारुको यात्रा

जति काम गरेपनि जस नदिने बरु ज्यादती गर्ने हाकिमकी श्रीमतीको व्यवहारले कृष्णी आजित भएकी थिइन् । खुट्टाको घाउले अप्ठेरो भएपछि कृष्णी भागेर बुबा कम्लहरी बसेको घर गइन् ।
२५ फाल्गुन २०८०, शुक्रबार
२५ फाल्गुन २०८०, शुक्रबार

बुटवल, २५ फागुन । ७ वर्षको कलिलो उमेरदेखि डेढ दशकसम्म अर्काको घरमा कष्टकर कम्लहरी जीवन बिताएकी बर्दिया राजापुरकी कृष्णी थारु त्यही संघर्षको जगबाट तीन हजार बढी मुक्त कम्लहरी परिवारलाई सरकारी जग्गा दिलाएर जमिनको मालिक मात्र बनाइनन् प्रदेश सभाको उपसभामुखसम्म बन्न पुगिन् ।

संघर्षले खारिएकी उनले एक हजार बढी महिलालाई स्वरोजगार र उद्यमी बनाइन् । २०३२ साल साउन १ गते जन्मेर विवाहअघि ७ वर्ष र विवाहपछि ११ वर्ष कम्लहरी बसेकी कृष्णीले आफूजस्तै पीडादायी कम्लहरी जीवन बांचेका हजारौं महिलालाई कमैया मुक्ति आन्दोलनमा जोडेर नेतृत्व क्षमता विकास गराई ती मध्येबाट केहीलाई संविधान निर्माण गर्ने थलो संविधान सभा सदस्यदेखि गाउंपालिका उपाध्यक्ष र थुप्रैलाई वडा सदस्य बन्ने बाटो पनि कोरिदिइन् ।
यति मात्र होइन दुई छाक खान र आङ ढाक्ने एकसरो लुगाका लागि १८ घण्टा अर्काकोमा काम गर्न बसेकी कृष्णीले जन्माएको संस्थाले २३ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएको छ ।

घरको आर्थिक अवस्था निकै कमजोर भएकी कृष्णी थारूका बुबा आमा पनि कमैया थिए । बुबा आमा अरुकै घरमा काम गर्थे । कृष्णी ७ वर्षको उमेरमै तत्कालीन कृषि विकास बैंकका प्रमुखको राजापुर बजारस्थित आवासमा कम्लरी बस्न शुरु गरेकी थिइन् । पहाडी समुदायका ती हाकिमकोमा काम गर्दा भोगेको पीडा अमानवीय खालका भएका कृष्णी सम्झिन्छिन् । हाकिम भन्दा हाकिमको श्रीमतीबाट अमानवीय ज्यादती खेपेको उनले सुनाइन् । भांडा माझ्दा कहिलेकाहीं राम्ररी टल्किएन भनेर हाकिमकी श्रीमतीले भांडा फ्यांकिदिने र पिट्ने गरेको कृष्णी सम्झिन्छिन् । ‘ती हाकिमकोमा तीन वर्ष काम गरें, धेरैजसो मलाई उनका छोराछोरीले खान नसकेर छाडेको जुठो खाना दिन्थे,त्यही खाएर छाक टार्नुपथ्र्यो, आफूहरु पलङमा सुत्थे म चीसो भुंईमा सुत्नुपर्दथ्र्यो,ओड्ने र ओछ्याउने कपडा पनि दिदैनथे, चिया पनि दिंदैनथे, भांडा माझ्दा किट्लीमा रहेको चियापत्तीको छोक्रा भएपनि खान्थें,’–विगत सम्झिंदै कृष्णीले भनिन्–‘एक दिन उहांको घरमा भोज थियो, धेरै पाहुना आएका थिए,सांझ अबेरसम्म भांडा माझेर माथिल्लो तलामा लैजांदा भ¥याङबाट लडेपछि भांडा खसे,ठूलो आवाज बज्यो,लडेर मेरो खुट्टामा चोट लाग्यो, रगतैरगत भयो,हाकिमकी श्रीमतीले भांडा किन बजाएको भनेर गाली गर्नुभयो पिट्नुभयो तर मेरो खुट्टा काटेको, रगत आएकोमा केही मतलब गर्नुभएन,उहां माथि गएपछि म बेस्सरी रोएं ।’
जति काम गरेपनि जस नदिने बरु ज्यादती गर्ने हाकिमकी श्रीमतीको व्यवहारले कृष्णी आजित भएकी थिइन् । खुट्टाको घाउले अप्ठेरो भएपछि कृष्णी भागेर बुबा कम्लहरी बसेको घर गइन् । ‘बुबाले पुरानो कपडा जलाएर खरानी बनाई काटेको घाउमा खरानी र मट्टितेल हालेर उपचार गरिदिनुभयो,त्यो बेला अहिले जस्तो मेडिकल र अस्पताल नजिकमा थिएनन्, अर्कोतिर पैसा पनि थिएन उपचार गर्न’–कृष्णीले विगत कोट्याइन् ।

केही दिन बसेपछि बुबाले फेरि उही हाकिमको काम गर्न पठाएको कृष्णीले सुनाइन् । पछि ती हाकिमको काठमाडौं सरुवा भएपछि आफूलाई पनि लैजान निकै जोडबल गरेका तर अघिल्लो दिन भागेर घर गएर बसेको उनले खुलाइन् ।
त्यसपछि कृष्णीले २ वर्ष बर्दियाकै खैरीमा थारु जमिन्दारकोमा काम गरिन् भने त्यहां छाडेपछि राजापुरकै थारु जमिन्दारकोमा २ वर्ष काम गर्न शुरु गरिन् ।
१५ वर्ष उमेर भएपछि कृष्णीको आफू जस्तै अरुको घरमा भैंसी चराउने काम गर्ने कृष्ण थारुसंग विवाह भयो । विवाहपछि उनी आफ्ना पतिले काम गर्ने घरमै बसेर काम गरिन् । पतिले वार्षिकरुपमा केही पारिश्रमिक पाउने भएपनि कृष्णीले विना तलब काम गर्नुपर्ने वाध्यता त्यति बेला थियो ।
‘पतिले जस्तै दिनभर काम गर्नुपथ्र्यो तर ज्याला दिंदैनथे,एकजनाको ज्यालामा दुईजनाले काम गर्नुपर्ने वाध्यता थियो’–कृष्णीले भनिन्–‘राति २ बजेर उठेर पनि काम गर्नुपथ्र्यो, आराम के हो, विश्राम के हो भन्ने डेढ दशकसम्म कहिल्यै अनुभूति गर्न पाइएन ।’
जमिनदारको घरमा कमलरी बसेकै समयमा कृष्णीले २०५० सालमा गाउँमै प्रौढ शिक्षा पढ्न खोजिन् तर ९ दिनमै उनको पढाईको यात्रा रोकियो । कारण थियो –छोरालाई सुख्खा रोग । तीन महिनासम्म दुध नखाएको छोरा बचाउन र हुर्काउन उनलाई निकै कष्ट भोग्नुपरेको थियो । पछि कुकुरले टोकेर उस्तै दुख । छोरी पनि जन्मेपछि निमोनिया भयो । ‘जहां गरिबी छ,जहां अभाव छ त्यहीं रोग र भोकले सताउंदो रहेछ, खान लाउन नपुग्ने मान्छेलाई छोराछोरी बारम्बार विरामी हुंदाको पीडा भोग्नेलाई मात्र थाहा हुने रहेछ’–कृष्णीले भनिन्–‘श्रीमान् श्रीमतीले दिन रात अर्काको काम गरेको छ तर साथमा सधैं दुख पीडा मात्रै ब्यहोर्नुपर्दा एक मनले यो जुनिमा अरुको घरमा काम गर्न मात्रै जन्म भएको रहेछ, अर्को जुनिमा राम्रो घरमा जन्मन पाइयोस् भन्ने सोंच्थे, अर्को मनले होइन सधैं यसरी अरुकोमा कति दिन बस्ने ? हामी पनि मान्छे नै हौं, हाम्रो पनि मान्छे भएर बांच्ने अधिकार छ,अब विकल्प खोज्नुपर्छ भन्ने लाग्थ्योे ।’
कृष्णीको मनमा विद्रोहको भावना फक्रिन शुरु गर्दैगर्दा ८ घण्टा काम, ८ घण्टा आराम,८ घण्टा मनोरन्जनको मान्यता बोकेको अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को चर्चा, समान कामको समान जयाला अनि कमैया मुक्तिको सवाल कमैया र कम्लरीसम्म उठ्न थाल्यो ।
काम गर्न बसेको घरका मालिकसंग कुरा गर्न नसकेपनि आइपर्ने चुनौतिको सामना गर्ने अठोट कृष्णीमा पलायो । एउटै मालिककोमा काम गर्ने २ वा २ जना भन्दा धेरै संख्याका कमैया, कम्लहरीबीच आफ्ना हक अधिकारका विषयमा उनले कुरा गर्न र वहस चलाउंदै संगठित शक्ति बनाउन थालिन् ।
यसैबीच २०५७ सालमा सरकारले कम्लहरी÷कमैया मुक्त घोषणा ग¥यो ।
‘त्यो दिन म र म जस्तै कम्लहरीहरुले खुशियाली मनायौं, एक अर्कालाई बेस्सरी अबीर लगाइदियौं’–त्यो दिन सम्झिंदै कृष्णीले भनिन्–‘कम्लहरीको खुट्टामा बांधिएको फलामको जन्जिर टुट्यो अब स्वतन्त्र भइयो अब अरुको घरमा बसेर काम गर्न पर्दैन,कसैको अत्याचार सहन पर्दैन भन्ने ठान्यौं ।’
तर सोचे जस्तो भएन । सरकारले मुक्त घोषणा गरेपनि कार्यान्वयनमा आउन समय लाग्यो । त्यो बीचमा मालिक र जमिन्दारको घर छाडेकाहरु कैयौं दिन सडक किनारमा त्रिपाल टांगेर भोकभोकै बस्नुपरेको कृष्णी सम्झिन्छिन् ।
सरकारी घोषणामा मुक्त भएपनि व्यवहारमा कम्लहरी र कमैयाहरु समाजमा पुनःस्थापना हुन नसकेको,कतिपयलाई सरकारले जग्गा दिन नसकेको, उनीहरुलाई रोजगारी,शिक्षा, स्वास्थ्यको व्यवस्था नभएको आदि सवाल उठाएर कृष्णी थारुले बर्दिया,बांके,दाङ, कैलाली र कन्चनपुरका कम्लहरी र कमैयाहरुलाई संगठित गर्न थालिन् । २०५८ मा मुक्त कमैया समाजको केन्द्रीय सदस्य बनेकी कृष्णी २०५९ मा गाविस स्तरको संगठनको अध्यक्ष भइन् । त्यो बेला मुक्त कमैया खाद्य सुरक्षा कार्यक्रम सञ्चालन भयो । जसमा मुक्त कमैयालाई बाटो खन्ने काम दिइन्थ्यो । काम गरेवापत ज्याला चामल दिइन्थ्यो । राजापुरबाट गुलरियासम्म करिब ३६ किलोमिटर साइकल चलाएर जाने र मुक्त कमैयाले पाउने चामलको हिस्सा ट्रकमा ल्याएर बांड्ने कामको नेतृत्व पनि कृष्णीले गरेको स्थानीय सरस्वती चौधरीले बताइन् । २०६४ मा आफ्नै नेतृत्वमा कमैया महिला जागरण समाज गठन गरिन् । उनले जसको सवाल उसको नेतृत्व भन्ने नारा अघि सारेर मुक्त कम्लहरीको हक अधिकार दिलाउने आन्दोलनको नेतृत्व आफै गरिन् ।
कृष्णीले यो समाजमार्फत कम्लहरी पुनःस्थापना,रोजगारी,शिक्षा, स्वास्थ्यको व्यवस्था अनि बालविवाह,वहुविवाह विरुद्ध अभियान चलाइन् । महिलाको प्रतिनिधित्व टोल र वडादेखि सामुदायिक संघसंस्थामा पनि हुनुपर्छ भनेर वकालत गरिन् ।
२०६७ सालमा यो संस्थालाई विधिवत दर्ता गरिन् । ‘मजदुरी गर्दै आन्दोलन गर्दै,अभियान चलाउंदै बर्दियासहित ५ जिल्लामा मुक्त कम्लहरी जागरण अभियान चलाएं’–कृष्णीले भनिन्–‘घरमा पैसा थिएन,अरु संग सापट र चन्दा मागेर चिया बिस्कुट र ब्यानरको जोहो गरिन्थ्यो ।’
आफ्नो संस्थालाई पहिलोपटक जिल्ला विकास समितिले ५० हजार अनुदान दिएपछि त्यो रकम आफूले २ वटा समूहलाई २५ हजारका दरले बंगुर र बाख्रापालनका लागि दिएको उनले बताइन् । दुइवटै समूहले राम्रो गरेपछि जिविस पनि खुशी भएको र जिल्लाभरि प्रसंशा भएको कृष्णीले बताइन् ।
कृष्णीको अगुवाईमा मुक्त कमैया समूहले राम्रो मेहनत र प्रगति गरेको थाहा पाएपछि अन्तर्राष्ट्रिय दातृ निकाय एक्सन एडले उनको संस्थासंग शुरुमा एक वर्ष काम गर्न ३० लाख वजेट दियो । त्यो वजेटबाट कृष्णीको संस्थाले मुक्त कम्लहरीको २३ वटा कृषि समूह बनाई जिविकोपार्जनसंग सम्बन्धित तरकारी खेती,बाख्रा र बंगुर पालन लगायतका उद्यम गराई उनीहरुको आयआर्जनमा उल्लेख्य प्रगति गरायो । त्यसबाट प्रभावित भएर एक्सन एडले उनको संस्थालाई १० वर्षसम्म कार्यक्रम थप गरिदियो ।
यो कार्यक्रमबाट बर्दियामा मात्रै ६ सय जना महिला साना उद्यमी बनेको र ५ वटा जिल्लामा कम्तीमा एक हजार जना उद्यमी र स्वरोजगार बनेको कृष्णीको दावी छ ।
५ जना कर्मचारीबाट शुरु भएको संस्थामा २३ जना कर्मचारीले रोजगारी पनि पाएका स्थानीय सरस्वती चौधरीले बताइन् । उक्त संस्थामा आवद्ध महिलाहरुले २ वटा सहकारी संस्था पनि सञ्चालन गरेका छन् ।
‘हामीलाई कमाउन,कमाएको पैसाको केही हिस्सा बचाएर राख्न अनि सहकारीको सदस्य बन्न उनै (कृष्णी)ले सिकाएकी हुन्’–राजापुरकी सरस्वती चौधरीले भनिन्–‘धेरै दुख पाएकी हुन्,मुक्त कमैयाको लागि धेरै नै लडेकी हुन् उपमेयर हारेपनि उपसभामुख भइन्, जति ठूलो पदमा पुगेपनि उनमा घमण्ड छैन, पहिला जस्तै सजिलो छन् ।’

१५ सय बिघा जग्गा कब्जा गरेर वितरण

सरकारले मुक्त कमैया घोषणा गरेपनि सबैलाई भने अनुसार जग्गा दिन सकेको थिएन । ५ कठ्ठा जग्गा,घर बनाउन ३५ क्युफिट काठ र १० हजार नगद दिने निर्णय गरेको थियो । राजापुर नगरपालिका–४ मा कृष्णीले एक कठ्ठा १० धुर जमिन पाए । तर अरु धेरैले पाएनन् । अरुले नपाएपछि कृष्णी थारुको नेतृत्वमा २०६० सालमा बर्दियासहित ४ जिल्लामा १५ सय बिघा सार्वजनिक जग्गा कब्जा गरी तीन हजार मुक्त कमैया परिवारलाई वितरण गरिएको थियो । ‘सरकारले मुक्त कमैया घोषणा त गरेको थियो तर जग्गा छैन भनेर सबैलाई जग्गा दिन सकेको थिएन, त्यहीबेला कृष्णी थारुको संस्थाले बर्दियासहितका जिल्लामा १५ सय बिघा सरकारी जग्गामा मुक्त कमैयालाई बसालेको हो, बर्दियाको संघर्षनगरमा मात्रै ६ सय परिवार बसेका छन्’–राजापुरका अगुवा पहारी चौधरीले भने–‘जग्गा कब्जा गरेर मुक्त कमैयालाई बांड्दा एकातिर प्रहरीले कृष्णीलाई पक्रिन्थ्यो अर्कोतिर माओवादीले सताउंथ्यो तैपनि एउटा महिला नडराई लडेर करिब तीन हजार परिवारलाई झुपडी बनाएर बस्ने जग्गा दिलाएकै हो ।’
कृष्णीले मुक्त कम्लहरी र कमैयाको पुनःस्थापनाका लागि मात्र नभई समाजमा पछाडि परेका समुदायको उत्थान, हक अधिकारको लागि गरेको योगदान सांच्चिकै अनुकरणीय रहेको पहारी चौधरीको प्रतिक्रिया छ ।
मुक्त कमैयाको हकहितको क्षेत्रमा लामो समय काम गरेवापत सन् २००८ मा एक गैर सरकारी संस्थाबाट दुर्गा अवार्ड पाएकी उनी २००८ मै पाकिस्तानमा प्राकृतिक स्रोत साधनमा विपन्नको अधिकार विषयक अन्तारष्ट्रिय सेमिनारमा भाग लिन पाएको कृष्णीले स्मरण गरिन् । जिल्ला र स्थानीय स्तरमा आफ्नो संस्थालाई थुप्रै सम्मान र पुरस्कार पाएको उनले बताइन् ।

उपप्रमुख हारिन्,उपसभामुख जितिन्

२०६४ सालमा अनेम संघ जिल्ला सदस्यबाट नेकपा एमालेको राजनीतिमा जोडिएको उनी २०७४ को स्थानीय चुनावमा बर्दियाको राजापुर नगरपालिकामा नेकपा एमालेबाट उपप्रमुख उम्मेदवार बनेकी थिइन् । तर माओवादी केन्द्रकी मनकला चौधरीसंग पराजित भइन् ।
स्थानीय तहमा पराजित भएकी कृष्णीलाई पार्टीले लगत्तै भएको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचिमा राख्यो । र उनले जितिन् । उनैलाई पार्टीले उपसभामुख उम्मेदवार बनायो र प्रतिष्पर्धी नेपाली कांग्रेसकी रिना नेपाल विकलाई पराजित गर्दै उपसभामुखको कुर्सीमा पुग्न सफल भइन् ।
उपसभामुखको जिम्मेवारीमा रहंदा कृष्णीको जोडबलमा कमैया ÷ कम्लहरीका छोरीलाई वार्षिक १२ हजार रुपैयां बराबरको छात्रवृत्ति दिने व्यवस्था सरकारको नीति तथा कार्यक्रम र वजेटमा पारित गराइन् । यस्तै भूमिहीन कम्लहरी÷कमैयाका लागि जग्गा उपलब्ध गराएर करार खेती कार्यक्रम पनि उनकै अगुवाईमा सञ्चालन भयो । तर सरकार परिवर्तनसंगै यो कार्यक्रम रोकिएको छ । उनले उपसभामुखले पाउने सुरक्षाकर्मी सुविधा पनि लिइनन् । पीएसओ पनि चाहिंदैन भनेको तर पार्टीका नेताहरुले कर गरेर राख्न भनेका उनले सुनाइन् । ‘जनताको माझमा काम गरेका इमान्दार नेतालाई त्यति धेरै सुरक्षा र सुरक्षाकर्मी आवश्यक पर्छ जस्तो लाग्दैन’–उनी भन्छिन् ।

प्रदेश उपसभामुखको भूमिकामा असन्तुष्टी

कृष्णी थारुलाई प्रदेश सभाको उपसभामुखको काम कर्तव्य र अधिकारप्रति फिटिक्कै चित्त बुझेको छैन । बरु यो पद खारेज गरे राज्यलाई थोरै भएपनि आर्थिक भार कम हुने उनको अनुभव छ । ‘स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षको बरु अधिकार हुन्छ, प्रदेशमा त यो पदको कामै रहेनछ’–उनले भनिन्–‘कहिलेकांही सभामुख नहुंदा मात्रै बस्नका लागि बाह्रै महिना तलब खुवाएर किन राख्ने ? बरु संविधानबाटै यो पद खारेज गर्दा देशलाई राम्रो हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?