© २०२३
चन्द्रौटा (कपिलवस्तु), ४ फागुन । मेरुदण्डिय पक्षघात समूह नेपाल कपिलवस्तुद्वारा चन्द्रौटामा कपडा बैंक अभियानको सुरुवात गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत शिवराज नगरपालिकामा आर्थिक अवस्था कमजोर रहेका विभिन्न किसिमका अपाङ्गता, मेरुदण्ड पक्षघात, असहाय, गरिब तथा विपन्न वर्ग भएका नागरिक (महिला, पुरुष र बालबालिका) का लागि कपडाहरू निःशुल्क वितरण गरिने समूहका अध्यक्ष खुमराज घिमिरेले जनाए ।
शिवराज नगरपालिका र कपिलवस्तु लगायत हरेका तहतप्कामा रहेका नागरिकहरूले यस अभियानलाई सफल बनाउन अध्यक्ष घिमिरेले अनुरोध गरेको बताए । विशेषगरी आर्थिक अवस्था कमजोर रहेका मेरुदण्डिय पक्षघात लगायत अन्य बिरामीलाई सहयोग गर्ने बताउँदै सबैको साथ सहयोग आवश्यक रहेको उनले जिकिर समेत गरे । “मेरुदण्डिय पक्षघातका बिरामी कपिलवस्तु लगायतको क्षेत्रमा दर्जनौँको संख्यमा रहेका छन्” ः उनले भने । “हामीले पुराना कपडा संकलन गरी आर्थिक अवस्था कमजोर रहेका, विपन्न गरीब, असहाय आम नागरिक कपडा निः शुःल्क रूपमा वितरण गर्नेछौँ, पुराना कपडालाई संकलन गरेर सफा सुग्घर बनाउने व्यवस्था मिलाएका छौँ ।”करिब ५ बर्षको लामो समयदेखि मेरुदण्डिय पक्षघातका बिरामी भएर संघर्ष गर्दै आएको दावी गरेको उनले जनाए ।
घिमिरे यतिबेला उमेरले ६४ बर्षका भएका छन् । उनी मेरुदण्डिय पक्षघात भएका एक बिरामी पनि हुन् । जिल्लाको शिवराज नगरपालिका–५, चन्दौटा घर भएको उनको २०१६ कार्तिक १० गते अर्घखाँचीमा जन्म भएको हो । अहिले खुमराज तराई झरेर करिब चार दशक बिताइसकेका छन् । २०३७ सालमा केहि बर्ष उनले भारतीय आर्मीमा जागिरको अनुभवसमेत लिए । सानै उमेरदेखि उनी आफूलाई कहीँकतै बेस्त राख्न रुचाउथेँ । उनको बाल्यकालदेखि करिब ६ दशक राम्रै बित्दै थियो ।
२०७६ असोज २१ गते उनी सहित घरका ५ जना परिवार यात्राका क्रममा थिए । यात्राकै क्रममा पाल्पामा अचानक सवारी दुर्घटना भयो । दुर्घटनामा खुमराज र उनकी श्रीमतिलाई गम्भिर चोट लागेको थियो भने छोरा, छोरी र ज्वाईलाई भने केहि मात्रमा चोटफटक लागेको थियो । कारमा सवार रहेका परिवार मध्ये कसैलाई होस ह्वास भने थिएन । दुर्घटनापछि उनीहरूलाई स्थानिय नागरिकसहित प्रहरीको सहायतामा पाल्पाको स्थानिय अस्पतालमा भर्न गरिएको थिए । उपचारको क्रममा त्यहाँबाट बुटवल रिफर गरिएका थियो । बुटवलमा उपचार पश्चात् खुमराजकी छोरीलाई कुराकानी गर्ने सहज भयो ।
उनले घरमा दाजुभाई लाई फोन सम्पर्क गरेर घटनाबारे जानकारी गराएकी थिइन् । त्यतिबेला सम्म खुमराज र उनकी श्रीमतिलाई काठमाण्डौँका लागि रिफर गरिएको थियो । काठमाण्डौँको नर्वे अस्पतालमा उनीसहित श्रीमति र छोराको अपरेशन सपmल भयो । शहरका नर्वे, साँगा लगायतको अस्पतालमा लगभग २ महिनाको औषधी उपचारको क्रममा करिब ८० लाख रूपैया खर्च भएको थियो । अलि सञ्चो भएपछि अस्पतालबाट उनीहरू घर फर्किए । घरमा बस्दा समेत उनलाई छटपटि हुन्थ्यो । खुमराज समाजसँग नजिक भएर काम गर्दै आएका छन् । उनले समाजमा गरेका योगदान अतुलनीय रहेका छ । उनी विना कसैको सहारा हिँड डुल गर्न सक्ने अवस्था छैन् । हिँड डुल मात्र होइन शौच गर्न समेत अरूको सहारा लिनुपर्ने बाध्यता छ । खुमराज उनी मात्रै नभएर उनकी श्रीमति समेत मेरुदण्डिय पक्षघात ग्रसित रहेकी छन् । घरमा २÷२ बिरामी रहिँ रहँदा कसको मन खुसी होला र ? आफू कहिल्यै सन्चो नहुने भएपछि कसलाई पो बाँच्ने आश लाग्छ ? घरमा बस्दै गर्दा यस्तै यस्तै अनेक प्रश्नहरू उनको मनमा खेलिरहेको हुन्थ्यो । २०७८ सालमा उनलाई काठमाण्डौको एक मेरुदण्डीय पक्षघात जस्ता घाटक बिरामीहरूलाई क्षमता अभिवृद्घि तालिममा सहभागी हुने अवसर मिल्यो । र त अहिले आफूले लिएका अनुभव सयौँमाझ शेयर गर्दै सचेतना जनाएर संगठन विस्तार गर्दै आएका छन् । खुमराजका जीवन कथाले अरूले समेत पाठ सिक्न जरुरी रहेको देखिन्छ । मेरुदण्डीय पक्षघात समूह नेपाल, कपिलवस्तका अनुसार कपिलवस्तुमा मेरुदण्डिय पक्षघात पहिचान भएका मात्रै ७३ जना बिरामी रहेका छन् ।