ट्रेंडिंग:

>> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी

साना हतियारको ठूलो सुरक्षा चुनौति

२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको घटनाले मुलुकको सुरक्षा अवस्था कति कमजोर छ भन्ने कुरा स्पष्ट गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक समेत छन् । यसले के देखाउँछ भने अपराधकर्ममा महिला पुरुष दुवैको सहभागिता छ भने विदेशी समेत पक्राउ पर्नु भनेको नेपालका लागि गंभीर सुरक्षा चुनौति हो । अहिले मुलुकका लागि ठूलो भन्दा पनि साना साना हतियार सुरक्षा चुनौतिका रूपमा देखापर्दैछन । प्रहरीले अवैध हातहतियार नियन्त्रणमा सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गर्न सफल भएको दावी गरेको छ । त्यसैपनि नेपाल भारत खुला सिमाका कारण नेपालमा हतियारको अवैध ओसारपसार हुने गरेको छ । भारतसंग सिमा जोडिएका तराईका जिल्ला त्यसै त आपराधिक गतिविधिमा चर्चित नै छन । छिमेकी मुलुक भारतवाट सहजै आउने साना हतियार आपराधिक मनोबृत्ति भएकाहरूले राख्ने र पैसाकै लागि अपराधका घटनासम्म गर्न पछि नपर्ने देखिएको छ । निश्चितरूपमा खुला सिमाका कारण अहिले यस्ता हतियार प्रमुख सुरक्षा चुनौतिको रूपमा देखापरेको छ । सुरक्षा चुनौतिका रूपमा देखिएको हतियार मोह नियन्त्रणमा सरकारले गंभीरता नदेखाउने हो भने नेपाल आफ्नै नागरिकवाट सुरक्षित नरहने स्पष्ट भएको छ । शान्ति सुरक्षाको प्रत्याभूति गर्नु सरकारको पहिलो र प्रमुख दायित्व हो । पछिल्लो समय सरकारले शान्ति सुरक्षा कायम गर्न सफल रहेको दाबी गरे पनि मुलुकभित्र हुने आपराधिक घटना र पक्राउ परेका हात–हतियारका आधारमा तराई मधेश मात्र होइन समग्र मुलुककै शान्ति सुरक्षा कमजोर देखिएको छ ।

नेपाल र भारतबीच करिव एक हजार आठ किलोमिटर खुला सिमा रहेको छ । सिमानामा चुस्त र दुरुस्त सुरक्षा प्रबन्धको पनि अभाव छ । तराईमा मात्र होइन, राजधानीलगायत मुलुकका प्रायः भागमा हतियार पक्राउ पर्नुले मुलुक हतियारको भकारी हुँदै गएको हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक छ । नेपालका तराई क्षेत्र बारा, पर्सा, रौतहट, सर्लाही, रूपन्देही, कपिलवस्तु, बाँके लगायतका जिल्ला हतियार चुनौतिका रूपमा देखिएको प्रहरी र अनुसन्धानको रिपोर्ट छ । भर्खरै पक्राउ परेका हतियार र अभियुक्तको अनुपात मुलुकको सुरक्षा व्यवस्थामा चुनौती थपिँदै आएको पुष्टि हुन्छ । हतियारको पहुँच मुलुकभरि नै बढ्दै आएको छ । हतियारको यो पहुँचले नागरिकमा त्रास बढ्नुका साथै अस्थिरता पनि बढाउन सक्छ । अर्कोतर्फ भित्रिइसकेका हतियारलाई प्रकृयासंगत बैध वनाउनु जरुरी छ । होइन भने मुलुकका लागि अवैध साना हतियार जहिले र जतिवेला पनि सुरक्षा चुनौति हुनेछन । नेपाल प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रणमा लिन सकिएको दावी गरेको छ । अवका दिनमा सरोकारवाला निकायबीचको सहकार्यले मात्र हतियार नियन्त्रणमा थप सफलता हासिल हुन्छ । नेपाल प्रहरीले हतियारको जोखिमबारे सर्वसाधारणलाई चेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ । बरामद भएकामध्ये भरुवा बन्दुक र कटुवा पेस्तोलको संख्या अन्यको भन्दा बढी रहेको प्रहरीको भनाईले आम नाागरिक असुरक्षित छन भन्ने कुरा पुष्टी गरेको छ । तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको सिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिएकोले प्रहरीको भूमिका अझै प्रभावकारी हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?