ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

आन्तरिक पर्यटकले बढाएको उत्साह

३ बैशाख २०८२, बुधबार
३ बैशाख २०८२, बुधबार

नयाँ बर्षमा बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा करिब ३० हजार आन्तरिक पर्यटक घुमघामका लागि पुगेका छन् । शंकरनगरको वनबाटिकामा पनि २० हजार बढी पर्यटकले नयाँ बर्ष मनाएका छन । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पनि नयाँ बर्ष मनाउनेहरूको संख्या २० हजार बढी थियो । ती तीन महŒवपूर्ण पर्यटकीय स्थलले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिएको अवस्थामा नेपालको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन सक्छन भन्ने सन्देश गएको छ । पछिल्लोसमय नेपालका पर्यटकीय क्षेत्रमा बाह्यभन्दा आन्तरिक पर्यटकको चहलपहल र उत्साह बढेको देखिनु खुसीको कुरा हो । नयाँ वर्ष २०८२ कै अवसरमा आन्तरिक पर्यटकको बढ्दो चहलपहल र उपस्थितिले उत्साह सिर्जना भएको छ । नेपालमा संख्यामा गणना गर्न नसकिने त्यस्ता धेरै पर्यटकीय गन्तब्य छन जसले पर्यटन क्षेत्रमा आशाको सञ्चार गरेका छन् । आन्तरिक पर्यटकले पर्यटन क्षेत्रमा उत्साह सिर्जना गर्न सक्छन भन्ने नयाँ बर्षले पुष्टी गरेको छ । त्यसमाथि विदेशी पर्यटकको आगमनले पर्यटन क्षेत्र थप चलायमान बनाउन महŒवपूर्ण हुने निश्चित छ । नेपालीहरूमा बिस्तारै घुम्ने बानीको विकास भैरहेको देखिएको छ । त्यसमाथि गौतमबुद्धको जन्मस्थल लुम्विनीमा पर्यटकको बढ्दो चहलपहलले पर्यटन व्यवसायीमा उत्साह सिर्जना गरेको छ । नेपालको पर्यटन क्षेत्रमा चहलपहल ल्याउन नयाँ बर्ष लगायतका थुप्रै चाडपर्व सहयोगी हुन्छन भन्ने कुरा स्पष्ट भएको छ । यसले नेपालका अर्थतन्त्र चलायमान बनाउन पनि टेवा पुग्ने निश्चित छ । नेपालको पर्यटन क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा करिव २० प्रतिशतको योगदान दिन्छ । आर्थिक बृद्धि दर बढाउन पनि पर्यटन क्षेत्रको भूमिका महŒवपूर्ण छ ।

नयाँ बर्ष २०८२ को अवसरमा सोमबार लुम्बिनीमा देखिएको आन्तरिक पर्यटकको बढ्दो संख्याले लुम्बिनीका पर्यटन व्यवसायीलाई धेरै पछि तरंगित बनाएको छ । यसले के संकेत गरेको छ भने लुम्विनीको पर्यटन क्षेत्र विस्तारै अघि बढ्दैछ । अब पर्यटक आगमनको संख्यामा बृद्धिसंगै लुम्बिनीमा रात बिताउने पर्यटकको खाँचो छ । त्यसपछि लुम्विनी क्षेत्रको पर्यटन व्यवसायले थप आशा सिर्जना गर्नेछ । नेपालमा पर्यटक आकर्षित गर्ने मूख्य आधार पदयात्रा, हिमाली दृश्यावलोकन, विभिन्न धार्मिक तथा सांस्कृतिक ऐतिहासिक स्थल आदि रहेका छन् । यसबाहेक पनि पर्यटकहरू शैक्षिक, राजनीतिक, व्यवसायिक निर्माण, लगानी, जलयात्रा, उपचार, साहित्यिक जमघट आदि उद्देश्यले नेपाल आउँछन् । अबका दिनमा विदेशी पर्यटकहरूलाई नेपालमा सुरक्षाको चुनौति छैन भन्ने सन्देश दिन सकियो भने आन्तरिकसंगै बाह्य पर्यटकको संख्या बढाउन सकिन्छ । त्यसका लागि फेरीपनि संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरूले होस्टेमा हैंसे गर्नु जरुरी छ । नेपालीहरू खाली समय, चाडपर्व लगायत बिदाको समयमा घुमफिरमा समय बिताउन चाहन्छन भन्ने कुराको पुष्टी भैरहेको छ । अतः पर्यटन क्षेत्रमा रहेका चुनौती कम गर्दै नेपालका पर्यटन गन्तब्यको प्रचारप्रसारमा पनि ध्यान दिनेतर्फ अवको पहल जरुरी छ । नेपालको पर्यटन क्षेत्रले नयाँ सन्देश दिन सक्यो भने त्यो ठूलो खुसीको कुरा हुनेछ । यो कुरामा कुनै विवाद छैन कि नेपालको विकासको प्रमुख आधार मध्येको एक पर्यटन क्षेत्र हो । नेपाललाई पर्यटन क्षेत्रबाटै आर्थिकरूपमा आत्मनिर्भर बनाउन सकिन्छ । थाईल्याण्ड पर्यटन क्षेत्रबाटै आत्मनिर्भर बन्न सफल भएको छ । स्वीजरल्याण्ड, सिंगापुर, हङकङ, मकाउ लगायतका विश्वका पर्यटकीय गन्तब्य जसले अर्थतन्त्रमा ठूलो आधार सिर्जना गरेका छन, नेपाललाई पनि त्यही स्थानमा पु¥याउन सकिन्छ । त्यसका लागि ठोस प्रतिवद्धता आवश्यक छ । पछिल्लोसमय नेपालमा घुमघामको संस्कृति विकास हुँदैछ, त्यसले धेरै आशा सिर्जना गरेको छ । यसमा नेपालीमात्र होइन, छिमेकी मुलुक भारत, चीन, म्यानमार, भुटान, बंगलादेश, श्रीलंका आदि देशलाई प्रत्यक्ष जोडन सकिन्छ । तसर्थ अव नेपालको पर्यटन क्षेत्रको विकासका लागि सवै लाग्नु जरुरी छ । नयाँ बर्षमा मात्रै होइन, नेपालको पर्यटन गन्तब्यलाई बाह्रै महिना चलायमान बनाउनेतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?