ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

कहिले बन्छ उद्योगमैत्री वातावरण ? 

१२ मंसिर २०८२, शुक्रबार
१२ मंसिर २०८२, शुक्रबार

सरकारी संरक्षण र प्रोत्साहनको अभाव लगायतका विविध कारणले बन्द भएका उद्योग पुनः सञ्चालनको वातावरण अहिलेसम्म तयार हुन सकेको छैन । यसअघिको सरकारले पनि बन्द उद्योग सञ्चालनका लागि ठोस कार्य योजना ल्याउन सकेन ।

त्यसो त त्यो भन्दा अघिको प्रचण्ड नेतृत्वको सरकारले समेत अर्बौँ लगानी गरिएका उद्योग बन्द हुँदा रमिते भएको उदाहरण छ । २०४६ सालयता वनेका सरकारले उद्योगमैत्री वातावरण सिर्जना गरेनन् भन्दा अत्युक्ति हुँदैन ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि सरकारी उद्योग कौडीको भाउमा निजीकरण गर्ने काम भयो । त्यसपछि धेरै प्रधानमन्त्री बने । तिनले पनि उही कोइरालाकै निजीकरण पथलाई पछ्याए । जसका कारण सरकारी उद्योग निजीकरण भए ।

निजी उद्योग पनि संरक्षणमा चासो देखाएनन् । बरु चलेका उद्योगलाई पनि कर या अरू कुनै नाममा चर्को दोहन र दुर्व्यवहार गर्ने काम भयो । सरकारी संरक्षण नहुँदा बन्द भएका उद्योग पुनः सञ्चालन हुन सकेनन् ।

भएका उद्योग पनि बन्द हुँदै गर्दा संरक्षणको पहल हुन सकेन । सरकारले उद्योगलाई दुहुनो गाई सम्झियो । करको नाममा दोहन गर्नेसम्म ग¥यो । निजी उद्योग पनि नेपालका सम्पत्ति हुन, तिनको संरक्षण गर्नुपर्छ भन्ने हेक्का भएन ।

जसका कारण आज यो अवस्था आएको छ । उद्योग बन्द हुनेक्रम सुरु भैसकेको छ । बन्द भएका सरकारी र निजी उद्योग चलाउनेतर्फ ध्यान अहिले पनि गएको छैन । कतिसम्म भने हरेक वर्ष मनाउने राष्ट्रिय उद्योग दिवस यो बर्षपनि मनाइयो तर औपचारिकताकै नाममा ।

कर दिवसमा सरकारले तामझाम गरी बढी कर बुझाउनेलाई सम्मान गर्छ तर उद्योग दिवसमा ठुला उद्योगलाई पुरस्कृत गर्ने तथा सम्मान गर्ने परम्परा भने शून्य जस्तै छ । हरेक वर्षजस्तै यो बर्षपनि नोभेम्बर २५ अर्थात् मङ्सिर ९ गते मंगलवार राष्ट्रिय उद्योग दिवस औपचारिकताकै लागि मनाएको देखियो ।

घरेलु तथा साना उद्योग कार्यालयहरूले दिवस मनाएको औपचारिकता पूरा गरे तर राष्ट्रिय स्तरमा त्यस्तो कुनै पनि कार्यक्रम हुन सकेन । पछिल्लो समय उद्योगीहरूले नेपाली उत्पादन बढ्न नसकेकोमा चिन्ता प्रकट गर्दै आएका छन् ।

सरकारले वर्षको एक पटक बजेट भाषणमार्फत नेपाली उद्योगले उत्पादन गरेको सामानको उपभोग गर्न आह्वान गर्दै आएको छ । त्यो पनि औपचारिकमै सीमित भइरहेको छ । सरकारको भनाई र गराइमा कुनै पनि तादात्म्यता छैन ।

सरकारी कार्यालयलाई नेपाली समान उपभोग गर्न सरकारले निर्देशन गरेपनि सरकार मातहतका निकायहरूबाट भने सरकारकै निर्देशन बेवास्ता गरेको देखिएको छ । जबसम्म नेपाली उद्योगले उत्पादन गरेको बस्तु वा सामान उपभोग नबढेसम्म बजार चलायमान हुन सक्दैन ।

बजार चलायमान नभईकन उद्योग फस्टाउन सक्दैन । एकातिर उद्योगीको मुलुकभित्रबाट समस्या छ भने अर्कोतर्फ बाहिर मुलुकबाट आउने वस्तुको भन्सार दरभन्दा नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थको भन्सार महसुल बढी हुँदा नेपाली उद्योगी मर्कामा परेका छन् ।

अबको दिनमा मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र निजी क्षेत्र बिच सहकार्यको आवश्यकता रहेको छ । कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढेको अवस्थामा मुलुकमा उद्योगमैत्री वातावरण निर्माण हुनसक्छ । यो विषयमा सरकारको क्रियाशीलता अपेक्षित छ ।

जेनजी आन्दोलनपछि वनेको सरकारका अर्थमन्त्री रामेश्वर खनाल अनुभवी अर्थशास्त्री हुनुहुन्छ । देशको उद्योग क्षेत्रले उहाँबाट ठुलो आशा गरेको छ । त्यो के भने आर्थिक क्षेत्रमा देखिएको बेथिति र समस्या उहाँकै कार्यकालमा अन्त्य गर्ने र मुलुकलाई एउटा नयाँ सिस्टममा लैजाने कुरामा उहाँले पद्धती बसाल्नुहुनेछ ।

सरकारले पूर्वाधार निर्माणमा गर्ने लगानी अहिले ठप्पजस्तै भएको बेला निजी क्षेत्र र सरकार बिच सहकार्य भए निश्चित रूपमा समृद्धि टाढा छैन तर त्यसका लागि सरकारले वातावरण वनाईदिनु आवश्यक छ ।

अतः सुशीला कार्की नेतृत्वको सरकारले उद्योग क्षेत्रमा रहेको समस्या समाधानमा अहिलेसम्म बाधक रहेका सबै कानुन संशोधन गरेर मुलुकको आर्थिक समस्या समाधानमा प्रयत्न गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?