ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

पीडादायी नियतिको अन्त्य कहिले ? 

१४ मंसिर २०८२, आइतबार
१४ मंसिर २०८२, आइतबार

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले विदेशमै ज्यान गुमाएका छन् ।

विप्रेषणकै भरमा नेपालको आर्थिक अवस्था सुधारोन्मुख भइरहेको बेला नेपालीले विदेशमा ज्यान गुमाउन बाध्य हुनुपर्ने विवशताले चिन्ता उत्पन्न भएको छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली युवाहरू उतै मृत्युवरण गरेर बन्द बाकसमा फर्काइनुपर्ने विवशता साँच्चै कहालीलाग्दो छ ।

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा मृत्युवरण गरेका छन् ।

मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, हृदयाघात र आत्महत्या जस्ता घटनाको ठुलो सङ्ख्या छ । त्यसमाथि मानसिक चिन्ता अर्को ठुलो कारण बनेको छ । नेपालबाट हरेक महिना ६० देखि ७० हजारको सङ्ख्यामा नेपालीहरू विदेश उडिरहेका छन् ।

अव नेपालमै रोजगारी गर्ने र यहीँ आत्मनिर्भर बन्न सकिने अवस्था कहिले आउला ? त्यसो त नेपालीहरू पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । यो जोखिम उठाउँदा नेपालीहरू आफै दुर्घटनाको सिकार हुनुपर्ने बाध्यता छ । दैनिक औसतमा चार वटा शव नेपाल फर्किरहेका छन् ।

यो चिन्ताजनक तथ्याङ्कले नेपालको भयानक विगत र वर्तमानको नियति स्पष्ट हुन्छ । भविष्यको सुन्दर सपना देख्ने नेपाली युवाको यो कारुणिक अवस्था अन्त्यका लागि पहल जरुरी छ । पहिलो कुरा त मृत्युको मुख्य कारण पत्ता लगाउने र विदेश जानुभन्दा अघि त्यस विषयमा पर्याप्त सचेतना, तालिम प्रदान गर्नु जरुरी छ ।

वास्तवमै सपनाको संसारमा डुबुल्की मार्दै परिवारको उन्नत जीवनको खुसीमा रमाउँदै विदेश उडेकाहरू यसरी बन्द बाकसमा कैद भएर स्वदेश पकाइँदा आफन्तको मात्रै होइन, सम्पूर्ण नेपालीलाई विक्षिप्त बनाउने गरेको छ ।

वैदेशिक रोजगारी नेपालीहरूका लागि बाध्यता हो । नेपालमा प्रशस्त रोजगारीको अवसर नहुँदा नेपालका लागि वैदेशिक रोजगारी बाध्यता बन्दै आएको छ । अहिले पनि नेपालमा रोजगारी नपाएर लाखौँ नेपाली श्रमिक विदेशी भूमिमा श्रम गर्न बाध्य छन् ।

कहिले द्वन्द्व, कहिले अराजकता, कहिले बन्द–हडताल त कहिले आन्दोलनबाट वाक्क भएर आफू र आफ्नो परिवारको जीविकोपार्जनका लागि नेपाली बिदेसिएका छन् ।

तर, विडम्बना ! कठिन परिश्रम गर्न विवश तिनै नेपालीहरूमध्ये दैनिक पाँच जना नेपाली बन्द बाकसमा कैद हुन बाध्य हुनु चिन्ताको कुरा हो । नेपालमा प्रजातन्त्र आएको ३६ वर्ष हुँदै छ । त्यसयता बनेका दर्जनौँ सरकारले जनताको आशा र विश्वासमाथि कुठाराघात गरिरहेका छन् ।

हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लास भित्रिँदा पनि नेपाली समाज र सरकारलाई नदुख्नु विडम्बना हो । विदेश गएका औसत नेपालीहरू जोखिममा काम गर्न बाध्य भइरहेका छन् ।

अर्कोतर्फ नेपालीले नेपालीलाई लुट्ने, ठग्ने, ढाँट्ने र छलकपट गर्ने र अनेकौँ जालझेल गर्ने क्षेत्रको रूपमा वैदेशिक रोजगारी बदनाम भएको छ । सामाजिक सञ्जालका माध्यमबाट अनेकौँ प्रलोभन दिएर सोझा सिधा नेपालीलाई ठगी गर्ने क्रम फेरी पनि सुरु भएको छ ।

टिकटकका माध्यमबाट आकर्षक रोजगारीको ग्यारेन्टी दिने र नेपालीलाई झुक्क्याउने काम भइरहेको छ । तर, सम्बन्धित निकाय भने मौन बस्ने गरेको छ । अबको दिनमा आम नेपाली जनता यो विषयमा सचेत बन्नैपर्दछ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले ढिलाइ गरेको छ । जतिसुकै समृद्धिको सपनाका कुरा गरे पनि सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कामतर्फ चासो नदेखाएकै हो ।

सरकारले वैदेशिक रोजगारलाई नियमन नगरेसम्म न त वैदेशिक रोजगारीमा जाने क्रम घट्नेछ, न विदेशबाट नागरिकका शव आउने क्रम नै रोकिनेछ । सरकार अव ढिलो भइसक्यो । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेतर्फको पाइला अघि बढाउनैपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?