ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस 

१७ मंसिर २०८२, बुधबार
१७ मंसिर २०८२, बुधबार

‘अपाङ्ग समावेशी समाज निर्माण गरी सामाजिक प्रगतिको प्रवर्द्धन गरौं’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईदैछ ।

संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएको नाताले राष्ट्रसङ्घले घोषणा गरेका नारा र दिवसमा आत्मसाथ गर्नु नेपालको दायित्व र कर्तव्य पनि हो । नेपालले यो दिवस विगत ३३ वर्षदेखि मनाउँदै आएको छ । खास गरी अधिकारका सवालमा अपाङ्गता दिवसलाई महत्वसाथ हेरिनु जरुरी छ ।

अझै पनि अपाङ्गता भएकाहरूलाई हेय भावले हेर्ने र त्यही अनुसारको व्यवहार गर्ने गरिएको छ । संयुक्त राष्ट्रसङ्घले यो दिवसलाई औपचारिक रूपमै मनाउन थालेपछि यसको दृष्टिकोणमा थोरै भए पनि परिवर्तन आएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन. १९८१ मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रूपमा मनाउने घोषणा गरेपछि अपाङ्गताको विषय सघन रूपमा बाहिर आएको छ । यसको परिभाषा, वर्गीकरण, दृष्टिकोण, विश्वव्यापी मान्यता र अधिकारको सवाललाई लिएर बहस आरम्भ भएको हो ।

अहिले अपाङ्गता भएकालाई तल्लो दर्जाको व्यवहार गर्ने प्रवृत्ति रोकथाम गर्न र उनीहरूको अधिकार राज्यका हरेक निकायसम्म पु¥याउन जरुरी छ । यद्यपि पछिल्लो समय बिस्तारै अपाङ्गता भएका व्यक्तिलाई हेर्ने र बुझ्ने मान्यतामा परिवर्तन आएको छ । पछिल्लो समय अपाङ्गता भएकाहरूलाई गरिने विभेदमा कमी आउँदै गरेको आभास भैरेहपनि जरो अझै निमिट्यान्न भएको छैन ।

अपाङ्गता भएकाहरूले विभेद कायमै रहेको बताउँदै आएका छन । वास्तवमा अपाङ्गताको समग्र अधिकार र उनीहरूको रक्षाको कुरा मानव अधिकारमैत्री र समावेशी हुन सकिरहेको छैन । यो चुनौतिको कुरा हो । अपाङ्गताभित्र पनि विविधताको सम्बोधनमा चुनौती छ ।

अपाङ्ग भएकाहरूको प्रकृति फरक फरक रहेकोले उनीहरूको अधिकार कसरी सम्बोधन गर्ने भन्ने प्रश्न पनि अहिले उत्पन्न भएको अवस्था छ । पछिल्लो समय अपाङ्गता भएका व्यक्तिको जीवन झनै कष्टकर बन्दै गएको देखिएको छ । त्यसभित्र पनि महिलाको अवस्था झनै दयनीय छ ।

उनीहरूमाथि आफ्नै घरभित्रबाट मानसिक तथा शारीरिक यातना दिने काम हुने गरेको छ । आगामी दिनमा विभेद नहुने अवस्थाका लागि व्याप्त चुनौतिको मिलेरै समाधान गर्नुपर्ने आवश्यकता छ । लैंगिक विभेद र पितृ सत्तात्मक सोच तथा मूल्य मान्यता व्याप्त हुँदा अपाङ्गता भएका महिलाहरू घरेलु हिंसा र अपहेलनामा परेका छन् ।

शारीरिक कमजोरीकै कारण विभिन्न खालका लाञ्छना लगाउने काम हुने गरेको छ । उनीहरू विभिन्न अवसरबाट विमुख बनाईएका छन् ।  बौद्धिक अपाङ्गता, बहुअपांगता, मनोसामाजिक लगायतका अपाङ्गता भएर अरूको सहायतामा बाँचिरहेकाहरू हिंसा र विभेदमा परेको तथ्याँकले देखाएको छ ।

कतिपय त बलात्कारको शिकार पनि हुनुपरेको छ । तर, अपाङ्गतामैत्री न्यायिक संरचना र सेवा नहुँदा न्याय पाउन त सकिरहेका छैनन् । उल्टै परिवार र समाजबाट तिरस्कृत हुनुपर्ने अवस्था छ । अपाङ्गमैत्री संरचनाको अभावमा उनीहरूको पहुँचमा समेत विराम लाग्ने अवस्था आईरहेको छ । यो चिन्ताको कुरा हो ।

हामी यति वेला लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पनि मनाइरहेका छौँ तर अपाङ्गता भएका महिलाका सवालमा सम्वद्ध सरोकारवालाको चासो भने न्युन देखिएको छ । अपाङ्गता भएका पुरुष महिला विरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्याय विरुद्ध आफू पनि बोल्न सक्ने र घरैभित्रबाट अधिकार प्राप्त गर्न सक्ने बनाउने हाम्रो अभियानलाई सबैको साथ आवश्यक छ ।

अपाङ्गता भएकाहरूले अझै पनि आफूहरूलाई समाजले विभेद गर्ने गुनासो गर्दै आएका छन् । राज्यले समेत अपाङ्गता भएकाहरूलाई खासै सुविधा नदिएको उनीहरूको गुनासो छ । शारीरिक, अपाङ्गता तथा स्वास्थ्य स्थितिका आधारमा अपाङ्गता भएकाहरूलाई विशेष संरक्षण, सशक्तीकरण वा सुविधा प्रदान गर्नुपर्ने अवको आवश्यकता हो ।

अहिलेपनि सार्वजनिक स्थान र सवारीका साधनमा उनीहरूमाथि दुव्र्यवहार हुने गरेको छ । अवको दिनमा दिवस मनाएरमात्र हुँदैन, उनीहरूको अधिकारको लागि सार्थक अभियानको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?