ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

जागरण बढाउँदै मेला, महोत्सव 

११ मंसिर २०८२, बिहीबार
११ मंसिर २०८२, बिहीबार

दशैं, तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्वको समापनसँगै पश्चिम नेपालमा एकसाथ मेला र महोत्सवको रौनक सुरु हुने गर्दछ ।

यो बर्षौंदेखिको नियमित प्रक्रिया बनिसकेको छ । यो बर्षपनि मेला र महोत्सवको निरन्तरता सुरु भैसकेको छ । भैरहवामा लुम्बिनी महोत्सव सुरुवात भएको छ । मणिग्राममा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

बुटवलमा पुसमा रुपन्देही उद्योग सङ्घले पुसमा औद्योगिक प्रदर्शनी गर्दै छ । कपिलवस्तुको चन्द्रौटामा महोत्सव चलिरहेको छ भने बाणगंगाको मायादेवी रंगशालामा मेला सुरु भएको पाँच दिन भैसकेको छ ।

पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि सुनवल महोत्सव सुरु भएको छ । बुटवल, भैरहवा, मणिग्राम र कपिलवस्तुमा मात्रै होइन, मेला र महोत्सवको रौनक गाउँ गाउँमा सुरु हुँदै छ । पश्चिम नेपालमा अहिले मेला र महोत्सवको रौनक सुरु भएको छ ।

निश्चित रूपमा मेला र महोत्सवले आर्थिक गतिविधि बढाउनेछन् । देश आर्थिक मन्दीको अवस्थामा रहेको बेला आर्थिक गतिविधि चलायमान बनाउने मेला र महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्छन् । मेला र महोत्सवले निश्चित रूपमा स्थानीय गतिविधि बढाउन सहयोग पुग्छ ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न टेवा पुग्छ भने त्यसका कारण औद्योगिक एवं व्यापारिक गतिविधि बढाउन सहयोग पुग्छ । मेला र महोत्सवको रौनकले नेपालमा औद्योगिक एवं व्यापारिक चहलपहलमा वृद्धि गर्न थप सहयोग पुग्छ भन्ने मान्न सकिन्छ ।

मुलुकमा आर्थिक सङ्कटको यो घडीमा समेत मेला र महोत्सव आयोजना हुनु राम्रो सङ्केत हो । मेला र महोत्सवले त्यस क्षेत्रको चहलपहलमा बृद्धिमात्र भएको छैन, स्थानीय गतिविधि वृद्धि गरी राष्ट्रिय उत्पादनमा सहयोग पुग्न सक्छ भन्ने ठान्न सकिन्छ ।

वास्तवमा देश सङ्कटमा हुँदा पनि आर्थिक गतिविधि बढ्ने अवस्थाले आशाको सञ्चार गर्दछ । यो भनेको जनता चलायमान छन् र देशले थोरै फड्को मारेको छ र यहाँको आर्थिक सूचकाङ्क राम्रो विन्दुमा पुग्न सक्छ भन्ने हो ।

निश्चित रूपमा अहिले देशमा विकास र निर्माणको काम मन्द जस्तै अवस्थामा छ । राष्ट्रिय पुँजीको प्रयोग शून्यजस्तै छ । राष्ट्रिय अर्थतन्त्र सुधारोन्मुख भन्दा पनि कमजोर र इतिहासकै कठिन मोडमा छ ।

मुलुकको यो अवस्था रहँदा पनि यहाँ भइरहेको गतिविधिले भने केही आशातीत सम्भावनालाई उजागर गरिरहेका छन् । मेला र महोत्सवको चहलपहलले देश आर्थिक सम्मृद्धितर्फ उन्मुख हुन ठुलो मद्दत गर्दछ ।

यस्ता गतिविधिलाई आगामी दिनमा पनि प्रवर्द्धन गर्नु आवश्यक छ । जे होस रूपन्देहीमा मेला र महोत्सवको चहलपहलले देशको आर्थिक विकासमा टेवा पुग्नेछ । मेला र महोत्सवलाई प्रवर्द्धन गर्नेतर्फ सरकारको पनि ध्यान जानुपर्दछ ।

फागुनमा हुने निर्वाचनमार्फत नयाँ सरकार निर्माणपछि पनि नेपालमा आर्थिक गतिविधि बढाउने यस्ता मेला र महोत्सवलाई बढावा दिनेतर्फ ध्यान दिनुपर्दछ । मेला र महोत्सवको बाढी आयो भन्ने गुनासोका बीच मेला र महोत्सवलाई व्यवस्थित बनाउनु जरुरी छ ।

मेला, महोत्सव आर्थिक तथा व्यावसायिक प्रबद्र्धनका लागि हो । यसको उद्देश्य मुलुकको पर्यटन क्षेत्र चिनाउने, पर्यटक आउने वातावरण बनाई पर्यटन प्रवर्द्धन गर्ने पनि हो । साना तथा मझौला उद्योगका उत्पादनको प्रचार प्रसार गरी तिनको विकास गर्ने हो ।

साना तथा मझौला उद्योग भएका क्षेत्रमा त्यहाँको नयाँ उत्पादनलाई महोत्सवमा प्राथमिकता दिनु जरुरी छ । उद्योगहरूले उत्पादनलाई प्रचार गर्न महोत्सवलाई माध्यम समेत बनाउने भएकोले मेला महोत्सवले आर्थिक विकासमा टेवा पु¥याउँछन् ।

मेला महोत्सवको उद्देश्य औद्योगिक जागरण सिर्जना गर्दै व्यापार व्यवसाय चलायमान गराउनु पनि हो । उद्योगका उत्पादन बजारीकरण गर्ने अवसर मेला र महोत्सवले सिर्जना गर्छन ।

तसर्थ मेला र महोत्सवलाई औद्योगिक जागरणको अवसरका रूपमा सदुपयोग गर्न सक्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?