ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

सडक निर्माणमा लापरबाही कहिलेसम्म ? 

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

एक सय ८५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न कति समय लाग्ला ? विदेशमा भए यसको सजिलै उत्तर आउँछ थोरैमा ६ महिना वा बढीमा एक वर्ष ।

तर, नेपालमा भने १६ वर्ष अघि सुरु भएको एउटा आयोजना अझै पूरा हुन सकेको छैन । प्रसङ्ग हो– सालझण्डी ढोरपाटन सडक आयोजनाको ।

ट्रयाक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । विडम्बना नै भन्नुपर्दछ– वि.सं २०८० वैशाखमा ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ ।

अर्को आश्चर्य के छ भने निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ तर पनि काम एकदमै सुस्त गतिमा भइरहेको छ । विसं २०६६ मा रुपन्देहीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ ।

रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन सकेको छैन । यतिका समयसम्म काम सम्पन्न नहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नुपरेको छ । त्यसो त समयमै आयोजना निर्माण नहुनु यो सडकको मात्रै होइन, नेपालकै तीतो यथार्थ हो । सुरु भएका धेरै आयोजना एक बर्षमात्रै होइन वषौँसम्म अलपत्र हुने गरेका छन् ।

यो सडक निर्माण सुरु भएको डेढ दशक हुँदा पनि पूरा हुन नसक्नुले नेपालको काम गराइको शैलीलाई गिज्याई रहेको छ । पूर्वाधार निर्माणका क्षेत्रमा बर्षौंदेखि हेलचेक्राई गर्दै आएको यो एउटा पछिल्लो उदाहरण मात्र हो ।

निर्माणको काम अलपत्र पार्ने, बीचमै छोड्ने गरेको र त्यसका कारण जनताले सास्ती पाएको घटना धेरैछन् । जनताले समयमै निर्माण सम्पन्न गर्न दवाव दिएपनि जनताको आवाज सुनुवाई हुँदैन । बरु निर्माण कम्पनीलाई पहिलेभन्दा मूल्य बढाएर थप रकम उपलब्ध गराउने गरिएको छ ।

सरकारले धार्मिक पर्यटकीय स्थल लुम्बिनीबाट बाग्लुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले राष्ट्रिय प्राथमिकताको आयोजनाको रूपमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको काम सुरु गरेको थियो तर डेढ दशकसम्म पनि निर्माण पूरा हुन सकेको छैन ।

यो सडकका कारण जनताले पाएको सास्ती नेपालका अरू धेरै सडकमा यात्रा गर्ने नेपालीले पनि पाएका छन् । सडक निर्माणको कामको दौरानमा पर्याप्त बजेट विनियोजन नहुनु, निर्माण व्यवसायीको लापरबाही, स्थानीयसँग विवाद लगायतका कारण काम सुस्त भएको छ ।

सडक निर्माणको काम समयमै पूरा नहुनुका पछि धेरै कारण होलान तर प्रमुख कारण भनेको निर्माण ब्यवसायीहरूले पनि काममा ढिलासुस्ती गर्नु हो भन्दा अत्युक्ति हुँदैन ।

सालझण्डी ढोरपाटन सडक निर्माणको काम सुरु भएको डेढ दशक पूरा भैसकेको छ । १६ बर्षको समय आफैमा एउटा युग हो । सानो बच्चा जन्मिएर नौजवान हुने समय हो तर दुःखको कुरा यति लामो समयमा पनि सडक निर्माण कहिले पूरा हुने हो अहिलेसम्म टुंगो छैन ।

सडक शिलान्यास हुँदा समयभित्रै उक्त सडक बन्छ भनेर मन्त्री र साँसदले भाषण गरेको त्यस क्षेत्रका जनताले अझै विर्सिएका छैनन् । तर, समयमै सडक निर्माणको कुरा त परै जाओस, कामको गति एकदमै सुस्त छ ।

यो सडक समयमै नबन्दा त्यस क्षेत्रका हजारौं जनतालाई समस्या परेको छ । यात्रा सकसपूर्ण भइरहेको छ । हिउँदमा धुलो र बर्षामा हिलो त्यो सडकको नियति बनेको छ ।

१ सय ८५ किलोमिटर लामो सडक बनाउन १६ वर्ष बढी समय लाग्नु र त्यो पनि अहिलेसम्म निर्माण सकिने मितिसम्म पनि पूरा नहुनु चिन्ताको बिषय हो । सरकारले समयमै चासो दिएर निर्माणको काममा तदारुकता देखाएको भए यो अवस्था आउने थिएन ।

अतः सालझण्डी ढोरपाटन सडक निर्माणमा सरकारको ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?